पूर्व सहस्राब्दी के हो?



प्रश्न: पूर्व सहस्राब्दी के हो?

उत्तर:
पूर्व सहस्राब्दी यस्तो विचारधारा हो कि ख्रीष्टको दोस्रो आगमन उहाँको हज़ार वर्षको राज्यको आरम्भ हुनु भन्दा अघि घटित हुनेछ, र यो सहस्राब्दी राज्य यस पृथ्वीमा शाब्दिक रूपले ख्रिष्टको 1000-वर्षको शासन हुनेछ। पवित्र शास्त्रमा सदंर्भलाई समझन र व्याख्या गर्नको लागि जो अन्त-समयको घटनाहरुको चर्चा गर्दछ, दुईवटा यस्तो कुराहरु छन जसलाई अवश्य नै स्पष्ट रूपमा समझन जरुरी छ: पवित्र शास्त्रको व्याख्या गर्न एक उचित पद्धति र इस्राएल (यहूदी) र मण्डली (येशू ख्रीष्टको सबै विश्वासियबाट मिलाएर बनिएको देह हो) मा भिन्नता हुनु हो।

सबभन्दा पहिले, पवित्र शास्त्रको व्याख्याको उचित पद्धतिले यो माग गर्दछ कि पवित्र शास्त्रको यस प्रकारले व्याख्या गर्ने आवश्यकता छ कि यो उहाँको संदर्भको साथ नियमित सगंति होउन। यसको अर्थ हो कि एक संदर्भको यस्तो तरीका ले व्याख्या गरिनु पर्छ जब त्यी श्रोताहरुको साथ नियमित सगंतिमा हुनुको लागि यो लेखिएको थियो, जसको बारेमा लेखिएको थियो, कसको निम्ति यो लेखिएको थियो र यस्तै नै अन्य कुराहरु। प्रत्येक संदर्भ जसको व्याख्या गरिएको छ उसको लागि लेखक, इच्छित श्रोतागण र ऐतिहासिक पृष्टिभूमिको जानकारी हुनु अति महत्वपूर्ण छ। ऐतिहासिक र सांस्कृतिक संदर्भ पृष्टभूमिहरु अक्सर एक संदर्भको सही अर्थलाई प्रकट गर्दछ। यो स्मरण राख्न पनि महत्वपूर्ण छ कि पवित्र शास्त्रले नै पवित्र शास्त्रको व्याख्या गर्दछ। अर्थात्, अक्सर एक संदर्भ एक विषय वा शीर्षकको कुरा गर्दछ त्यो बाइबलमा कुनै अन्य स्थानमा पनि सम्बोधित गरिएको हुन सक्छ। यी सबै संदर्भलाई एक अर्काको साथमा नियमित सगंति मा व्याख्या गर्न महत्वपूर्ण छ।

अन्तमा, र सबभन्दा महत्वपूर्ण कुरा यो हो कि, संदर्भलाई सदैव त्यसको सामान्य, स्पष्ट, शाब्दिक अर्थमा नै लिनु पर्दछ जब सम्म संदर्भको पृष्ठभूमिले यो संकेत गर्दैन कि यो आफ्नो प्रकृतिमा प्रतीकात्मक छ। शाब्दिक व्याख्या उपयोग गरिएको व्याख्याको रूपको संभावनालाई समाप्त गर्दैन। बरु, यसले व्याख्याकारलाई उत्साहित गर्दछ कि त्यो रूपको भाषालाई संदर्भको अर्थमा नपढ्नु होस् जब कि यस्तो गर्न त्यस संदर्भको लागि उचित न होला। यो यह महत्वपूर्ण छ कि कहिले पनि प्रस्तुत भएको अर्थ भन्दा धेरै "गहिरो, अधिक आत्मिक" अर्थको खोजी गर्नु हुदैन। एउटा संदर्भको आत्मिककरण गर्न खतरनाक हुन सक्छ किनकि यो पवित्र शास्त्रको उचित व्याख्याको आधारलाई पाठकको मनदेखि टाढा गरिदिन्छ। फेरी, त्यहाँ निर व्याख्याको कुनै उद्देश्यात्मक मानक रहदैन; यसको साटोमा, पवित्र शास्त्र हाम्रो व्यक्तिको आफ्नो नै सोचको अधीनमा हुने छ । दोस्रो पत्रुस 1:20-21ले हामीलाई स्मरण गराउछ कि, "सर्वप्रथम तिमीहरुले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्र कुनै अगमवाणी व्यतिगत व्यख्याको विषय होइन। किनकी मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरुले परमेश्वरको तर्फबाट बोलेका हुन्।"

बाइबलको व्याख्याको यी सिद्धांतहरुलाई लागू गरेको समय, यो हेर्न आवश्यक छ कि इस्राएल (अब्राहम को शारीरिक संतान) र मण्डली (नयाँ नियमको सबै विश्वासिहरु) दुई भिन्दै समूह हुन। यो स्वीकार गर्न अति महत्वपूर्ण छ कि इस्राएल र मण्डली भिन्नै छ किनकी, यदि यसलाई गलत सम्झियो भने, पवित्र शास्त्रको गलत व्याख्या हुनेछ। विशेष रूपमा यस्तो संदर्भहरुको गलत व्याख्या धेरै गरिएको छ जसमा इस्राएलको साथ प्रतिज्ञाहरु (दुबै अर्थात् पुरा भएको र जो पुरा नभएको) को चर्चा गरिएको छ। यस्तो प्रतिज्ञाहरुलाई मण्डलीको माथि लागू गर्नु हुदैन। स्मरण राख्नु होस, कि एउटा संदर्भको पृष्ठभूमिले यो निर्धारित गर्दछ कि यसले कसलाई सम्बोधित गरेको छ र यो नै सब भन्दा सही व्याख्या तर्फ संकेत दिन्छ।

यिनी अवधारणाहरुलाई मनमा राख्दै, हामी पवित्र शास्त्रको भिन्न संदर्भलाई देख्न सक्छौ जसले पूर्व सहस्राब्दी दृष्टिकोणलाई उत्पन्न गर्दछ। उत्पत्ति 12:1-3: ‍"परमप्रभुले अब्रामलाई भन्नु भयो, 'तेरो देश र तेरो कुटुम्ब तथा तेरा पिताको घरबाट निस्केर जुन देश म तँलाई देखाउछु त्यहाँ जा। म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु, र तँलाई आशिष दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र त आशिषको मूल हुनेछस। तँलाई आशिष दिनेहरुलाई म आशिष दिनेछु, र तँलाई सराप दिनेहरुलाई सराप दिनेछु। तँद्रवारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्।‘"

परमेश्वरले अब्राहमको साथ यहाँ निर तीन प्रतिज्ञा गर्नु भयो: अब्राहमको धेरै सन्तानहरु हुनेछन, उनले एक जातिलाई निर्मित गर्नेछ र एक देशमा वास गर्नेछ, र एक विश्वव्यापी आशिष सबै मानिस जाति माथि अब्राहमको वंशावली (यहूदी) बाट निक्लेर आउनेछ। उत्पत्ति 15:9-17 मा, परमेश्वर आफ्नो प्रतिज्ञालाई अब्राहमको साथमा पुन: दोहराउनु हुन्छ। यस्तो पुरा होस्, यसको लागि परमेश्वरले प्रतिज्ञाको पुरा दायित्वलाई केवल आफू माथि निर्भर गराउनु हुन्छ। अर्थात्, यस्तो केहि पनि थिएन जुन अब्राहमले गर्नु पर्ने थियो वा यस्तो केहि गर्नुमा असफल हुनु जिसमा परमेश्वरद्वारा निर्मित प्रतिज्ञा मूल्यहीन ठहरिन्थ्यो। यस संदर्भको साथमा, देशको जमीनको लागि सीमाहरु निर्धारित गरिएको छ कि यहूदी अन्तमा यसलाई आफ्नो अधीन गर्नेछन। सीमाहरु को पूरा सूचीको लागि, व्यवस्था 34 हेर्नुहोस। अन्य संदर्भ जसमा जमीनको प्रतिज्ञाको चर्चा गरिएको छ त्यो व्यवस्था 30:3-5 र इजकिएल 20:42-44 छ।

2 शमूएल 7:10-17 मा, हामी परमेश्वरद्वारा राजा दाऊदको साथमा गरिएको प्रतिज्ञालाई देख्दछौ। यहाँ निर, परमेश्वर दाऊदको साथ प्रतिज्ञा गर्नुहुन्छ कि उनको सन्तानहरु हुनेछन र त्यी सन्तानहरु मध्य परमेश्वरले एक अनन्तकालको राज्यको स्थापना गर्नुहुनेछ। यसले ख्रीष्टको एक हजार वर्ष र सदैवको राज्यको शासनको तर्फ संकेत जनाएको छ। यस कुरालाई ध्यानमा राख्न महत्वपूर्ण छ कि यो प्रतिज्ञा शाब्दिक रूपमा पूरा हुन जरुरी छ र यो अहिले सम्म पुरा भएको छैन। केहि मानिस यस्तो विश्वास गर्नेछन कि सोलोमनको शासन यस भविष्यद्वाणीको शाब्दिक पूर्णता थियो, तर यस साथमा एउटा समस्या छ। जुन क्षेत्रमा सोलोमनले राज्य गरे त्यो आज इस्राएलको नजिक छैन र न त सोलोमन आज इस्राएल माथि राज्य गर्दछन्। स्मरण रख्न्नुहोस कि परमेश्वरले अब्राहमको साथमा प्रतिज्ञा गर्नु भएको थियो कि उनको सन्तान सदैवको लागि देशको अधिकारी हुनेछन। साथमा, 2 शमूएल 7 ले भन्छ कि परमेश्वरले एक यस्तो राजालाई स्थापित गर्नुहुनेछ जो अनन्तकालको लागि शासन गर्नेछन। सोलोमनले यस प्रतिज्ञालाई पूरा गर्न सकेनन जसलाई दाऊदको साथमा बनाइएको हो। त्यसैले, यो एउटा यस्तो प्रतिज्ञा हो जुन अझै पूरा हुन बाकी नै छ।

अब, यी सबै कुरालाई मनमा राख्दै, यस कुराको जाँच गरौ कि प्रकाश 20:1-7 मा के वर्णन गरिएको छ। एक हज़ार वर्ष, जो यस संदर्भमा निरन्तर उल्लेख गरिएको छ ख्रीष्टको यस पृथ्वीमा शाब्दिक रूपमा 1000-वर्षको सदृश छ। त्यस प्रतिज्ञालाई स्मरण गरौ जो दाऊदको साथ एक शासक सम्बन्धमा बाधिएको थियो र त्यसलाई शाब्दिक रूपमा पूर्ण हुन बाकी नै छ र यो झैँ सम्म पुरा भएको छैन। पूर्व सहस्राब्दी विचारधाराले यो हेर्द छ कि यो संदर्भ सिहांसनमा ख्रीष्टको भविष्यमा पूर्ण हुने त्यस प्रतिज्ञाको पूर्णताको विवरण हो। परमेश्वरले बिना कुनै शर्तको प्रतिज्ञालाई अर्थात् अब्राहम र दाऊदको साथ निर्मित गर्नु भएको थियो। यस मध्य कुनै पनि प्रतिज्ञा पुरा वा स्थाई रूपमा पुरा भएको छैन। ख्रीष्टको एक शाब्दिक, भौतिक शासन नै केवल त्यो मार्ग हो जसद्वारा प्रतिज्ञाहरु त्यस्तै पूर्ण हुनेछ जसरी परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ।

पवित्र शास्त्रको माथि व्याख्या गरिएको एक शाब्दिक पद्धतिलाई लागू गर्नको परिणाम पजलको टुत्रालाई एकत्र हुनु हो। सम्पूर्ण पुराने नियममा येशूको प्रथम आगमनको लागि गरिएको भविष्यवाद्वाणीहरु शाब्दिक रूपमा पूर्ण भएको हो। त्यसैले, हामीलाई उहाँको दोस्रो आगमनको लागि गरिएको भविष्यद्वाणीहरुलाई पनि शाब्दिक रूपमा पूर्ण हुनेको अपेक्षा गर्नु पर्दछ। पूर्व सहस्राब्दी एउटा यस्तो पद्धति हो जो परमेश्वरको वाचाहरु र अन्त-को-समयको भविष्यद्वाणीहरुको शाब्दिक व्याख्याको साथ सहमत हुँदछ।



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश



पूर्व सहस्राब्दी के हो?