settings icon
share icon
प्रश्न

मेरो ख्रीष्यिन जीवनमा पापमाथि मैले कसरी विजय प्राप्त गर्न सक्छु?

उत्तर


परमेश्वरको सहायताले, उहाँको वाचन को सिद्धान्तहरुलाई पालन गरेर, हामी प्रगतिशील रुपमा पाप माथि विजय प्राप्त गर्न सक्छौँ र धेरै भन्दा धेरै ख्रीष्ट जस्तो हुन् सक्छौँ।

पाप माथि विजय प्राप्त गर्नको लागि हाम्रो प्रयासको लागि दिएको पहिलो स्रोत पवित्र आत्मा हो। परमेश्वरले हामीलाई पवित्र आत्मा दिनुभएको छ ता कि हामीहरु ख्रीष्टियन जीवनमा विजयी हुनु सकौँ। परमेश्वरले शरीरको कार्यहरु र आत्माको फल को भिन्नता गलाती ५:१६-२५ मा बताउदछ। त्यो खण्डमा हामीहरुलाई आत्मामा हिड्नु भनेर भनिएको छ। सम्पुर्ण विश्वासीहरुले पहिले नै पवित्र आत्मा प्राप्त गर्छन्, तर यो खण्डले हामीलाई बताउँछ कि हामीहरु आत्मामा हिड्नु पर्दछ, उहाँको नियन्त्रणलाई स्वीकारेर। यसको अर्थ हो शरीरका कुरालाई पछ्याउने भन्दा हाम्रो जीवनमा पवित्र आत्माको उत्साहरुलाई छान्ने हो।

एउटा विश्वासीको जीवनमा पवित्र आत्माले बनाउन सक्ने भिन्नता पत्रुसको जीवनमा प्रदर्शन गरिएको छ, जसले, पवित्र आत्माले भरपूर हुन अघि येशूलाई तीन पटक इन्कार गरे— र त्यस पछि उनीले भने उनले येशू लाई मृत्यु सम्म पच्छ्याउने छु। पवित्र आत्माले भरपूर भए पछि, उनले पेन्तिकोसको दिनमा यहूदीहरुको सामुन्ने खुल्ला र शक्तिशाली रुपमा बोले।

हामी आत्मामा तब हिड्ड्छौँ जब हामीले पवित्र आत्मालाई निभाउने कोशिस गर्दैनौ (जस्तै १ थेसलोनिक ५:१९ मा बताइएको छ) अनि त्यसको सट्टामा पवित्र आत्माले भरपूर हुनु खोज्दछ (एफिसी ५:१८-२१)। कसरी एकजना व्यक्ति पवित्र आत्माले भरिदछ त? र्सवप्रथम, पुरानो नियममा जस्तै यो परमेश्वरको छनोट हो। उहाँले व्यक्तिहरुलाई उहाँले चाहनु भएको काम पूरा गर्न छान्नुभयो र उनिहरुलाई आत्माले भर्नु भयो (उत्पति ४१:३८; प्रश्थान ३१:३; गन्ती २४:२; १ शमुएल १०:१०)। एफिसि ५:१५-२१ र कलस्स ३:१६ मा त्यहाँ प्रमाण छ कि परमेश्वरले तिनिहरुलाई नै भरपूर गर्न छान्नु हुन्छ जो आफै परमेश्वरको वचनले भरपूर भइरहेका छन्। जसले हामीलाई दोस्रो स्रोतमा अगुवाई गर्दछ।

परमेश्वरको वचन, बाइबल, ले भन्दछ कि हरेक असल कामको निम्ति हामी आफैलाई तालिम दिनको निम्ति परमेश्वरले उहाँको वचन हामीलाई दिनु भएको छ (२ तिमोथी ३:१६-१७)। यसले हामीलाई कसरी जिउनु र केमाथि विश्वास गर्नु भन्ने बारे सिकाउँदछ, जब हामीले गलत मार्गलाई छानेका हुन्छौं तब यसले हामीलाई प्रकाश दिन्छ, यसले हामीलाई सही मार्गमा फर्किन सहायता गर्छ, अनि यसले हामीलाई त्यही मार्गमा रहन मद्दत गर्छ। हिब्रू ४:१२ भन्दछ कि परमेश्वरको वचन जीवित र शक्तिशाली छ, हाम्रो हृदयको जरासम्म वारपार छेडनलाई यो सक्षम छ र हृदय र व्यवहारको गहिराईको पाप माथि विजय प्राप्त गर्दछ। भजन संग्रह रचयिताले भजन संग्रह ११९ मा जीवन परिवर्तन गर्ने गहिराईको शक्तिको बारेमा बताउँछन्। यहोशूलाई उसको शत्रुहरुमाथि विजयी हुनमा उसलाई सफलताको कुंजीको स्रोतलाई नबिर्सनु तर यसमाथि दिन रात मनन् गर्नु र आज्ञा पालन गर्नुमा थियो। उसले यही गर्यो, यद्यपि जब परमेश्वरले उसलाइ जे आदेश दिनुभएको थियो जुन सैनिक अर्थमा थिएन, अनि यो नै प्रतिज्ञाको भूमिको निम्ति उसको युद्धमा उसको विजयको साँचो थियो।

बाइबल एउटा यस्तो स्रोत हो जसलाई हामीले हल्का रुपमा लिन्छौँ। हामीले यसलाई सांकेतिक सेवाको रुपमा मण्डली लान्छौँ वा दैनिक आराधानामय या एक दिनमा एउटा अध्याय पढेर, तर हामी यसलाई स्मरण गर्न, यसमाथि मनन् गर्न, हाम्रो जीवनहरुमा यसलाई प्रयोग गर्ने, यसले प्रकट गर्ने पापहरु स्वीकार गर्ने, उहाँले हामीलाई दिनु भएको वरदानहरुको निम्ति परमेश्वरलाई प्रशंसा गर्ने कुरामा हामी असफल हुन्छौँ। जब बाइबलको कुरा आउँछ, या त हामी अत्यन्त कमजोर या यसको विपरित हुन्छौँ। हामी कवल त्यही वचनबाट मात्र भोजन गर्छौ जसले हाम्रो आत्मिक जीवनलाई जीवित राख्दछ (तर यति पचाउन सक्दैनौ कि हामी स्वस्थ, उन्नतिशील विश्वासी रहन सकौँ), वा खुवाइमा आउँछौ तर यसबाट आत्मिक पौष्टिक तत्व पाउनलाई हामी कहिल्यै पर्याप्त मात्रमा यसमाथि चिन्तन मनन गर्दैनौँ। यो महत्वपुर्ण छ, यदि तपाईले एउटा दैनिक रुपमा परमेश्वरको वचन अध्ययन गर्ने र याद गर्ने बानी बनाउनु भएको छैन भने, तपाईले यसको बानी बनाउन शुरुवात गर्नुहोस्।कोहि कोहिले दैनिकीको सहायता रुपमा सुरु गरे। वचनलाई त्यतिकै छाड्ने बानी नबनाउनुहोस् जब सम्म तपाईले यसबाट प्राप्त गर्नु भएको कुनैपनि कुरालाई लेखिसक्नु हुन्न। कोहि आफ्नो प्रार्थना लेख्दछन,ऊहाँ सँग यो भनि ऊनीहरुलाई ऊनिहरुको क्षेत्रमा बदलाव ल्याउन जुन विषयको बारे उनीहरु ले पहिले प्रार्थनामा भनिसकेका थिए। हाम्रो जीवनमा आत्माले प्रयोग गर्ने बाइबल एक औंजार हो (एफिसि ६:१७), हाम्रो आत्मिक युद्धहरु लड्नको निम्ति परमेश्वरले हामीलाई दिनु भएको एउटा प्रमुख अस्त्रको हो (एफिसि ६:१२-१८)।

पापको विरुद्को लडाईमा तेस्रो महत्वपूर्ण स्रोत हो प्रार्थना।फेरी,यो एउटा यस्तो स्रोत हो जसमा ख्रीष्टियनहरुले प्राय ओठे सेवा दिन्छन् तर कम प्रयोग गर्छन्। हामीहरुसँग प्रार्थना सभाहरु, प्रार्थनाका समयहरु, इत्यादि छन्।, तर हामी यसको प्रयोग पहिलेको मण्डलीले जस्तो गर्दैनौँ (प्रेरित३:१; ४:३१; ६:४; १३:१-३)। पावलले ति जोहरुको सेवा गरे उनीहरुको निम्ति कसरी प्रार्थना गरे सो कुरा उनले दोहोर्याउँदै उल्लेख गर्दछन। प्रार्थनाको सम्बन्धमा परमेश्वरले हामीलाई सुन्दर प्रतिज्ञाहरु दिनुभएको छ (मत्ती ७:७-११; लूका १८:१-८; यूहन्ना ६:२३-२७; १यूहन्ना ५:१४-१५)। अनि पावलले उनको अनुच्छेदमा आत्मिक युद्धको निम्ति तयार पार्दा उनको प्रार्थनालाई समावेश गरेका छन् (एफिसी ६:१२-१८)।

प्रार्थना हाम्रो जीवनमा पाप माथि विजयी पाउनलाई कति महत्वपुर्ण छ? हामीसँग गेतसमनीको बगैँचामा पत्रुसलाई भनेको ख्रीष्टको वचन छ, जुन पत्रुसले इन्कार गर्न अघि भनिएको थियो। येशूले प्रार्थना गरे जस्तै, पत्रुस सुतिराखेको छ। येशुले उसलाई बिउँझाउनु हुन्छ र भन्नु हुन्छ, “जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ” (मत्ती २६:४१)। तपाई, पत्रुस जस्तै, जे ठीक छ सो गर्न चाहन्छौँ तर सामार्थ्य पाइरहेका छैनौँ। हामीलाई परमेश्वरको चेतावनी आवश्यकता छ जस कारणले हामि खोजि रहौँ, घच्घच्याइ रहौँ, मागि रहौ— अनि हामीलाई चाहिने सामार्थ्य उहाँले हामीहरुलाई दिनु हुनेछ जसको खाँचो हामीलाई छ (मत्ती ७:७)। प्रार्थना चाँहि जादूमय सुत्र होइन। प्रार्थना सामान्यरुपले हाम्रा आफ्ना सीमाहरु जाहेर गर्ने र परमेश्वरको नाश नहुने शक्ति र उहाँले हामीबाट गराउन चाहनु हुन्छ त्यसो निम्ति उहाँतिर फर्किनु हो, हामीले जे गर्न चाहन्छौँ त्यो होइन (१ यूहन्ना ५:१४-१५)।

पाप माथि विजय प्राप्त गर्ने युद्धको चौथो स्रोत मण्डली हो, अरु विश्वासीसँग संगति। जब येशूले आफ्ना चेलाहरुलाई बाहिर पठाउनु भयो, उहाँले उनीहरुलाई दुई-दुई जना गरेर पठाउनु भयो (मत्ती १०:१)। जब प्रेरितका सुसमाचार प्रचारकहरु एकै समयमा बाहिर गएनन्, तर दुई या त्यस भन्दा धेरै समूहहरुमा गए। हामीहरु एकसाथ भेला हुन नछाडनलाई उहाँले आज्ञा दिनु हुन्छ तर त्यस समयलाई प्रेम र असल कार्यहरुमा एउटाले अर्कालाई प्रोत्साहन दिनको निम्ति प्रयोग गर्न येशूले आज्ञा गर्नुहुन्छ (हिब्रु १०:२४)। एउटाले अर्कोसँग हाम्रा भूल गल्तीहरु स्वीकार गर्नलाई उहाँले हामीहरुलाई भन्नु हुन्छ (याकूब ५:१६)। पुरानो नियमको साहित्य विद्धतामा, हामीलाई भनिएको छ कि जसरी फलामले फलामलाई उध्याउछ, त्यसरी नै एकले अर्कोलाई ध्याउछ (हितोपदेश २७:१७)। संख्याहरुमा सामार्थ्य छ (उपदेशक ४:११-१२)।

धेरै विश्वासीहरुले यो पाएका छन् कि एउटा उत्तरदायी साथी हुनाले हठी पाप माथि विजय प्राप्त गर्न धेरै लाभदायी हुनेछ। कोई एक वक्ति जो तपाईंसँग बातचित गर्न सक्छन, प्रार्थना गर्न सक्छन, उत्साह गर्न सक्छन, र हप्काउन पनि सक्छन त्यसको ठुलो मुल्य हुनु सक्छ। परीक्षा हामी सबैको निम्ति सामान्य हो (१ कोरिन्थी १०:१३)। एउटा उत्तरदायी साथी वा समुह हुनाले हामीलाई उत्साह र प्रेरणा मिल्न सक्छ जसद्वारा हामी हठी पाप माथि विजय प्राप्त गर्न सक्छौँ।

कहिले काँहि पाप माथि विजय छिटै प्राप्त गर्न सक्छौं। जबकि अरु बेला विजय धेरै बिस्तारै आउँछ। परमेश्वरले हामीलाई प्रतिज्ञा दिनु भएको छ कि जब हामीले उहाँको स्रोतहरुलाई प्रयोगमा ल्याउँछौँ भने, उहाँले हाम्रो जीवनहरुमा प्रगतिशील परिवर्तन ल्याउँनु हुनेछ। हामीले आफ्नो प्रयासले पाप माथि विजय प्राप्त गर्नमा लागिरहन सक्छौँ किनकि हामीलाई थाहा छ कि उहाँ आफ्नो प्रतिज्ञाहरु प्रति विश्वास योग्य हुनुहुन्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मेरो ख्रीष्यिन जीवनमा पापमाथि मैले कसरी विजय प्राप्त गर्न सक्छु?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries