प्रश्न
म मरे पछि स्वर्ग जाने कुराको निश्चय म कसरी हुन सक्छु?
उत्तर
के तपाइलाई निश्चित थाहा छ कि तपाईंसँग अन्नत जीवन छ र तपाईंको मृत्युपछि तपाईं स्वर्ग जानुहुन्छ ? परमेश्वर चाहनुहुन्छ कि तपाईं निश्चित हुनुहोस्! धर्मशास्त्रले भन्दछ: “तिमीहरूले अनन्त जीवन पएका छौँ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु ” (१ यूहन्ना ५:१३)। मान्नुहोस् कि तपाईं अहिले परमेश्वरको अघि खडा हुनुहुन्छ र उहाँले सोध्नुभयो, “ म तिमीलाई किन स्वर्ग जान दिऊँ?” तपाइलाई थाहा नहुन सक्छ? तपाईंले यो जान्नु आवश्यक छ कि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो निम्ति एउटा बाटो दिनुभएको छ जसको कारण हामी निश्चय हुन सक्छौँ कि हामी सदाको निम्ति कहाँ रहनेछौँ। धर्मशास्त्रले यसलाई यसरी पनि भन्दछ: “किनभने पऱमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँ माथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)।
शुरूमा हामीले हामीलाई स्वर्गबाट टाढा राख्ने समस्याको बारेमा बुझ्नुपर्छ। समस्या यो हो - हाम्रो पापमय स्वभाव ले गर्दा हामी परमेश्वरसँगको सम्बन्धबाट टाढा छौँ। हामी सबै जना हाम्रो स्वभाव र विकल्पले नै पापी छौँ। “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमा सम्म पुग्नबाट चुकेका छन्” (रोमी ३:२३)। हामी आफुलाई बचाउन सक्दैनौ। “किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौँ - र यो तिमीहरू आफैबाट होइन, नत्रता मानिसले घमण्ड गर्नेछ” (एफिसी २:८-९)। हामी मृत्यु र नरकको योग्य छौँ। “किनकि पापको ज्याला मृत्यु हो” (रोमी ६:२३)।
परमेश्वर पवित्र हुनुहुन्छ र पापलाई सजाय दिनुपर्छ, अझै पनि उहाँ हामी लाई प्रेम गर्नुहुन्छ र हाम्रो पापको दाम पनि दिईसक्नु भएको छ। येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सकदैन” (यूहन्ना १४:६)। येशू हाम्रो निम्ति क्रूसमा मर्नुभयो: “किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नभयो” (१ पत्रुस ३:१८)। येशू मृत्युबाट बौरी उठ्नुभयो: “उहाँ हाम्रो अपराधहरूका निम्ति मारिनुभयो, र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो” (रोमी ४:२५)।
अब फेरी मूल प्रश्न – “म मरे पछि स्वर्ग जाने कुराको निश्चय म कसरी हुन सक्छु?” उत्तर यो हो – प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईंले उद्धार पाउनुहुनेछ (प्रेरित १६:३१)। “तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनिहोरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो” (यूहन्ना १:१२)। तपाईंले अनन्त जीवन एउटा सित्तैँको उपहार स्वरूप प्राप्त गर्नुहुनेछ । “ परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो” (रोमी ६:२३)। तपाईंले अहिलेबाट नै पूर्ण र अर्थपूर्ण जीवन बिताउँन सक्नुहुन्छ। येशूले भन्नुभयो: ”म त तिनीहरूले जीवन पाऊन, र त्यो प्रशस्त मात्रामा पाऊन भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०)। तपाईं अन्नतकाल येशूसँग स्वर्गमा बिताउँन सक्नुहुन्छ, उहाँले प्रतिज्ञा गर्नुभएको छ: “अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौँ” (यूहन्ना १४:३)।
यदि तपाईंले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी स्वीकार गर्न र परमेश्वरबाट आफ्नो पापको क्षमा चाहनुहुन्छ भने, यो सरल प्रार्थना तपाईंले गर्न सक्नुहुन्छ। यो प्रार्थना गर्नाले वा अरू कुनै प्रार्थनाले तपाईंलाई बचाउन सक्दैन। येशू ख्रीष्टलाई विश्वास गरेर मात्र पापहरूको क्षमा पाइन्छ। यो प्रार्थना केवल तपाईंको विश्वासलाई प्रभुमा व्यक्त गर्न र तपाईंलाई क्षमा दिनुभएकोमा धन्यवाद चढाउनु हो। “प्रभु, म जान्दछु कि मैले तपाईंको विरूद्धमा पाप गरेको छु, र सजाय पाउने योग्यको छु। तर येशू ख्रीष्टले त्यो सजाय भोग्नुभयो जसको म योग्य थिए, ताकि उहाँमा विश्वास गरेर मेरो क्षमा हुन सकोस्। मुक्तिको लागि म मेरो भरोसा तपाईंमा राख्दछु। तपाईंको अचम्मको अनुग्रह र क्षमादानको निम्ति तपाईंलाई धन्यवाद! आमिन!”
के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।
English
म मरे पछि स्वर्ग जाने कुराको निश्चय म कसरी हुन सक्छु?