प्रश्न
के अनन्त सुरक्षा पापको लागि एउटा अनुमति पत्र हो त?
उत्तर
अनन्त सुरक्षाप्रति बारम्बार भइरहने प्रतिरोध चाहिँ त्यो हो कि यसले अनुमानित रुपमा मानिसहरुलाई तिनीहरुले चाहे अनुरुप जुनै पनि तरीकामा जिउन दिदछ अनि अझै पनि बचाइएकै हुँदछ। यद्यपि यो “प्राविधिक” रुपमा साँचो हुन सक्ला, तर यो वास्तविकतामा साँचो भने होइन। येशू ख्रीष्टद्वारा साँच्चै छुटकारा गरिएको कुनै व्यक्ति निरन्तर र जानीजानी गरिने पापद्वारा चरित्रको जीवन जिउदैन। एउटा ख्रीष्टियन कसरी जिउनुपर्दछ र उद्धार प्राप्त गर्नको लागि उसले के गर्नुपर्दछ भन्ने कुराको बीचको भिन्नतालाई हामीले छुट्टयाउनै पर्दछ।
बाइबलले स्पष्ट भन्दछ छ कि उद्धार अनुग्रहद्वारा मात्र, विश्वासद्वारा मात्र, येशू ख्रीष्टमा हुँदछ (यूहन्ना ३:१६; एफिसी २:८-९; यूहन्ना १४:६)। कुनै व्यक्तिले येशू ख्रीष्टलाई साँचोरुपमा विश्वास गरेकै क्षणमा, त्यसलाई उद्धार र सुरक्षा दिनेछ। विश्वासद्वारा उद्धार पाउन सकिन्न, तर त्यसपछि कामहरुद्वारा कायम राखनुपर्दछ। पावल प्रेरितले गलाती ३:३ मा यस विषयलाई सम्बोधन गरेका छन्, जहाँ तिनले यसरी सोध्छन्, “के तिमीहरु यति मूर्ख छौ, कि आत्मामा शुरु गरेर शरीरमा शेष गर्दैछौ?” यदि हामी विश्वासद्वारा बचाइएका छौँ भने, हाम्रो उद्धार पनि विश्वासद्वारै कायम र सुरक्षित राख्न सकिन्छ। हामीले आफै आफ्नो उद्धार प्राप्त गर्न सक्दैनौँ। त्यसकारण, नता हामीले हाम्रो उद्धारलाई कायम नै राख्न सक्दछौँ। हाम्रा उद्धारलाई कायम राख्ने त परमेश्वर नै हुनुहुन्छ (यहूदा २४)। परमेश्वरको हातले नै हामीलाई उहाँको अंगालोमा बलियो गरी थाम्दछ (यूहन्ना १०:२८-२९)। परमेश्वरको प्रेमले नै हामीलाई कुनै कुराबाट अलग गर्न सक्दैन (रोमी ८:३८-३९)।
अनन्त सुरक्षाको कुनै पनि इन्कार, यसको सारमा, यो विश्वास गर्नु हो कि हामीले आफ्नो उद्धारलाई असल कार्यहरुमा, र कोशिशहरुद्वारा कायम राख्नु पर्दछ। यो चाहिँ अनुग्रहबाटको उद्धारको लागि पूर्णरुपले विपरित कुरो हो। हामीलाई ख्रीष्टका योग्यताहरुको कारण बचाइएका हौँ, हाम्रा आफ्नै योग्यताहरुको कारण होइन (रोमी ४:३-८)। हाम्रो उद्धारलाई कायम राख्नको लागि हामीले परमेश्वरको वचन पालन गर्नपर्छ अथवा भक्तिपूर्ण जीवन जिउनै पर्छ भनेर दावी गर्नु चाहिँ हाम्रा पापहरुको दण्डको मोल तिर्नलाई येशूको मृत्यु पर्याप्त थिएन भनेर भनेको जस्तै नै हो। येशूको मृत्युचाहिँ हाम्रा— विगत, वर्तमान, र भविष्यका, उद्धारअघि र उद्धारपछिका सबै पापहरुको मोल तिर्नलाई पूर्णरुपले पर्याप्त थियो (रोमी ५:८; १कोरिन्थी १५:३; २कोरिन्थी ५:२१)।
के यसको अर्थचाहिँ कुनै ख्रीष्टियनले उसले चाहेअनुरुपको जीवन जिउन सक्दछ अनि अझै पनि बचाइएकै हुन्छ भन्ने हो? योचाहिँ मुख्यरुपमा परिकल्पित प्रश्न हो, किनभने बाइबलले यस कुरालाई स्पष्ट पारेको छ कि एउटा साँचो ख्रीष्टियनले उसले “आफूले चाहेजस्तो” जीवन जिउनेछैन। ख्रीष्टियनहरु नयाँ सृष्टि हुन् (२कोरिन्थी ५:१७)। ख्रीष्टियनहरुले आत्माको फलको प्रदर्शन गर्दछ (गलाती ५:२२-२३), शरीरको कार्य होइन (गलाती ५:१९-२१)। पहिलो यूहन्ना ३:६-९ ले स्पष्ट उल्लेख गर्दछ कि एउटा साँचो ख्रीष्टियनले निरन्तर पापमै जिउने छैन। अनुग्रहले पापलाई बढोत्तरी गर्छ भन्ने अभियोगको प्रतिउत्तरमा पावल प्रेरितले यसरी घोषण गरे, “अब हामी के भनौं? के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागि रहौं त? त्यसो नहोस्! हामी जो पापको लेखि मर्यौं, त कसरी हामी अझै त्यसैमा जिउनु” (रोमी ६:१-२)?
अनन्त सुरक्षा पापको लागि एउटा अनुमति पत्र होइन। बरु, यो त ख्रीष्टमा विश्वास गर्नेहरुका लागि परमेश्वरको प्रेमको प्रत्यानुभूति गरिएको छ भन्ने ज्ञानको सुरक्षा हो। परमेश्वरको उद्धाररुपी विशाल वरदानलाई जान्नु र बुझिनुले पापको लागि अनुमति पत्र दिने कुराको ठीक उल्टो कुरोलाई पूरा गर्दछ। हाम्रो लागि येशू ख्रीष्टले तिरिदिनु भएको मोललाई जान्दाजान्दै कसरी कसैले पापमा जीवन बिताउन सक्दछ (रोमी ६:१५-२३)? विश्वास गर्नेहरुका लागि परमेश्वरको शर्तहीन र ग्यारेन्टि गरिएको प्रेमलाई बुझ्ने जो कोहीले पनि कसरी त्यस प्रेमलाई उल्टै परमेश्वरको मुहारमा फ्याँक्न सक्छ? त्यस्ता व्यक्तिले त पापको लागि त्यसलाई दिइएको अनन्त सुरक्षालाई प्रदर्शन गरिरहेको हुँदैन, बरु त्यसले त येशू ख्रीष्टद्वारा दिएको उद्धारलाई साँचो रुपमा अनुभव गरेको हुँदैन। “उहाँमा रहने कसैले पाप गरिरहँदैन। पाप गरिरहने कसैले उहाँलाई नता देखेको छ न चिनेको नै छ” (१यूहन्ना ३:६)।
English
के अनन्त सुरक्षा पापको लागि एउटा अनुमति पत्र हो त?