settings icon
share icon
प्रश्न

मेरो जीवनको निम्ति परमेश्वरको इच्छालाई म कसरी जान्न सक्छु?

उत्तर


परमेश्वरको इच्छा जान्न धेरै महत्वपूर्ण छ। येशूले भन्नु भयो उहाँको साँचो सम्बन्ध ति हुन जो उहाँलाई जन्दछन र पिताको इच्छा पूरा गर्दछन। “किनकी जसले परमेश्वरको इच्छा पालन गर्छ त्यो नै मेरो भाई र मेरी बहिनी र मेरी आमा हुन्” (मर्कूस ३:३५)। दुई छोराको दृष्टान्तमा, येशूले शस्त्रीहरु र पुजरिहरुलाई पिताको इच्छा पूरा नगर्नको कारण हप्काउनु भयो। बिषेशगरी, उनीहरूले “पश्ताप अनी विश्वास गरेन्न” (मत्ति २१:३२)। सबैभन्दा आधारपूर्ण कुरा, परमेश्वरको इच्छा यही हो कि हामी हाम्रो पापकोलगी पश्ताप गरौँ र येशू ख्रीष्टमा विश्वास गरौँ। यदि हामीले यो पहिलो कदम उठाएको छैनौ भने, अहिलेसम्म हामीले परमेश्वरको इच्छालाई स्वीकार गरेको छैनौ।

एक पटक ख्रीष्टलाई विश्वासद्वारा ग्रहण गरिसके पछी, हामी हरु उहाँको सन्तान हौँ (यूहन्ना १:१२), उहाँले अफ्नो इच्छा अनुसार उहाँ मार्गमा निर्देशन गर्न चाहानुहुन्छ (भजनसंग्रह १४३:१०)। परमेश्वरले आफ्नो इच्छा हामीसँग लुकाउने कोशिश गर्नु हुन्न; उहाँले प्रकट गर्न चाहनुहुन्छ। वास्तवमा उहाँले आफ्नो वचनद्वारा हामीहरू लाई धेरै, धेरै निर्देशनहरु दिसक्नुभएको छ। “सबै परिस्थितिमा धन्यवाद देओ, किनकी ख्रीष्ट येशूमा तिमीहरूकालगी परमेशवरको इच्छा यही हो” (१ थेसलोनिकी ५:१८)। तिमीहरू असल कामहरू गर्नको निम्ति हौ (१ पत्रुस २:१५)। र “किनकी परमेश्वरको इच्छा जो तिमीहरुको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरु वहविचारबाट अलग बस” (१ थेसलोनिकी ४:३)।

परमेश्वरको इच्छा जान्न र प्रमाणित योग्य छ। रोमी १२:२ ले भान्दछ “यस संसार को ढाँचामा नचल, तर आफ्नो मनमा नया भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य, र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।” यो खण्डले हामीलाई महत्वपूर्ण क्रम दिदछ: परमेशवरको सन्तानले आफुलाई संसारको हुनबाट इन्कार गर्द्छा र त्यसो साट्टोमा आफुलाई परिवर्तन गर्न अनुमति दिद्छ। जब उसको मन परमेश्वरको कुराहरुको अनुसार नया हुदै जानेछ, तब उसले परमेश्वरको सिद्ध इच्छा जान्नेछ।

जब हामी परमेश्वरको इच्छा खोजी गर्दछौँ, त्यसैले हामीहरुलाई सुनिश्चित हुनु पर्नेछ कि बाइबल द्वारा निषेध गरिएको कुराहरुमा हाम्रो ध्यान गई रहेको त छैन। उदाहरणको लागि, बाइबलले चोरी गर्न निषेध गर्दछ; जबकि परमेश्वरले यस मुद्दाको बारे स्पष्ट बोल्नु भएको छ, हामी जान्दछौँ कि होइन उहाँको इच्छा हाम्रो लागि बैंक लुटने- हामीहरुले यसको निम्ति प्रार्थना पनि गर्नु पर्दैन। साथै, हामी सधैं तिनीहरूले परमेश्वरको महिमा लागि कुन कुराहरूमा ध्यान केन्द्रित गर्नु पर्ने भनेर सुनिश्चित हुनुपर्दछ, र हामी र अरूलाई आध्यात्मिक बढ्न मदत गर्नेछ।

कहिलेकाहीं धैर्य चाहिन्छ किनभने परमेश्वरको इच्छा जान्न गाह्रो हुन सक्छ। एकै समयमा, परमेश्वरको इच्छा जान्न चाहने प्राकृतिक हो, तर सामान्यतया यस्तो हुँदैन। उहाँले हामीलाई एकपटकमा एक कदम प्रकट गर्नु हुन्छ— हरेक कदम विश्वासद्वारा— उहाँमा निरन्तर भरोसा गरि रहुँ। महत्वपूर्ण कुरू यो हो कि, जब हामीहरुले अगिको निर्देशनको प्रतिक्षा गर्दछौँ, हामीहरु असल काम गर्नमा व्यस्त हुन्छौँ जुन हामी जान्दछौँ कि यो काम गर्नु पर्नेछ (याकूब ४:१७)।

अक्सर, हामी चाहनछौ कि परमेश्वरले हामीलाई विशेष निर्देशन दिनुभएको— कहाँ काम गर्ने, कहाँ बसने, कसलाई विवाह गर्न, कुन कार किन्ने, आदि। परमेश्वर, हामीलाई छनौटहरू गर्न अनुमति दिनु हुन्छ, र, यदि हामी उहाँको अधिनमा रहौ भने, उहाँले हाम्रो गलत विकल्पलाई रोक्नु हुनेछ (हेर्नुहोस् प्रेरित १६:६-७)।

जति धेरै हामी एउटा व्यक्तिलाई राम्रोसँग चिन्दै जान्दछौँ, उति नै धेरै हामी उनीहरुको इच्छाहरुसँग परिचित हुँदै जान्छौ। उदाहरण को लागि,एउटा बालक व्यस्त सडकको अर्को पट्टि रहेको बल देख्दछ जुन ऊ भएको ठाउँमा आइ झर्छ, तर ऊ त्यसको पछि दौडिदैन, किनकि उसलाई थाहा छ कि “मेरो बाबा यसो गरेको चाहनुहुन्न।” यो अवस्थाको लागि उसले बुवासँग सल्लाह लिनु आवश्य थिएन; उसलाई थाहा थियो कि उसको बुवाले के भन्नु हुनथियो किनकी ऊ आफ्नो बुवालाई जान्दछ। यस्तै नै हाम्रो र परमेश्वर सम्बन्धको सत्य हो। जसै हामी परमेश्वरसँग हिड्छौँ, उहाँको वचनको पालन गर्दे र आत्मामा निर्भर गर्दे, हामीलाई थाहा छ कि हामीमा ख्रीष्टको मन छ (१ कोरिन्थी२:१६)। हामी उहाँलाई जान्दछौँ, अनि त्यसले हामीलाई उहाँको इच्छा जान्नलाई सहायता गर्दछ। हामीले परमेश्वरको डोऱ्याइ सजिलै पाउन सक्छौँ। “निर्दोषहरुको धार्मिकताले तिनीहरुको बाटो सोझो हुन्छ, तर दुष्टहरुको आफ्नै दुष्टताले गर्दा तिनीहरु होच्याइन्छन्” (हितोपदेश११:५)।

यदि हामी परमेश्वरसँग निजिक भएर हिड्छौ र हाम्रो जीवनको लागि उहाँको इच्छा चाहन्छौँ, परमेश्वरले उहाँको इच्छा हाम्रो हृदयहरुमा राखिदिनु हुन्छ। प्रमुख कुरा चाहिँ परमेश्वरको इच्छा चाहानु हो, हाम्रो आफ्नो होइन। “परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ” (भजनसंग्रह ३७:४)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मेरो जीवनको निम्ति परमेश्वरको इच्छालाई म कसरी जान्न सक्छु?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries