settings icon
share icon
प्रश्न

बाइबलले मुद्दा/कसैको माथि मुद्दा दर्ज गर्नेको बारेमा के भन्छ?

उत्तर


प्रेरित पावलले कोरिन्थीको विश्वासीहरुलाई निर्देश दिएका थिए कि उनीहरु मुद्दाबाजीको लागि एक अर्काको विरूद्ध अदालतमा न जानु (1 कोरिन्थी 6:1-8)। किनकी यदि विश्वासी एक अर्कालाई क्षमा नगरि र स्वयं आफ्नो मतभेदहरुलाई समाधान गरेनन भने तब उनीहरु आत्मिक पराजयको प्रदर्शन गरि रहेका हुने छन्। किन कोहि ख्रीष्टियन बनोस यदि विश्वासीहरुसँग पनि ठीक त्यस्तै नै समस्याहरु हुन्छ र उनीहरु पनि त्यसलाई समाधान गर्नुमा असमर्थ हुन्छन? तर फेरी पनि, कुनै यस्तो घटनाहरु छन जुन कसैमाथि मुद्दा दर्ज गर्न नै उचित घटनाक्रम हुन्छ। यदि बाइबल आधारित मेल मिलापको नमूनाको अनुसरण गर्यो भने (मत्ती 18:15-17) र ठेस लाग्ने खालका समूह अझै पनि गलत छन, तब केहि घटनाहरुमा मुद्दा दर्ज गर्न नै न्यायसंगत हुन्छ। यस्तो केवल धेरै अधिक प्रार्थना पछि बुद्धिमानीको साथ् (याकूब 1:5) र आत्मिक अगुवाहरुसँग परामर्श गरे पछि मात्र गर्नु पर्छ।

1 कोरिन्थी 6:1-6 को पूरा संदर्भले मण्डलीको विवादहरुको समाधान गर्दछ, तर पावलले यहाँ निर न्याय प्रक्रियालाई उल्लेख गरेका छैनन, जब उनि यस जीवनसँग सम्बन्धित कुराहरुको न्यायको बारेमा बोल्दछन। पावलको भनाइ को अर्थ यो हो कि न्यायको प्रक्रिया यस जीवनको विषयहरुको लागि अस्तित्वमा हुनु हो जो कि मण्डलीको बाहिरको विषय हो। मण्डलीको समस्याहरुलाई न्याय प्रक्रियामा लिएर जानु हुदैन तर यसलाई मण्डली भित्र नै न्याय गरिनु पर्दछ।

प्रेरित अध्याय 21-22 मा पावलले यो कुरा गर्दछन कि उनलाई पक्रियो र उनिमाथि यस्तो अपराधको लागि गलत दोष लगाएको छ जुन उनले गरेका थिएनन। रोमीले उनलाई पक्रियो र "तब सेनापतिले सिपाहीहरूलाई भने, ‘पावललाई सैन्य भवनमा लैजाऊ, उनले सिपाहीहरूलाई कुटपीट गरेर तिनलाई जाँच गर्ने आदेश दिए। यसो गर्दा कतै मानिसहरू किन यसरी तिनको विरोधमा कराईरहेछन् जान्न सकिने तिनी आशा गर्दैं थिए। यसैले कुटपीट गर्न सिपाहीहरूले पावललाई बाँध्दै थिए। तर पावलले त्यहाँ उभिरहेको सेना अधिकारीलाई भने, ‘के एक रोमी नागरीकलाई जो दोषी हो भन्ने प्रमाण नै नभई, तिम्रो कोर्रा लगाउने अधिकार छ?’" (22:24-25)। पावलले रोमीहरुको कानून र आफ्नो नागरिकतालाई स्वयंको सुरक्षाको लागि उपयोग गरे। अदालतको प्रक्रियालाई उपयोग गर्नुमा केहि पनि गलत तब सम्म हुन्न, जब सम्म यसलाई सही उद्देश्य र शुद्ध मनले गरिन्छ।

पावलले अगाडी धोषणा गर्दछन, "एका अर्कोको विरुद्धमा मामला लाउनु नै तिमीहरूको हार हो। बरू अन्याय किन नसहनु? बरू किन आफैँ ठगिदैनौ" (1 कोरिन्थी 6:7)। जुन कुराको पावललाई यहाँ चिन्ता छ, त्यो विश्वासीहरुको गवाही हो। यो हाम्रो लागि राम्रो होइन कि हामीले हानिलाई सहन गरौँ, यहाँ सम्म कि दुरूपयोग पनि, यसको अपेक्षा कि कुनै एउटा पुरूष/स्त्रीलाई अदालतमा जानद्वारा ख्रीष्टबाट टाढा गरि दिन्छ। अधिक महत्वपूर्ण के छ– एउटा कानूनी लड़ाई वा एउटा व्यक्तिको अनन्तकालको लागि प्राणको लड़ाई?

संक्षेपमा, के ख्रीष्टियन विश्वासीहरुलाई एक अर्कालाई मण्डलीको विषयहरुलाई लिएर अदालतमा जानु पर्छ? एकदम नै होइन! के ख्रीष्टियन विश्वासीहरुलाई एक अर्कालाई नागरिक विषयहरुको कारण अदालतमा जानु पर्छ? यदि कुनै पनि किसिमले यस्तो गर्नु बाट जोगियो भने, तब होइन। के ख्रीष्टियन विश्वासीहरुलाई अन्य जातिहरुलाई नागरिक विषयहरुको कारण अदालतमा लिएर जानु पर्छ? एक पटक फेरी, यदि कुनै पनि तरिकाले यस्तो गर्न बाट जोगियो भने, तब होइन। तर फेरी पनि, कुनै घटनाहरुमा, जस्तै कि हाम्रो अधिकारहरुको सुरक्षाको लागि (जस्तै प्रेरित पावलको उदाहरणमा पाउदछ), यो उचित हुनेछ कि कानूनी समाधानको सहायता लियौं।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले मुद्दा/कसैको माथि मुद्दा दर्ज गर्नेको बारेमा के भन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries