settings icon
share icon
प्रश्न

बाइबलले आत्मिक युद्धको बारेमा के भन्दछ?

उत्तर


जब आत्मिक युद्धको कुरा आउछ त्यहाँ दुइटा प्राथमिक त्रुटिहरु छन्– जसमा या त धेरै जोर दिएको छ वा कम। केहि मानिसहरुले यो दोष लागाउद छन् कि प्रत्येक पाप, प्रत्येक संघर्ष, र प्रत्येक समस्या दुष्टात्माहरुको हो जसलाई बाहिर निकालनु पर्छ। जबकि दोस्रो पुर्णरुपमा आत्मिक लोक उपेक्षा गर्दछ र सत्य यो हो कि बाइबलले हामीलाई आत्मिक शाक्तिहरुको विरूद्ध लड़ाईको बारेमा बताउदछ। आत्मिक युद्धमा सफलताको कुँजी बाइबल आधारित सन्तुलनलाई प्राप्त गर्नु हो। येशूले धेरै पटक दुष्टात्माहरुलाई मानिसहरुबाट बाहिर निकाल्नु भयो र धेरै पटक दुष्टआत्माको प्रभाव नभएको मानिसहरुलाई पनि निको गर्नुभएको उल्लेख गरिएको छ। प्रेरित पावलले विश्वासीहरूलाई स्वयं पापको विरुद्ध युद्ध गर्नु (रोमी 6) र शैतानको विरूद्ध युद्ध गर्नु (एफिसी 6:10-18) मा निर्देश गर्नु भयो

एफिसी 6:10-12 घोषणा गर्दछ कि, "अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामथर्यमा बलवान् होओ। दियाबलसका युक्तिहरुका विरुद्धमा खडा हुन् सक्न्लाई परमेश्वरका सारा हातहतियार धारण गर। किनकि हामीहरुको युद्ध शरीर र रागको विरुद्ध होइन, तर प्रधानताहरुका विरुद्ध, शक्तिहरुका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरुका विरुद्ध र स्वर्गीय स्थानहरुमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरुका विरुद्ध हो।" यो मूलपाठले हामीलाई धेरै महत्वपूर्ण सत्यहरुको शिक्षा दिन्छ: हामी केवल प्रभुको शक्तिमा नै बलवन्त हुन सक्छौ, यो परमेश्वरको हथियार हो जसले हामीलाई सुरक्षा दिन्छ, र हाम्रो यो लड़ाई यस संसारको दुष्टताको आत्मिक सेनाहरुको विरूद्ध हो।

एफिसी 6:13-18 मा हामीलाई त्यी आत्मिक हथियारहरुको विवरण दिन्छ जसलाई परमेश्वरले हामीलाई दिनुभएको हो। हामी सत्यले आफ्नो कमर कसेर, धार्मिकताको पाता पहिनेर, मेल-मिलापको सुसमाचार, विश्वासीको ढाल, उद्धारको टोपी, आत्माको तलवारको साथ र आत्मामा प्रार्थना गर्दै दृढ़ताको साथ खडा रहन सक्छौ। आत्मिक युद्धमा आत्मिक हथियारहरुको यो टुकडाले के प्रस्तुत गर्दछ? हामीले शैतानको झूठहरुको विरुद्धमा सत्यको उपयोग गर्नु पर्छ। हामीलाई यो सत्यमा निर्भर हुनु पर्छ कि हामी मसीहको बलिदानको कारण धर्मी घोषित भएको छौ। हामी सुसमाचारको घोषणा गर्नु छ चाहे कति नै धेरै विरोध हामीलाई किन सहन न परोस। हामी हाम्रो विश्वासमा कमजोर हुनु हुदैन, चाहे हामी माथि कति नै ठुलो शाक्तिशाली हमला किन न होस्। हाम्रो अन्तिम बचाव यस निश्चयमा छ कि हामीसँग उद्धार छ, यो एउटा यस्तो निश्चय हो कि कुनै आत्मिक शाक्तिले यसलाई हामीबाट होस्न सक्दैन। हाम्रो लागि आक्रमण गर्ने हथियार परमेश्वरको वचन हो, न कि हाम्रो विचार र भावनाहरु। हामीले येशूको उदाहरणको अनुसरण यस कुराको पहिचान गर्नु पर्छ कि केहि आत्मिक विजय केवल प्रार्थनाद्वारा नै संभव हुन्छ।

येशू नै आत्मिक लड़ाईको लागि हाम्रो निर्णायक उदाहरण हो। ध्यान दिनुहोस कि कसरी येशूले शैतानको सिधै हमलाको सामना गर्नु भयो जब उहाँलाई जंगलमा शैतानद्वारा परीक्षा गरिएको थियो (मत्ती 4:1-11)। प्रत्येक परीक्षाको उत्तर यस्तै तरिका ले– वचनको साथ दिइएको छ अर्थात् "यस्तो लेखिएको छ"। परमेश्वरको वचन शैतानले ल्याउने परीक्षाको लागि एउटा शक्तिशाली हथियार हो। “मैले तपाईंको अपदेशहरु होशियारी साथ् कन्ठस्थ गरे, किनभने तपाईंको विरुद्धमा म पाप नगरुँ” (भजन संग्रह 119:11)।

आत्मिक युद्धको विषयमा परमेश्वर को वचन एक सावधानी क्रममा छ। वचनमा कहिँ पनि हामीलाई यो निर्देश गरिएको छैन कि शैतानलाई बाहिर फ्याँक्नु वा तिनीहरुसँग बोलनु। येशुको नाउँ एउटा कुनै जादुई अवतर होइन जसले शैतानलाई हाम्रो अघिबाट हटाई दिन्छ। स्केवासको सातवटा छोराहरुलाई एउटा उदाहरणको रुपमा हेर्न सकिन्छ कि जसले आफुलाई अधिकार पाएको सोच्छन तर वास्तवमा उनीहरुसँग कुनै पनि अधिकार रहेको हुदैन (प्रेरित 19:13-16)। मिखाएल प्रधान स्वर्गदूतले पनि आफ्नो शक्तिमा शैतानलाई दण्डित गरेनन तर यसो भने “परमेश्वरले तिमीलाई दण्डित तुल्याउने छन्” (यहूदा 1:9)। जब हामी शैतानसँग कुरा गर्न शुरु गर्छौँ, तब हामीले हव्वाले जस्तै जोखिमको नेतृत्व मा अघि बढ्छौं (उत्पत्ति 3:1-7)। हाम्री परमेश्वरमा केन्द्रित हुनु पर्दछ, शैतानमा होइन; हामी परमेश्वरसँग बोल्छौं, तिनीहरुसँग होइन।

सारांशमा, आत्मिक युद्धमा सफलताको कुँजिहरु के के हुन्? पहिलो, हामीले हाम्रो आफ्नो होइन, तर परमेश्वरको सामर्थ्यमा निर्भर हुनु पर्छ। दोस्रो, हामीले परमेश्वरको पूर्ण हथियार लगाउनु पर्दछ। तेस्रो, हामी परमेश्वरको वचन तर्फ लग्नु पर्दछ— परमेश्वरको वचन आत्माको तलवार हो। हामीहरुले सुरक्षा र पवित्रताको लागि परमेश्वरसँग प्रार्थनाद्वरा माग्नु पर्दछ। हामीहरु स्थिर भइ (एफिसी 6:13-14); स्वयंलाई अर्पण गरि; शैतानको विरोद्ध गर (याकूब 4:7), सेनाहरूका परमप्रभु हाम्रा रक्षक हो भनि थाहा गरेर। “साँच्चै उहाँ मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ; उहाँले मेरो गढ हुनुहुन्छ, म कहिल्यै हल्लाइने छैन” (भजन संग्रह 62:2)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले आत्मिक युद्धको बारेमा के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries