settings icon
share icon
प्रश्न

के एउटा पत्नीलाई आफ्नो पतिको अधीन रहनु पर्छ?

उत्तर


विवाहको सम्बन्धमा अधीनता धेरै नै महत्वपूर्ण विषय हो। यहाँ सरल बाइबलीय आदेश छ: “पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस। जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पन्तीहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ” (एफिसी 5:22-24)।

पाप यस संसारमा प्रवेश हुनु अघि, त्यहाँ निर पतिको प्रभुत्वको सिद्धान्त प्रचलनमा थियो (1 तिमोथी 2:13)। आदमलाई पहिला सृष्टि गरिएको, र हव्वालाई आदमको "सहयोगी" को रुपमा रचना गरिएको थियो (उत्पत्ति 2:18-20)। परमेश्वरले त्यस अधिकारको स्थापना गर्नुभयो: जो कि भूमि माथि व्यवस्थालाई लागू गर्नको लागि आवश्यक थियो र साथै उहाँले हाम्रो लागि जरूरी सुरक्षाको प्रबन्ध पनि गर्नुभयो; र पास्टरहरुलाई परमेश्वरको भेडाहरुलाई डोर्याउनु र खुवाउनु; पतिहरुले आफ्नो पत्नीलाई प्रेम र देखभालको लागि; पिताहरुले आफ्नो सन्तानहरुलाई सल्लाह दिनको लागि। हरेक अवस्थामा अधीनता आवशय छ: नागरिक देखि व्यवस्थासम्म, बागल देखि गोठालो सम्म, पत्नी देखि पति सम्म, बालक देखि पिता सम्म।

युनानी शब्द हाईपोटासोको अनुवाद "अधीनता" मा गरिएको छ, यो निरन्तर चलिरहने क्रियाको रुपमा हुन्छ। यसको अर्थ यो हो कि परमेश्वरको, सरकारको, पास्टरको, वा एक पतिको अधीनमा हुन एक-समयको कार्य होइन। यो एक निरन्तर चलिरहने व्यवहार हो, जुन कि व्यवहारको पद्धति बन्दछ।

पहिलो, हामी परमेश्वरको अधीनमा हुनु आवश्यक छ, जुन केवल एउटा यस्तो तरिका हो जसमा हामी वास्तवमा उहाँको आज्ञापालन गर्न सक्छौँ (याकूब 1:21; 4:7)। र हरेक विश्वासी नम्र भइ, अरुको अधीनमा रहन तैयार हुनु पर्छ (एफिसी 5:21)। परिवारको अधीनताको सन्दर्भमा, 1 कोरिन्थी 11:2-3 मा भन्दछ कि, पतिहरुलाई ख्रीष्टको अधीनमा रहनु (जसरी ख्रीष्ट परमेश्वर पिताको अधीन हुनुहुन्थ्यो) र पत्नी आफ्नो पतिको अधीनमा रहनु पर्छ।

आजको संसारमा विवाहमा पति र पत्नीको भूमिकाको बारेमा धेरै गलत धारणाहरु पाइन्छ। जबकि बाइबलले भूमिकाको बारेमा स्पष्ट गरे पनि, धेरै जसोले यसलाई आफ्नो समर्थनको लागि इन्कार गर्ने रोजेका छन् यसकारण कि महिलाहरुलाई “स्वत्रन्त” हुन्छन, परिणाम स्वरूप यसले धेरै परिवारहरुलाई छुट्याइएको छ। यो आश्चर्यजनक कुरा होइन कि संसारले परमेश्वरको योजनालाई इन्कार गर्छ, तर परमेश्वरको मानिसहरु उहाँको योजनालाई आनन्दको साथ मनाउनु पर्दछ। अधीनता एक खराब शब्द होइन। अधीनताले कम योग्यको वा सानो हो भन्ने कुरामा प्रकाश पर्दैन। ख्रीष्टले निरन्तर आफैलाई पिताको इच्छामा सुम्पिनु भयो (लूका 22:42; यूहन्ना 5:30), उहाँको मूल्यको कणपनि नदिई।

एउटा पत्नीको पतिको अधीनमा रहनेको विषयमा संसारले गलत नीतिमा, हामीले ध्यान दिएर एफिसी 5:22-24 मा रहेको बुदाहरुलाई पालन गर्नु पर्छ: 1) पन्ती केवल एउटा मन्छे (श्रीमान) को अधीनमा रहनु पर्दछ, धेरै मानिसहरुको होइन। अधीनताको शासनले समाजमा महिलाहरुको लागि कुनै ठूलो स्थान विस्तार गर्दैन। 2) पन्तीले आफ्नो इच्छाले पतिको अधीनमा प्रभु येशू ख्रीष्टको व्यक्तिगत आज्ञा पालनको रुपमा रहनु पर्छ। उसले आफुलाई उसको पतिको अधीनमा दिन्छे किनकी उसले येशू लाई प्रेम गर्छे। 3) पत्नीको अधीनताको उदाहरण ख्रीष्ट र मण्डलीको जस्तो हो। 4) यहाँ पत्नीको योग्यता, प्रतिभा वा लायकको बारेमा केहि पनि भनिएको छैन; तथ्य यो हो कि पतिको अधीनमा रहनुले यो संकेत गर्दैन कि पत्नी कुनै पनि तरिकाले कम योग्य वा सानो हुन्छे। साथै यो ध्यान दिनुहोस कि यहाँ निर अधीनताको आदेश पालन गर्न कुनै योग्यता खाँचो छैन, सिवाय “हरेक कुरामा”। त्यसकारण पतिहरुले आफ्नो पत्नीको अधीनतामा रहनु अधि कुनै पनि प्रतिभाशाली परीक्षा वा बुद्धिमानी परीक्षामा उत्तीर्ण हुनु आवश्यक छैन। यो सत्य हुनु सक्छ कि पन्तीमा पति भन्दा धेरै योग्यता रहेको, तर पत्नीले आफ्नो पतिको अधीनमा रहन प्रभुको निर्देशनलाई मान्ने चुनाव गरिन। यस्तो गर्नाले, एउटा परमेश्वरको स्त्रीले आफ्नो अविश्वासी पतिलाई प्रभुमा जित्न सक्छिन “कुनै शब्द बिना” केवल उनको पवित्र व्यवहार ले (1 पत्रुस 3:1 )।

अधीनता प्रेमले भरिएको नेतृत्वपनको लागि स्वभाविक प्रतिक्रिया हो। जब एक पतिले उसको पत्नीलाई प्रेम गर्छ जसरी ख्रीष्टले मण्डलीलाई गर्नुभयो (एफिसी 5:25-33), तब अधीनता पत्नीबाट पतिको लागि स्वभाविक प्रतिक्रिया बन्दै जान्छ। तर, पतिको प्रेमको वा उसको अभावलाई बिना फिक्री गरि, पत्नीलाई अधीनमा रहने आज्ञा दिन्छ "परमेश्वरमा जस्तै" (पद 22)। यसको अर्थ उनको परमेश्वर प्रति आज्ञाकारिता- उहाँको योजनालाई स्वीकार गर्नु- ले परिणाम स्वरूपमा उनको पतिको अधीनतामा रहनु हो। “प्रभुमा जस्तै” तुलनाले पन्ती जो सँग जिम्मेवार छिन उनको उच्च अधिकारलाई याद गराउदछ। तसर्थ, उनको कुनै दायित्व छैन कि उनको पति “अधीनता” को नाउँमा कुनै सिविल कानून वा परमेश्वरको कानून प्रति अनाज्ञाकारी होउन। उनले सबै कुराहरु सही वा वैध र परमेश्वर-आदार गर्ने रुपमा अधीनता रहन्छिन। साँच्चै नै, उनले “अधीनता” दुरुपयोग गर्न- जुन सही होइन वा कानूनी वा परमेश्वरलाई आदर नगर्ने रुपमा गर्दिनन। दुरुपयोगको औचित्य साबित गर्नको लागि "अधीनता" को सिद्धांतको उपयोग गर्ने कोशिशको लागि पवित्र शास्त्रलाई बटारी र नराम्रोलाई बढ़ावा दिनु हो।

जुन अधीनताको कुरा एफिसी 5 मा गरिएको छ त्यो एक विश्वासीको स्वार्थी वा तानाशाही व्यक्तिको प्रति एक-तर्फ अधीनता होइन। उहाँको आदेश प्रेम गर्नु हो (पद 25), र ऊ परमेश्वरको अघि उहाँको आदेशलाई पूरा गर्नुको लागि जिम्मेवार हुनेछ। पतिले आफ्नो अधिकार बुद्धिमानी साथ, दयाले, र परमेश्वरको भयमा गर्नु पर्छ जसलाई उसले आफ्नो लेखा दिनुपर्छ।

जब एक पत्नीलाई त्यसैगरि प्रेम गरिन्छ जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो, तब अधीनता कठिन हुदैन। एफिसी 5:24 ले भन्छ कि, "अब, जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पन्तीहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ।" विवाहमा, अधीनता यस्तो स्थान हो जसले पतिलाई आदर र सम्मान दिदछ (एफिसी 5:33 हेर्नुहोस्) र यसले जे अभाव रहेको छ त्यसलाई पूर्ण गर्दछ। यो परमेश्वरको बुद्धिमानी योजनो हो कि कसरी परिवारले कार्य गर्छ।

मैथ्यू हेनरी ले यसो लेखेको छन् कि: "स्त्रीलाई पुरूषको पसलीबाट बनाईएको हो। उनलाई शिरबाट बनाएको होइन कि उनी पुरूष माथि शासन गरुन, न कि उनलाई खुट्टा बाट बनाईएको हो कि पुरूषद्वारा कुलचिउन, तर उनको पसली देखि उनको बराबर खडा हुनको लागि, उसको हातको तल सुरक्षित, र प्रेम गर्न को लागि उसको हृदयको निकटतामा रहनको लागि बनाईएको हो।" पति र पन्तीलाई एक अर्काको अधीनमा रहने आदेश तत्काल सन्दर्भ एफिसी 5:19-33 मा आत्माले भरिएको परिणाम बाट आउदछ। आत्माले भरिएको-विश्वासिहरुलाई अराधना (5:19), धन्यवाद (5:20) र अधीनता (5:21) ले भरिएको हुनु पर्दछ से। पावल तब आत्मा-ले-भरिएको जीवन यापनको माथि आफ्नो विचारहरुलाई बताउद जान्छन र त्यसलाई वचन 22-24 मा पतिहरु र पन्तीहरु माथि लागू गर्छन। एउटा पन्तीलाई आफ्नो पतिको अधीनमा रहनु पर्दछ, यसकारण होइन कि स्त्रीहरु निम्न स्तर (बाइबलले हामीलाई यो शिक्षा दिदैन) की हुन, तर यसकारण किनकी परमेश्वरले वैवाहिक सम्बन्धहरुलाई कार्य गर्न यस्तै गरि नै निर्मित गर्नुभयो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के एउटा पत्नीलाई आफ्नो पतिको अधीन रहनु पर्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries