settings icon
share icon
प्रश्न

म स्वयंलाई विवाहको लागि कसरी तैयार गर्न सक्छु?

उत्तर


कसैलाई बाइबल आधारित विवाहको लागि तैयार गर्नु ठीक यस्तै हो जस्तो कसैलाई जीवनको उद्देश्यलाई प्राप्त गर्नको लागि तैयार गर्नु। एउटा सिद्धान्त छ जसमा हाम्रो जीवनहरुको सबै पक्षहरुको माथि नयाँ-जन्म पाएको विश्वासिहरुको नाता शासन गर्नु: "तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ" (मत्ती 22:37)। यो कुनै मजाकमा दिएको आज्ञा होइन। यो विश्वासी हुनुको नाता हाम्रो जीवनको केन्द्रीय हिस्सा हो। यो परमेश्वर र उहाँको वचनको माथि आफ्नो पूरा ध्यान लगाउनुको लागि चुनाव गर्नु हो ताकि हाम्रो प्राण र हाम्रो मन त्यी कुराहरुले भरिओस जसले परमेश्वरलाई प्रसन्न पार्छ।

त्यो सम्बन्ध जो प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरको साथमा हाम्रो छ त्यो यस्तो छ कि अन्य सबै सम्बन्धहरुलाई आफ्नो दृष्टिकोणमा हालिदिन्छ। वैवाहिक सम्बन्ध ख्रीष्ट र उहाँको मण्डलीको नूमना माथि आधारित छ (एफिसी 5:22-23)। हाम्रो जीवनहरुको प्रत्येक पक्ष विश्वासी हुन को नाता हाम्रो समर्पणद्वारा शासन गरिन्छ कि हामी प्रभुको निर्देशहरु र आज्ञाहरुको अनुसार जीवन व्यतीत गरौँ। परमेश्वर र उहाँको वचनको प्रति हाम्रो आज्ञापालन हाम्रो विवाहमा र यस संसारमा परमेश्वरको तर्फ दिएको-भूमिकाहरुलाई पूरा गर्नको लागि सुसज्जित गर्छ। र प्रत्येक नयाँ -जन्म प्राप्त गर्ने विश्वासीको भुमिका हर कुरामा परमेश्वरको महिमा गर्नु हो (1 कोरिन्थी 10:31)।

स्वयंलाई विवाहको लागि तैयार गर्न, येशू ख्रीष्टमा आफ्नो बोलावटको लागि योग्य चाल-चलन, र उहाँको वचनद्वारा परमेश्वरको साथ निकटताको सम्बन्धमा आउदै (2 तिमोथी 3:16-17), हर कुरामा आज्ञाकारिता माथि ध्यान केन्द्रित गर्नु पर्छ। परमेश्वरको साथ आज्ञाकारितामा चलनको लागि कुनै सजिलो तरिका सिक्नको लागि छैन। यो एउटा चुनाव हो जसमा हामी प्रतिदिन परमेश्वर अनुसरण गर्नको लागि संसारिक दृष्टिकोणलाई एक तर्फ राखने चुनाव गर्छौँ। ख्रीष्टको योग्य चाल चलनको लागि स्वयंलाई एउटा नै मार्ग, एउटा नै सत्य र एउटा नै जीवनको प्रति नम्रताको साथ दिन-प्रति-दिन, पल-पलको आधारमा अधीन रहदै चल्नु पर्छ। यो त्यो तैयारी हो जसमा आवश्यक रूपले प्रत्येक विश्वासीलाई त्यस ठूलो उपहारको लागि गर्नु पर्ने हुन्छ जसलाई हामी विवाह भनि भन्दछन।

एक व्यक्ति जो आत्मिक रूपमा परिपक्व र परमेश्वरको साथमा चल्छ कुनै पनि अन्य व्यक्तिको अपेक्षा विवाहको लागि धेरै तैयार हुन्छ। विवाह समर्पण, जोश, नम्रता, प्रेम र आदरको माग गर्दछ। यो गुण सबै भन्दा धेरै एक व्यक्तिमा देखाई दिन्छ जसको परमेश्वरको साथ घनिष्ठ सम्बन्ध छ। जब तपाईं स्वयंलाई विवाहको लागि तैयार गर्नु हुन्छ, आफ्नो ध्यानलाई परमेश्वरमा आकार दिनको लागि लगाउनु होस् ताकि त्यसले तपाईंलाई यस्तो पुरूष र स्त्रीको रुपमा आकार दिओस जस्तो उहाँले बनाउनु चाहानु हुन्छ (रोमी 12:1-2)। यदि तपाईं स्वयंलाई उहाँको अधीन गर्नु हुन्छ, तब उहाँले तपाईंलाई जब त्यो सुन्दर दिन आउने छ तब विवाहको लागि तैयार हुने योग्य गर्नु हुन्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

म स्वयंलाई विवाहको लागि कसरी तैयार गर्न सक्छु?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries