settings icon
share icon
प्रश्न

कहिले/कसरी हामीले पवित्र आत्मालाई ग्रहण गर्छौँ?

उत्तर


प्रेरित पावलले स्पष्टसँग सिकाएका छन् कि हामीले येशू ख्रीष्टलाई हाम्रो उद्धारकर्ताको रुपमा ग्रहण गरेकै क्षणमा नै पवित्र आत्मालाई ग्रहण गर्छौं। पहिलो कोरिन्थी १२:१३ ले यो घोषणा गर्दछ, “किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौँ— यहूदी वा ग्रीक, कमारो वा फूक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो।” रोमी ८:९ ले हामीलाई भन्दछ कि यदि कुनै व्यक्तिसँग पवित्र आत्मा छैन भने, त्यो ख्रीष्टमा हुँदैन: “यदि साँच्चै परमेश्वरका आत्मा तिमीहरुमा वास गर्नुहुन्छ भने, तिमीहरु पाप-स्वभावमा होइन, तर पवित्र आत्मा हुन्छौँ। तर कुनै मानिसमा ख्रीष्टका आत्मा हुनुहुन्न भनेता त्यो उहाँको हुँदैहोइन।” एफिसी १:१३-१४ ले हामीलाई सिकाउँदछ कि विश्वास गर्ने सबैका लागि पवित्र आत्मा चाहिँ उद्धारको छाप हो: “तिमीहरु, जसले सत्यको वचन, अर्थात् आफ्नो मुक्तिको सुसमचार सुन्यौ, र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरुलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। परमेश्वरको आफ्नो सम्पति, अर्थात् हामीहरुले हाम्रो पूर्ण उद्धार नपाएसम्म— उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारीको बैना हुनुहुन्छ।”

उद्धारको क्षणमै पवित्र आत्मालाई ग्रहण गरिन्छ भनेर यी तीन पदहरुले स्पष्ट पार्दछ। यदि कोरिन्थीका सबै विश्वासीहरुले पवित्र आत्मा नपाएको हुँदो हो त हामी सबैले एउटै आत्मामा बप्तिस्मा पाएका छौँ र सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो भनेर पावलले भन्न सक्ने नै थिएन। रोमी ८:९ अझ कठोर गरेर भन्दछ छ कि यदि कुनै व्यक्तिसँग पवित्र आत्मा छैन भने, त्यो ख्रीष्टको हुदै हुँदैन। त्यसकारण, पवित्र आत्मा पाउनु चाहिँ उद्धार प्राप्त गरेका कुराको एउटा परिचयात्मक कारण हो। अझ, उद्धारको क्षणमा यदि कसैले पवित्र आत्मालाई ग्रहण गरेन भनेता यो “उद्धारको छाप” बन्नै सक्दैन (एफिसी १:१३–१४)। यदि उहाँ उद्धार पाउने समयमा ग्रहण नभए। खीष्टलाई उद्धारकर्ताको रुपमा ग्रहण गरेको क्षणमा हाम्रो उद्धार सुरक्षित भएको हुन्छ भनेर थुप्रै वचनहरुले स्पष्ट पार्दछ।

यस बहस चाहिँ विवाद पूर्ण छ किनभने पवित्र आत्माका सेवाकाइहरु प्रायः जसो अन्योलपूर्ण बुझिएका छन्। आत्मालाई ग्रहण गरिने अनि भित्र वास गर्ने कुराहरु चाहिँ उद्धारको क्षणमा हुँदछ। आत्माको भरिपूरी चाहिँ ख्रीष्टियन जीवनको हुने एउटा निरन्तर प्रक्रिया हो। जसरी हामी उद्धारको क्षणमा आत्माको बप्तिस्मा पनि हुन्छ भनेर मानिलिन्छौँ, धेरै ख्रीष्टियनहरुले मानिलिंदैनन्। यसले कहिलेकाहिँ आत्माको बप्तिस्मालाई र “आत्माको ग्रहण” गर्नुलाई चाहिँ उद्धारको पछि हुने एउटा कार्य हो भन्ने कुरासँग अन्यौलमा पार्दछ।

निष्कर्षमा, हामी पवित्र आत्मालाई कसरी ग्रहण गर्छौं? प्रभु येशू ख्रीष्टलाई हाम्रा उद्धारकर्ताको रुपमा ग्रहण गरेर हामी पवित्र आत्मालाई ग्रहण गर्दछौँ (यूहन्ना ३:५-१६)। हामीले पवित्र आत्मालाई कहिले ग्रहण गर्छौं? हामीले विश्वास गरैकै क्षणमा पवित्र आत्मा हामीमा स्थायी रुपमा वास गर्नु हुन्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

कहिले/कसरी हामीले पवित्र आत्मालाई ग्रहण गर्छौँ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries