settings icon
share icon
प्रश्न

हामीले परमेश्वरको आवाजलाई कसरी पहिचान गर्न सक्छौ?

उत्तर


यो प्रश्नलाई युगौ देखि असँख्य मानिसहरुद्वारा सोधिएको छ। शमूएलले परमेश्वरको आवाजलाई सुनेका थिए, तर उसले त्यस समयमा पहिचान गरेनन जब सम्म उनलाई एलीले निर्देश गरेनन (1 शमूएल 3:1-10)। गिद्दोनले परमेश्वरको भौतिक प्रकटीकरणलाई देखे, र उनले फेरि पनि जे सुनी रहेका थिए त्यस माथि सन्देह गरे जब सम्म उनले उहाँसँग चिन्ह माग गरेनन, एक पटक होइन तर तीन पटक (न्यायकर्ता 6:17-22, 36-40)। जब हामी परमेश्वरको आवाजलाई सुनिरहेका हुन्छौ, तब हामीले यो कसरी जान्न सक्छौ कि यो उहाँ नै हो जो सँग हामीले कुरा गर्दछौ। सबै भन्दा पहिले हामीसँग यस्तो कुरा छ जो कि गिद्दोन र शमूएलसँग पनि थिएन। हामीसँग परमेश्वरको प्रेरित वचन, पढ़ने, अध्ययन र मनन गर्नको लागि पुरा बाइबल छ। "सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वर जान हरेक सुकर्ममा पूर्ण रुपले सुसज्जित भई सिद्ध भएको होस्" (2 तीमोथी 3:16-17)।" जब हामीसँग हाम्रो जीवनमा कुनै एक निश्चित विषय वा निर्णयको लागि एक प्रश्न हुन्छ, तब हामीले यो हेर्नु जरुरी छ कि बाइबलले यसको बारेमा के भन्दछ। परमेश्वरले कहिले पनि उहाँको वचनको विपरीत हाम्रो मार्गदर्शन गर्नु हुदैन जसरी उहाँको वचनमा शिक्षा दिएको छ (तीतुस 1:2)।

परमेश्वरको आवाजलाई सुन्नको लागि हामीलाई परमेश्वरसँग सम्बन्ध राख्नु पर्दछ। येशूले भन्नु भयो, "मेरा भेडाहरुले मेरो सोर सुन्छन्, र तिनीहरुलाई म चिन्छु, र तिनीहरु मेरो पछि आउँछन्" (यूहन्ना 10:27)। त्यो जसले परमेश्वरको आवाज सुन्दछ उहाँसंग सम्बन्धित छ– जो प्रभु येशूमा विश्वासद्वारा उहाँको अनुग्रहबाट बचाइएको हो। यिनी त्यो भेडाहरु हुन् जसले उहाँ आवाजलाई सुन्दछन र उहाँको आवाजको पहिचान गर्दछन्, किनकि त्यसले उहाँलाई आफ्नो गोठालोको रुपमा जान्दछ। यदि हामीले परमेश्वरको आवाजलाई पहिचान गर्छौ, तब हामी उहाँसंग सम्बन्धित हुन जरूरी छ।

हामीले उहाँको आवाजलाई तब सुन्छौ जब हामीले बाइबल अध्ययनमा र उहाँको वचनमा शान्त मनन गरेर समय व्यतीत गर्दछौ। जति धेरै समय हामी परमेश्वर र उहाँको वचनमा घनिष्ठताको साथले व्यतीत गर्छौ, उति नै धेरै उहाँको आवाजलाई पहिचान र हाम्रो जीवनहरुमा उहाँको मार्गदर्शनलाई पाउन सरल हुँदै जान्छ। बैंकको कर्मचारिहरुलाई नकली नोटहरुको पहिचानको लागि प्रशिक्षण असली नोटहरुको अध्ययनद्वारा यति निकटताको साथ दिइन्छ कि उनीहरुले धेरै सरल रुपमा एक नकली नोटलाई पकडीद छन्। हाम्रो परमेश्वरको वचनको साथ यति धेरै पहिचान हुनु पर्छ कि कसैले हामीलाई केहि गलत भन्दछन्, तब यो स्पष्ट हुनु पर्दछ कि यो परमेश्वरको तर्फबाट होइन।

जब कि परमेश्वरको मानिसहरुबाट आज पनि ठुलो आवाजमा बोल्न सक्छन् , तर उहाँ प्राथमिक रूपमा उहाँको लेखिएको वचनद्वारा बोलनु हुन्छ। कति पटक परमेश्वरको मार्गदर्शन पवित्र आत्माद्वारा, हाम्रो विवेक आउदछ, हम्रो परिस्थितिमा, र अन्य मानिसहरुको उपदेशद्वारा आउदछ। जे सुकै हामीले सुनेउ त्यसलाई पवित्र शास्त्रको सत्यताको साथ तुलना गरेर, हामी परमेश्वरको आवाजलाई पहिचान गर्न सिख्न सक्छौ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

हामीले परमेश्वरको आवाजलाई कसरी पहिचान गर्न सक्छौ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries