settings icon
share icon
प्रश्न

येशूको विषयमा कहिल्यै नसुनेकाहरुलाई के हुन्छ?

उत्तर


परमेश्वरमा सबै मानिसहरु उत्तरदायी हुन्छन् चाहे तिनीहरुले “उहाँको विषयमा सुनेका” हुन वा नहुन। बाइबलले हामीलाई भन्दछ कि परमेश्वरले संसारको सृष्टिदेखि नै बनाएका थोकहरुमा (रोमी १:२०) आफैलाई मानिसहरुको हृदयमा सफासँग प्रकट गर्नुभएको छ (उपदेशक ३:११)। समस्या चाहिँ यो हो कि मानिसजाति पापी छन्; हामी सबैले परमेश्वरको यस ज्ञानलाई इन्कार गर्दछौँ र उहाँको विरुद्धमा विद्रोह गर्दछौँ (रोमी १:२१-२३)। यदि यो परमेश्वरको अनुग्रहको लागि नहुँदो हो त, हामीलाई हाम्रा हृदयको पापी अभिलाषाहरुको साथमा, हामीले यो थाहा पाउन भनी छोडिने थियौ कि उहाँबाट अलग रहेको जीवन कति निरर्थक र दएनीय हुने थियो। उहाँलाई निरन्तर इन्कार गर्नेहरुका लागि उहाँले यो कुरा गर्नुहुन्छ (रोमी १:२४–३२)।

वास्तवमा, केही मानिसहरुले परमेश्वको विषयमा न सुनेका चाहिँ होइन्। बरु, समस्या त त्यो हो कि तिनीहरुले सुनेका कुरालाई अनि तिनीहरुले प्रकृतिमा सहजै देखेका कुराहरुलाई इन्कार गरेका छन्। व्यवस्था ४:२९ ले घोषणा गर्दछ, “तर यदि त्यहाँ पनि परमप्रभु तिमीहरुका परमेश्वरलाई तिमीहरुले खोज्यौ भने र तिमीहरुका सारा हृदय र प्राणले खोज्यौ भने तिमीहरुले उहाँलाई भेट्टाउनेछौ।” यस पदले एउटा महत्वपूर्ण सिद्धान्त सिकाउँदछ— परमेश्वरलाई साँच्चै खोज्ने हरेकले उहाँलाई भेट्टाउनेछ। यदि कुनै व्यक्तिले परमेश्वरलाई साँच्चै जान्ने इच्छा गर्छ भने, परमेश्वरले आफै नै चिनाउनुहुन्छ।

समस्या चाहिँ यो हो कि “बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही पनि छैन” (रोमी ३:११)। मानिसहरुले प्रकृति र तिनीहरुको आफ्नै हृदयमा रहेका परमेश्वरका ज्ञानलाई इन्कार गर्छन्, र सट्टामा तिनीहरु आफैले बनाएका “ईश्वरहरु” को पूजा गर्ने निर्णय गर्छन्। ख्रीष्टको सुसमचारलाई सुन्ने अवसर कहिले पनि नपाएका कुनै व्यक्तिलाई नरकमा पठाइन्छ भनेर परमेश्वरको निष्पक्षतामा वहस गर्नु मूर्खता हो। मानिसहरुमा परमेश्वरले अघिबाटै प्रकट गर्नुभएको कुराको लागि तिनीहरु परमेश्वरमा उत्तरदायी रहेका छन्। बाइबलले भन्दछ कि मानिसहरुले यस ज्ञानलाई इन्कार गरे, र त्यसैकारण परमेश्वरले तिनीहरुलाई नरकमा त्यागिदिनु हुनेछ।

कहिले पनि सुसमचार नसुनेकाहरुका भाग्यको लागि वहस गर्नुको सट्टामा हामी, ख्रीष्टियनहरुले तिनीहरुले सुनून् भनी निश्चय गर्नलाई हामीले सके जति कोशिष गर्नु पर्दछ। हामीलाई संसारभरी नै सुसमचार फैलाउनको लागि बोलाइएको हो (मत्ती २८:१९-२०; प्रेरित १:८)। हामी जान्दछौं कि प्रकृतिमा प्रकट गरिएको परमेश्वरको ज्ञानलाई मानिसहरुले इन्कार गर्दछन्, र त्यस कुराले चाहिँ येशू ख्रीष्टद्वारा उद्धारको सुसमचार धोषणा गर्न हामीलाई प्रेरित गर्नु पर्दछ। परमेश्वरको अनुग्रहद्वारा ग्रहण गरेर मानिसहरु आफ्ना पापबाट बाँच्न सक्छन् र परमेश्वरसँग अनन्तरुपले अलग रहने कुराबाट जोगिन सक्दछन्।

यदि हामी ठान्दछौँ कहिले सुसमचार नसुन्नेहरुलाई परमेश्वरबाट दया गरिन्छ भने, हामीहरु कुनै डरलाग्दो समस्यामा पर्नेछौँ। यदि कहिल्यै सुसमचार नसुनेका मानिसहरुलाई बचाइनछन् भने, यो न्यायसोचित छ कि हामीले यो प्रयास गर्नु पर्दछ कि कसैले पनि कहिल्यै सुसमचार सुन्न नपाओस्। सबैभन्दा खराब काम चाहिँ यो हो कि हामीले कुनै व्यक्तिसँग बाड्नको सुसमाचारलाई त्यस व्यक्तिले इन्कार गर्नु हो। यदि त्यस्तो हुने थियो भने, त्यसलाई नाश गरिने थियो। सुसमाचार नसुन्ने मानिसहरुलाई नाश गरिनै पर्दछ, होइन भने त्यहाँ सुसमाचार प्रचारको लागि कुनै प्रेरणा हुँदैन। यदि उनीहरुले सुसमाचार सुनी सकेको भए र यसलाई रद्ध तुल्याउने र आफैलाई नाश गर्ने कुरामा निश्चित रुपमा सम्भवना छ भने सुसमाचार सुन्नलाई किन खतरा मोल्नु पर्ने उनीहरुले कहिल्यै पनि सुसमाचार सुनेका थिएनन्?

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

येशूको विषयमा कहिल्यै नसुनेकाहरुलाई के हुन्छ? के परमेश्वरले उहाँको विषयमा कहिल्यै नसुनेको व्यक्तिलाई नाश गर्नु हुनेछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries