settings icon
share icon
प्रश्न

बाइबलले एउटा विश्वासीको बारेमा के भन्छ जो सैन्य सेवामा कार्यरत् छ?

उत्तर


बाइबलमा सेनामा सेवा गर्नको बारेमा प्रसस्तमात्र जानकारीहरु दिएको छ। जब कि बाइबलमा सेना प्रति गरिएको धेरै जसो संदर्भ केवल रूपकको समान हो, धेरै जसो वचन प्रत्यक्षमा यस प्रश्नको साथ सम्बन्धित छ। बाइबलले विशेष रूपमा यो भन्दैन कि कसैलाई सेनामा सेवा गर्नुपर्छ वा पर्दैन। ठीक त्यही समय, ख्रीष्टियन विश्वासीहरुलाई आश्वासन दिएको छ कि एउटा सैनिक हुनु सम्पूर्ण रुपमा पवित्र शास्त्रमा सम्मानजनक मानिएको छ र यो थाहा गर्नु कि यस प्रकारको सेवा बाइबल आधारित दृष्टिकोणको साथ मान्य छ।

सैन्य सेवाको पहिलो उदाहरण पुरानो नियममा पाइन्छ (उत्पत्ति 14), जब अब्राहमको भतीजा लूतलाई एदामको राजा कदोर्लाओमेर र उसको संगी राजाहरुले अपहारण गरेका थिए। अब्रहामले लूतको सहायतामा आफ्नो घरानाबाट 318 प्रशिक्षित योद्धाहरु जुटाई कन एक साथ् उनको विरूद्ध युद्ध गरे र एलामीहरुलाई पराजित गरे। यहाँ हामी देख्दछौँ कि अस्त्र शास्त्र धारण सशस्त्र सैन्य बल एउटा राम्रो कार्य – निर्दोषलाई बचाउन र सुरक्षा दिनुमा लागेको हुन्छ।

इतिहासमा पछि गएर, इस्राएलको राष्ट्रले आफ्नो स्थाई सेनालाई विकसित गरे। अर्थ यो हो कि परमेश्वर दिव्य योद्धा हुनुहुन्छ र उहाँको मानिसहरुलाई उहाँको सैन्य शाक्तिको हुनु न हुनुको फिर्की नगरि उहाँले उनीहरुको सुरक्षा गर्नु हुन्छ, एउटा कारण यो हुनु सक्छ कि किन इस्राएल आफ्नो स्थाई सेनालाई विकसित गर्नमा धीमा रहनु भएको थियो। इस्राएलमा नियमित रूपले बनी रहनको लागि स्थाई सेनाको विकास शाऊल, दाऊद र सोलोमनद्वारा विकसित एउटा शाक्तिशाली, केंद्रीकृत राजनीतिक व्यवस्था आए पछि विकसित भयो। शाऊल पहिलो व्यक्ति थिए जसले एउटा स्थाई सेनालाई निर्मित गरेका थिए (1 शमूएल 13:2; 24:2; 26:2)।

जसलाई शाऊलले आरम्भ गरेका थिए, त्यसलाई दाऊदले चलाई रहे। उसले सेनामा वृद्धि गरे, किरायामा सैनिकहरुलाई अन्य क्षेत्रहरुबाट ल्याएर राखे जो केवल उसको प्रति विश्वासयोग्य थिए (2 शमूएल 15:19-22) र आफ्नो सेनाहरुको प्रत्यक्ष नेतृत्वलाई सेनाको सेनापित याकूबलाई दिए। दाऊदको अधीनतामा, इस्राएलले पनि आफ्नो सैन्य नीतिहरुमा आक्रमकद्वारा छिमिकी राज्यहरु जस्तै अम्मोन (2 शमूएल 11:1; 1 इतिहास 20:1-3) लाई आफ्नो अधीन गरे। दाऊदले वर्षमा एक महीना सेवा गर्नेहरु बाह्र समूहहरु जो प्रत्येक 24,000 सैनिकहरुसँग मिलेर बनेको समूह थियो, आवर्ती सैनिक सेवा पद्धतिलाई आरम्भ गरे (1 इतिहास 27)। जब कि सोलोमनको शासनकाल शान्तिमय थियो, फेरी पनि उसले सेनाको अगाडी विस्तार, यसमा रथहरु र धुड़सवार सैनिकहरुलाई जोड़नद्वारा गरे (1 राजा 10:26)। स्थाई सेना (जब कि सोलोमनको मृत्युको पश्चात् राज्यको विभाजन पछि पनि) 586 ईस्वी सन् सम्म बनि रहियो, जब इस्राएल (यहूदा) एक राजनीतिक एकाईको रूपमा अस्तित्वमा बनि रहनबाट समाप्त भयो।

नयाँ नियममा, येशूले त्यस समय आश्चर्य प्रगट गर्नु भयो जब एतुआ रोमी सूबेदार (एक सै सैनिकहरुको पलटनको एउटा अधिकारी) उसकोमा आयो। सूबेदारको येशू प्रति प्रतिक्रियाले यो संकेत दिन्छ कि जस्तै अधिकारको बारेमा उसको समझ स्पष्ट थियो, त्यसको साथै येशूमा उसको विश्वासको समझ स्पष्ट थियो (मत्ती 8:5-13)। येशूले त्यसको व्यवसायको निन्दा गरेनन। नयाँ नियममा धेरै सूबेदारहरुको बारेमा उल्लेख गरिएको छ जसको प्रशंसा ख्रीष्टियनहरु, परमेश्वर-सँग-भय मान्नेहरु, र सद्चरित्र मानिसहरुको रुपमा गरिएको छ (मत्ती 8:5; 27:54; मर्कुस 15:39-45; लूका 7:2; 23:47; प्रेरित 10:1; 21:32; 28:16)।

स्थान र पदविहरु परिवर्तित हुन सक्छ, तर हाम्रो सशस्त्र सेनाहरुलाई त्यतिनै मूल्य दिनु पर्दछ जति बाइबलमा सूबेदारहरुलाई दिएको छ। एउटा सैनिकको पद धेरै नै सम्मानजनक हुन्छ। उदाहरणको लागि, पावल एउटा ख्रीष्टियन विश्वासी इपफ्रुदीतुसको विवरण "संगी योद्धाको रूपमा गर्दछन (फिलिप्पी 2:25)। साथै बाइबलले प्रभुमा शक्तिशाली हुनुको लागि परमेश्वरको सबै हथियारहरुलाई आफ्नो माथि राख्नुको लागि सैन्य शब्दावलीहरुको उपयोग गर्दछ (एफिसी 6:12-20), जसमा एउटा सैनिकको सबै हथियार – टोप, ढाल र तलवार सम्मिलित छ।

हो, यो ठीक हो कि बाइबलले सेनामा सेवा गर्नेहरुको बारेमा संबोधित प्रत्यक्ष र अप्रत्यक्ष गर्दछ छ। ख्रीष्टियन पुरूष र स्त्रीहरु जो आफ्नो देशको सेवा आफ्नो चरित्र, मर्यादा र सम्मानको साथ गर्दछन, लाई आश्वासन दिएको छ कि जुन नागरिक सेवालाई उनीहरु गर्दछन, त्यसलाई हाम्रो प्रभुता सम्पन्न परमेश्वरद्वारा क्षमा गरिको छ र सम्मान दिएको छ। त्यो जो ससम्मान सेनामा सेवा गर्छ, हाम्रो सम्मान र कृतज्ञतालाई पनि पाउने लायक छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले एउटा विश्वासीको बारेमा के भन्छ जो सैन्य सेवामा कार्यरत् छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries