परमेश्वले अदनको बगैचामा असल र खराबको ज्ञानको वृक्षलाई किन राख्नु भयो?



प्रश्न: परमेश्वले अदनको बगैचामा असल र खराबको ज्ञानको वृक्षलाई किन राख्नु भयो?

उत्तर:
परमेश्वले अदनको बगैचामा असल र खराबको ज्ञानको वृक्षलाई आदम र हव्वालाई उहाँको आज्ञा पालन गर्न वा अवज्ञा गर्नको निर्णयलाई लिनुको लागि राखेका थिए। आदम र हव्वाले जे पनि चाहन्थे त्यो त्यस्तै गर्नको लागि, केवल त्यस असल र खराबको ज्ञानको वृक्ष देखि खान बाहेक सबै कुरामा स्वतंत्र थिए। उत्पत्ति 2:16-17, उत्पत्ति 2:16-17, "परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, ‘तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरू खान सक्छौ। तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ, किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफैं मर्नेछौ।'" यदि परमेश्वरले आदम र हव्वालाई निर्णय लिनुको लागि स्वतंत्रा नदिएको भए, तब त्यो आवश्यक रूप बाट रोकावट नै हुने थियो, केवल त्यही गर्थे जो प्रोग्राम गरेर लगाएको थियो। परमेश्वरले आदम र हव्वालाई "स्वतंत्र" प्राणिहरुको रूपमा सृष्टि गर्नु भएको थियो, जसले निर्णय लिने योग्यता रख्द थियो, असल र खराबको बीचमा चुनाव गर्ने योग्यका थिए। आदम र हव्वालाई साच्चैमा स्वतंत्र हुनको लागि, उनको चुनाव गर्नु जरूरी थियो।

वृक्ष वा त्यस वृक्षको फलमा आवश्यक रूप बाट केहि पनि खराब थिएन। यस्तो केहि पनि थिएन कि फलमा वा स्वंय फलले आदम र हव्वालाई केहि अतिरिक्त ज्ञान दियो होला। अर्थात्, भौतिक फलमा हुनु सक्छ कि केहि भिटामिन जस्तो र केहि लाभदायिक रेशा रहेको होला, तर यो कुनै पनि तरिकाले आत्मिक पोषकको रूपमा थिएन। तर, अवज्ञाको कार्य आत्मिक रूपबाट मेटाई दिनु थियो। पापले आदम र हव्वाको आँखालाई खराबको लागि खोलि दियो। किनकी पहिलो पटक, तिनीहरुले जाने कि खराब, शर्मको अहसास थियो र उनीहरु स्वयंलाई परमेश्वर देखि छिपाउनु चाहन्थे। परमेश्वरको प्रति उनीहरुको अवज्ञाको पापले उनको जीवन र संसारमा भ्रष्टतालाई ल्यायो। फललाई खानु, परमेश्वरको विरूद्ध अवज्ञाको कार्य थियो, जसले आदम र हव्वालाई खराबको ज्ञान– र उनीहरुको नंगोपनाको ज्ञान दियो (उत्पत्ति 3:6-7)।

परमेश्वरले यो चाहनु हुन्न थियो कि आदम र हव्वाले पाप गरुन। परमेश्वर समय भन्दा पहिले नै जान्नु हुन्थो कि पापको के परिणाम हुनेछ। परमेश्वरले जान्नु हुन्थो कि आदम र हव्वाले पाप गर्ने छन् र परिणामस्वरूप यस संसारमा खराब, दुख र मृत्युलाई ल्याउने छन्। फेरी, किन, परमेश्वरले शैतानलाई आदम र हव्वालाई उकसाउनको अनुमति दिनु भयो? परमेश्वरले शैतानलाई आदम र हव्वालाई परीक्षामा पर्नको अनुमति दिनु भयो ताकि तिनीहरु निर्णय लिनुको लागि विवश हुनु सकुन। आदम र हव्वाले, आपनो स्वतंत्र इच्छामा, परमेश्वरको अवज्ञा गर्न चुने र इन्कार गरेको फललाई खाए। परिणाम – खराब, पाप, दुख, बिमारी र मृत्यु तब देखि चारै तर्फ फैलियो। आदम र हव्वाको निर्णयको परिणामस्वरूप प्रत्येक व्यक्ति पापको स्वभाव, पाप गर्ने प्रवृत्तिको साथ उत्पन्न हुन्छ। आदम र हव्वाको निर्णय नै थियो जसको कारणले यीशु मसीहलाई क्रूसको माथि मर्नु पर्यो र हाम्रो बदलामा आफ्नो रगत बगाउनु पर्यो। ख्रीष्टमा विश्वास गर्नुद्वारा, हामी पापको परिणाम बाट स्वतंत्र हुन सक्छौं, र अन्तमा स्वयं पाप देखि स्वतंत्र हुनु सक्छौं। रोमी 7:24-25 मा प्रेरित पावलको शब्दहरुलाई हामीले भन्न सक्छौं कि, "म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ? परमेश्वरले मलाई बचाउनु हुनेछ! म उहाँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत धन्यवाद चढाउँदछु!"



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश



परमेश्वले अदनको बगैचामा असल र खराबको ज्ञानको वृक्षलाई किन राख्नु भयो?