settings icon
share icon
प्रश्न

उत्पत्तिमा मानिसहरुले लामो समय सम्म जीवन यापन किन गरे?

उत्तर


यो केहि सीमा सम्म एक रहस्य जस्तै छ कि किन उत्पत्तिको शुरुवात अध्यायहरुमा मानिसहरुले यती लामो जीवन यापन गरे। बाइबलको धेरै विद्धान यस विषयको बारेमा धेरै सिद्धांतहरुलाई ल्याए। उत्पत्ति 5 मा वर्णित वंशावली आदमको धर्मी सन्तानहरुको वंशावलीको सूचीको वर्णन दिदछ– यस्तो सूची जुन कि अन्तमा ख्रीष्टलाई उत्पन्न गर्नेछ। परमेश्वरले संभवत: यस सूचीलाई विशेष रूप देखि लामो समय सम्म जीवित रहनको लागि उहाँको धार्मिक र आज्ञाकारिता देखि भरिएको जीवनको कारणले नै आशिषित ठहराइए। जब कि यो एक संभव स्पष्टीकरण हो, बाइबलमा कही पनि उत्पत्ति अध्याय 5 मा वर्णित व्यक्तिहरुको लामो जीवनकाललाई सीमित गर्दैन। यसको अतिरिक्त, हनोकलाई छोडी, उत्पत्ति 5 मा कुनै पनि अन्य व्यक्तिलाई विशेष रूपबाट धर्मीको रुपमा पहिचान गर्दैन। संभावना यो छ कि त्यस समयको कालमा हरेक कोहि सय वर्ष सम्म जीवित रहे। यसको लागि अनेक करकहरुको योगदान रहेको हुनुपर्छ।

उत्पत्ति 1:6-7 मा अन्तरको माथि जललाई उल्लेख गर्दछ, जलको एउटा मण्डप जसले पृथ्वीको चारै तर्फ घेरेको थियो। जलको यस किसिमको मण्डपले ग्रीनहाऊस गैसहरुको प्रभाव अर्थात् गर्मी ऊर्जालाई उत्पन्न गर्यो होला र अधिकांश विकिरणहरुलाई रोकको हुनुपर्छ जुन चाहिँ अहिलेको समयमा अब पृथ्वीमा सिधै आइपर्छ। परिणामस्वरूप यसले आदर्श जीवन यापन परिस्थितिहरुको निर्माण गरेको हुनुपर्छ। उत्पत्ति 7:11 ले संकेत दिदछ कि बाढीको समयमा, पानीको मण्डप पृथ्वीको माथि उंड़ेल दिइएको, परिणामस्वरूप आदर्श जीवन यापन परिस्थितिहरु समाप्त भयो। बाढीको पूर्व जीवनकाल (उत्पत्ति 5:1-32) को तुलना बाढीको पछिको जीवनसँग गरे। बाढीको तुरन्त पश्चात्, उमेर नाटकीय तरीकाले कम हुन थाल्यो।

अर्को विचारयोग्य कुरा यो हो कि सृष्टिको निर्माण पश्चात् पछिको केहि पीढीहरुमा, मानवीय आनुवंशिक कोडमा केहि दोष विकसित भयो। आदम र हव्वालाई पूर्ण सिद्ध बनिएको थियो। उनीहरु निश्चित रूप देखि उच्च स्तरमा बिमारी र रोगहरुको प्रति प्रतिरोधी थिए। हुन सक्छ कि उनहरुको सन्तानहरुमा यी लाभहरुलाई धरोहरमा, यद्यपि केहि कम स्तरमा पाउन सक्छ, समयको साथमा, पापको परिणाम स्वरूप मानवीय आनुवंशिक कोड तेजीसँग भ्रष्ट हुँदै गयो, र मृत्यु र बिमारीको प्रति अति संवेदनशील हुँदै गयो। यही नै तेजीसँग जीवन यापनलाई पनि कम गर्ने परिणाम बन्यो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

उत्पत्तिमा मानिसहरुले लामो समय सम्म जीवन यापन किन गरे?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries