settings icon
share icon
प्रश्न

मुक्तिको योजना/ बाटो भनेको के हो?

उत्तर


के तपाईं भोको हुनुहुन्छ? शारिरीक भोको होइन, तर तपाईंसँग जीवनमा केहि धेरै अरू कुराको भोग छ? यदि तपाईंका भित्री गहिराइमा केहि कुराहरु छन् जसले तपाईं सन्तुष्ट पार्न सकेको छैन? यदि त्यसो हो भने, येशू एउटा बाटो हुनुहुन्छ! येशूले भन्नुभयो, "म जीवनको रोटी हुँ, म कहाँ आउने भोकाउनेछैन र म माथि विश्वास गर्ने कहिल्यै तिर्खाउने छैन" (यूहन्ना ६:२५)।

के तपाईं अल्मलिनुभएको छ? जीवनमा उद्देश्य अथवा बाटो पत्ता लगाउन सक्नुभएको छैन? के यस्तो देखिन्छ कि कसैले बत्ति निभाइदिएको छ र – तपाईंले त्यसको स्वीच पत्ता लगाउन सक्नु भएको छैन्? यदि यस्तै हो भने, येशू तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्यति हुँ। मलाई पछञ्याउने अन्धकारमा हिँडिडुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ" (यूहन्ना ८:१२)।

के तपाईंले सधै महसुस गर्नुहुन्छ कि तपाईंको जीवनको साँचो बन्द गर्नुभएको जस्तै? के तपाईंले धेरै ढोकाहरु कोशिश गर्नुभयो, र पत्ता लगाउनुभयो कि तिनिहरुको पछाडि खाली र अर्थहिन मात्र छ? के तपाईंले भरिपूर्णजीवनमा प्रवेश गर्न बाटो हेरिरहनुभएको छ? त्यसो हो भने, येशू बाटो हुनुहुन्छ। येशूले भन्नुभयो, "ढोका म नै हुँ, यदि कोहि मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउने छ" (यूहन्ना १०:९)।

के अरु मानिसहरुले तपाईंलाई होच्याउने गर्छन्? के तपाईंको सम्बन्धहरु रित्तिएका र निलिएका छन्? के यस्तो देखिन्छ कि प्रत्येकले तपाईंको फाइदा लिने कोशिश गरिरहेका छन्? यदि हो भने, येशू बाटो हुनुहुन्छ। येशूले भन्नुभयो, "म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेडाहरुका निम्ति आफ्नो प्राण अर्पण गर्छ। म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरुलाई चिन्छु, अनि मेरा भेडाहरुले मलाई चिन्छन्" (यूहन्ना १०:११,१४)।

यो जीवनपछि के हुन्छ भनेर छक्क पर्नुहन्छ? - तपाईंले ति सड्ने र कुहिने चिजहरुका निम्ति जीवन जिउने कोशिश गर्नुभएको छ ?के तपाईं जीवनको कुनै अर्थ छ भनेर कहिलेकाहीं शंका गर्नुहुन्छ? के तपाईंको मृत्युपछि तपाईं बाँच्न चाहनुहुन्छ? यदि हो भने, येशू बाटो हुनुहुन्छ। येशूले तिनलाई भन्नुभयो, "पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ । अनि जीउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन" (यूहन्ना ११:२५,२६)। बाटो के हो? सत्य के हो? जीवन के हो? येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।” (यूहन्ना १४:६)।

भोक जुन तपाईंले महशुस गर्नुहुन्छ यो आत्मिकी भोक हो, र येशूद्वारा मात्र भरिन सक्छ। येशू एकमात्र हुनुहुन्छ जसले अन्धकारलाई उठाउन सक्नुहुन्छ। येशू सम्तुष्टिको जीवनको ढोका हुनुहुन्छ। येशू जुन तपाईंको खोजी रहनुभएको असल मित्र र गोठालो हुनुहुन्छ। येशू अर्का र यस संसारको जीवन हुनुहुन्छ। येशू मुक्तिको बाटो हुनुहुन्छ।

तपाईंले भोको महसुस गर्नुको कारण, तपाईं अन्धकारमा हराई रहेको कारण, जीवनभित्रको अर्थ पत्ता लगाउन नसक्नुहुने कारण, त्यो हो कि तपाईं परमेश्वरबाट अलग हुनु भएको छ। बाइबलले हामीलाई भन्छ, हामी सबैले पाप गरेका छौँ र त्यसकारण परमेश्वरबाट अलग भएका छौँ (उपदेशक ७:२०, रोमी ३:२३)। तपाईंले हृदयमा महसुस गर्ने खालीपन परमेश्वर तपाईंको जीवनबाट टाढा हुनुभएकोले हो। हामी परमेश्वरसँग सम्बन्ध गाँस्न सृष्टि गरिएका थियौँ। हाम्रो पापको कारणले, हामी परमेश्वरसँग सम्बन्ध गाँस्नबाट अलग भयौँ। सबैभन्दा नराम्रो यो हो कि हाम्रो पापका कारण यो जीवन र अर्को जीवनलाई अनन्तको लागि परमेश्वरबाट हामीलाई अलग गराएको छ (रोमी ६:२३, यूहन्ना ३:३६)।

यो समस्याको समाधान कसरी हुन सक्छ? येशू बाटो हुनुहुन्छ। येशूले हाम्रो पाप आफैमा लिनुभयो (२ कोरिन्थी ५:२१)। येशू हाम्रो साटोमा मर्नुभयो (रोमी ५:८-), हामीले भोग्नु पर्ने दण्ड आफैमा लिनुभयो। तिनदिनपछि येशू मृत्युबाट बौरी उठ्नुभयो, उहाँले मृत्यु र पापमाथि विजय प्रमाणित गर्नुभयो (रोमी ६:४,५)। उहाँले यो किन गर्नुभयो? येशूले यस प्रश्नको उत्तर आफै दिनुभयो, "आफ्ना मित्रहरुका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरु कसैको हुँदैन" (यूहन्ना १५:१३)। येशूको मृत्युको कारणले हामी बाँच्न सकेका छौं। यदि हामीले येशू माथी र उहाँको मृत्युमा भरोसा राख्छौँ भने, हाम्रा सबै पापहरु क्षमा हुनेछ र पखालिने छ। र त्यसपछि मात्र आत्मिकी भोकोपनबाट सन्तुष्टि हुनेछौँ। बत्तिहरु फेरि बल्नेछन्। हामी भरिपूर्ण जीवन जिइरहेका हुनेछौँ। हामी जान्नेछौँ कि हाम्रो सबभन्दा असल मित्र र राम्रो गोठालो को हुनुहुन्छ। हामीले थाहा पाउनेछौँ कि हाम्रो मृत्युपछि हामीसँग जीवन हुनेछ - येशूसँग अनन्तका लागि पुर्नस्थापना गरिएको एउटा नयाँ जीवन स्वर्गमा हुनेछ। "किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र यस संसारमा दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्" (यूहन्ना ३:१६)।

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मुक्तिको योजना/ बाटो भनेको के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries