settings icon
share icon
प्रश्न

सम्पन्नताको सुसमाचारको बारेमा बाइबलले के भन्दछ?

उत्तर


सम्पन्नताको सुसमाचारमा, जसलाई "विश्वासको वचन" को नामले पनि जानिन्छ, विश्वासीहरुलाई भनिएको छ कि उनीहरुले परमेश्वरलाई उपयोग गरुन, जब कि बाइबल आधारित ख्रीष्टिय सत्यता ठीक यसको विपरीत छ– परमेश्वरले विश्वासीलाई उपयोग गर्नु हुन्छ। विश्वासको वचन वा सम्पन्नताको धर्मविज्ञान पवित्र आत्मालाई एउटा यस्तो सामर्थ्यको रूपमा हेर्दछ जसलाई जे पनि विश्वासलाई चाहियो उसको लागि उपयोग गर्नु सकिन्छ। बाइबलले शिक्षा दिन्छ कि पवित्र आत्मा एउटा व्यक्ति हो जो विश्वासलाई परमेश्वरको इच्छालाई पूरा गर्नको लागि सक्षम गर्दछ। सम्पन्नताको सुसमाचारको अन्दोलन धेरै निकटताको साथ त्यी विनाशकारी लोभी संप्रदायहरुको सदृश हो जो कि आरम्भको मण्डलीमा घुसपैठ गरि सकेका थिए। पावल र अन्य प्रेरितहरु त्यी झूटो शिक्षकहरुको साथ कुनै पनि तरिकाले कुनै समझौता वा मेल मिलाप गरेका थिएनन जो यस प्रकारको झूटो शिक्षालाई दिरहेका थिए। उनीहरुले त्यसको पहिचान खतरनाक झूटो शिक्षकहरुको रूपमा गर्दछ र ख्रीष्टियनहरु उनीहरुबाट जोगिनुको लागि आग्रह गर्दछ।

पावलले तिमोथीलाई 1 तिमोथी 6:5, 9-11 मा उस प्रकारले पुरूषहरुको बारेमा भनेका छन। यो "भ्रष्ट मन" को मानिस जसको लागि धर्म कमाईको एउटा साधन हो र उनको धनी बन्ने इच्छा एउटा यस्तो फन्दा थियो जो उसको माथि "बर्बादी र विनाश" लाई लिएर आयो (वचन 9)। धनी बन्नु हो चाहन ख्रीष्टियनहरुको लागि एउटा खतरनाक मार्ग हो र यो एउटा यस्तो कुरा हो जसको लागि परमेश्वरले चेतावनी दिनुहुन्छ, "पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैंलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्" (वचन 10)। यदि धनी हुनु धर्मीको लागि एउटा तर्कसंगत लक्ष्य भए, तब येशूले त्यसको पछि लाग्नु हुन्थ्यो। तर उहाँले यस्तो गर्नु भएन, यसको अपेक्षा उहाँले यस कुरालाई प्राथमिकता दिनुभयो कि उहाँसँग शिर राख्नको लागि ठाउँ पनि थिएन (मत्ती 8:20) र उहाँले आफ्नो चेलहरुलाई पनि यस्तै गर्न शिक्षा दिनुभयो। यो पनि स्मरण राख्नु होस् कि यूहदा नै केवल एउटा यस्तो चेला थिए जसलाई धनको लागि चिन्ता थियो।

पावलले लोभलाई मूर्तिपूजा भनेका छन (एफिसी 5:5) र एफिसीहरुलाई निर्देश गर्नु भयो कि उनीहरु यस्तो सबै प्रत्येक व्यक्ति बाट होशियार होउन जसले लोभ वा अनैतिकताको सन्देशलाई लिएर आउद छन् (एफिसी 5:6-7)। सम्पन्नताको शिक्षा परमेश्वरलाई स्वयं कार्य गर्नको लागि रोक्दछ, अर्थात् परमेश्वर सबै कुराको प्रभु होइन किनकी उहाँ आफै तब सम्म कार्य गर्नु सक्नु हुन्न जब सम्म उहाँलाई कार्य गर्नको लागि छोडी दिन्नौं। विश्वास, विश्वासको वचनको धर्मसिद्धान्त अनुसार, परमेश्वरमा अधीनताको भरोसा होइन; विश्वास एक यस्तो सुत्र हो जसको द्वारा हामी त्यस आत्मिक व्यवस्थामा हेरफेर गर्न सक्छौं जसको सम्पन्नताको शिक्षा दिने शिक्षकले यो विश्वास गर्छ कि ब्रम्हाण्डको माथि शासन गर्दछ। जस्तो कि "विश्वासको वचन" नामले नै अर्थको पत्ता लाग्छ, यो अन्दोलनले यो शिक्षा दिन्छ विश्वास जे पनि हामीले भन्छौं यसको अपेक्षा कि जसमा हामी भरोसा गर्छौं वा जुन सत्यहरुलाई हामीले अङ्गालछौँ र जसलाई हाम्रो हृदयले पुष्टि गर्दछ, भन्दा मुख्य छ।

विश्वासको वचनको अन्दोलनमा एउटा मनपर्दो शब्द "सकारात्मक अंगीकार" गर्नु हो। यो त्यस शिक्षाको तर्फ संकेत हो कि स्वयं शब्दहरुमा सृजनात्मक सामर्थ्य छ। जे पनि तपाईंले भन्नु हुन्छ, विश्वासको वचनको शिक्षा दिने शिक्षकले दावा गर्दछ कि, त्यस सबै घटित हुनुको निर्धारण गर्दछ जुन तपाईंको साथमा घटित हुनु पर्छ। तपाईंको अंगीकार, विशेषगरि त्यो कृपा जसको तपाईंले परमेश्वरसँग माग गर्नु हुन्छ, सबैलाई सकारात्मक र बिना अप्ठ्यारो मानी भन्नु पर्छ। तब परमेश्वरलाई उत्तर आवश्य दिनु पर्छ (मानौं कि मानिसले परमेश्वरसँग प्रत्येक कुराको जवाब माग्न सक्छ!) यस प्रकारले परमेश्वरले हामीलाई आशीषित गर्नको योग्यता हाम्रो विश्वासको माथि थामिएको छ। याकूब 4:13-14 स्पष्ट रूपले यस शिक्षाको विरोधमा छ: " तिमीहरू कसैले भन्छौ, ‘आज अथवा भोलि हामी कुनै नगरमा जानेछौं। हामी त्यहाँ वर्ष दिन बस्छौं व्यापार गछौं अनि पैसा कमाउँछौं’ सुन! यस विषयमा सोच 14 भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ।" भविष्यमा अस्तित्वमा हुने कुराहरुलाई धेरै टाढा बाट बोल्नु, हामी त यो पनि जान्दैनौं कि भोलि के हुने छ यहाँ सम्म कि हामी जीवित पनि हुनेछौं वा छैनौँ।

धनको महत्वपूर्णताको माथि जोड दिनुको अपेक्षा, बाइबलले हामीले यसको पछि लाग्नको विरूद्ध चेतावनी दिदछ। विश्वासिहरु, विशेषगरि मण्डलीको अगुवाहरु (1 तिमोथी 3:3), लाई धनको लोभ बाट स्वतंत्र रहन पर्दछ (हिब्रू 13:5)। पैसाको प्रेमले धेरै प्रकार खराबीहरुको तर्फ लिएर जान्छ (1 तिमोथी 6:10)। येशूले चेतावनी दिनुहुन्छ कि, "होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ, तर त्यले उसलाई जीवन दिन सक्दैन।" (लूका 12:15)। विश्वासको वचनको शिक्षाको साथ तीखो तुलनामा यस जीवनमा धन र सम्पत्तिलाई प्राप्त गर्नको माथि येशूले भन्नु भयो, “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्" (मत्ती 6:19)। सम्पन्नताको शिक्षा र हाम्रो प्रभु येशू ख्रीष्टको सुसमाचारको मध्यमा विसंगत विरोधाभास छ जसलाई येशूले मत्ती 6:24 मा आफ्नो शब्दहरुमा अति राम्रो तरीकाले सांरशित गर्नु भयो छ, "तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।"

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

सम्पन्नताको सुसमाचारको बारेमा बाइबलले के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries