settings icon
share icon
प्रश्न

यसको के अर्थ हो कि मानिस परमेश्वरको स्वरूपमा सृष्टि भएको छ (उत्पत्ति 1:26-27)?

उत्तर


सृष्टिको अन्तिम दिन परमेश्वरले भान्नु भयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरुप बनाऔं” (उत्पत्ति 1:26)। यस प्रकारले, उहले आफ्नो कार्यलाई एक "व्यक्तिगत स्पर्श" को साथ समाप्त गर्नु भयो। परमेश्वरले मानिसको रचना माटोको धूलोले गर्नुभयो र साथमा आफ्नो सासलाई साझा गर्दे जीवन दिनुभएको (उत्पत्ति 2:7)। यस कारण, मानिस परमेश्वरको सारा सृष्टिमा, दुवै अर्थात् एक भौतिक शरीर र एक अभौतिक प्राण/आत्माको साथमा अमूर्त छ। परमेश्वरको "स्वरूप" वा "समानता” हुनुको अर्थ, सामान्य शब्दमा यो हो कि, हामी परमेश्वर जस्तै बनाइएक छौ। आदम परमेश्वरको जस्तै यस कारण थिएन किनकी उनी मासु र रगत बाट बनिएका थिए। पवित्र शास्त्रले भन्छ कि "ईश्वर आत्मा हो" (यूहन्ना 4:24) र त्यसैले उहाँ बिना शरीर अस्तित्वमा हुनुहुन्छ। ता पनि आदमको शरीर परमेश्वरको जीवनको दर्पण थियो किनकि उनी पूर्ण स्वास्थ्यमा सृष्टि गरिएको थियो र मृत्युको अधीनमा थिएन।

परमेश्वरको स्वरूपको संकेत मनिसको अभौतिक भागको तर्फ छ। यो मानिसलाई पशुहरुको संसारदेखि अलग गरिदिन्छ, त्यस राज्यको लागि सही ठहराइएको छ जसरी परमेश्वरले उसलाई पृथ्वीको माथि राज्य गर्नको लागि दिनु भएको थियो (उत्पत्ति 1:28), र उनी सृष्टिकर्ताको साथ वार्तालाप गर्न लागि सक्षम बनिएको थिए। यो मानसिक, नैतिक, र सामाजिक रूपले समान छ।

मानसिक रूपमा, मानिसलाई एक तर्क संगत, स्वयंको इच्छा शक्तिको प्रतिनिधिको रूपमा बनाइएको थियो। दोस्रो शब्दमा, मानिसले तर्क गर्न सक्छ र मानिसले चुनाव पनि गर्न सक्छ। यो परमेश्वरको बुद्धि र स्वतंत्रताको एक प्रतिबिम्ब हो। कहिले पनि कोहिले पनि एक साथी खोजी गर्न सक्छ, एक पुस्तक लेख्न, एक चित्रको की चित्रकारी गर्नसक्छ, सुरको आनंद लिन सक्छ, एक योगफललाई जोड़न सक्छ वा एउटा पालतु जनावरलाई नाम दिन सक्छ, उनीहरु यस सत्यताको घोषणा गर्न सक्छन कि हामीलाई परमेश्वरको स्वरूपमा रचना गरिएको छ।

नैतिक रूपमा, मानिसको रचना धार्मिकता र पूर्ण निर्दोषताको साथ, परमेश्वरको पवित्रताको प्रतिबिम्बको रूपमा गरिएको थियो। परमेश्वरले जे पनि सृष्टि गर्नु भयो (जसमा मानिस सम्मिलित छन) र उहाँले "साह्रै राम्रो" भनि भन्नुभयो (उत्पत्ति 1:31)। हाम्रो विवेक वा "नैतिक दिशा-निर्देशक" यस्तै वास्तविक स्थितिको अवशेष हो। जब पनि कोहि एउटाले व्यवस्थालाई लेख्दछ, खबरलाई अलग गरि लेख्द छ, असल व्यवहारको प्रशंसा गर्दछ, वा दोष महसूस गर्दछ, तब यस सत्यताको पुष्टि हुँदछ कि हामी परमेश्वरको अफ्नो स्वरूपमा निर्मित गरिएका हौ।

सामाजिक रूपमा, मनिसलाई संगतिको लागि बनिएको थियो। यसले परमेश्वरको त्रिएक स्वभाव र उहाँको प्रेमलाई दर्शाउदछ। अदनको बगैचामा, मानिसको परमेश्वरको साथमा प्राथमिक संगति (उत्पत्ति 3:8 परमेश्वरको साथ संगतिको अर्थलाई दिन्छ), र परमेश्वरले पहिलो स्त्रीलाई त्यसकारण सृष्टि गर्नु भयो कि "आदमको एक्लै रहन असल थिएन" (उत्पत्ति 2:18)। जब पनि कोहिले एक अर्कोसँग विवाह गर्दछ, मित्र बनौउ छौ, एउटा बच्चालाई अंगालो लगाऊ छौ, वा मण्डलीको संगतिमा भाग लिन्छौ, तब यसले यो सत्यतालाई प्रदर्शिन गर्छ कि हामी परमेश्वरको समानतामा सृजिएका हौ।

परमेश्वरको स्वरूपमा सृजिनु बाहेक आदमसँग स्वतंत्र चुनाव गर्ने क्षमता थियो। जब उसलाई एउटा धार्मिकताले भरिएको स्वरूप दिइएको थियो, आदमले सृष्टिकर्ताको विरूद्ध विद्रोह गर्नेको लागि एउटा खराब चुनाव गरे। यस्तो गरेको कारण, आदमले आफ्नो भित्र परमेश्वरको स्वरूपलाई धब्बा लागेको बनाइ दिए, र उनले यस क्षतिग्रस्त समानतालाई आफ्नो सारा सन्तानममा स्थानांतरण गरिदिए (रोमी 5:12)। आज, अहिले पनि हामी परमेश्वरको स्वरूपलाई धारण गरी राखेका छौ (याकूब 3:9), तर हामीले अझै पनि पापको धब्बालाई मानसिक, नैतिक, सामाजिक, र शारीरिक रूप बाट लिई राखेका छौ, हामी पापको प्रभावलाई देख्द छौ।

असल समाचार यो हो कि जब परमेश्वरले एउटा व्यक्तिलाई छुटकारा दिनुहुन्छ, तब उहाँले उसमा परमेश्वरको मूल स्वरूपलाई "नयाँ मनुष्यत्वलाई, जो परमेश्वरको अनुरूप सत्यको धार्मिकता र पवित्रता" को रचना गर्दै पुन: स्थापित गर्न आरम्भ गर्नुहुन्छ (एफिसी 4:24)। यो छुटकारा परमेश्वरको अनुग्रहद्वारा केवल येशू ख्रीष्ट हाम्रो उद्धारकर्तामा विश्वास गर्नाले मात्र पाप देखि अलग हुँदै जसले हामीलाई परमेश्वर देखि अलग गर्दछ त्यलाई मिल्छ (एफिसी 2:8-9)। ख्रीष्टद्वारा, हामी परमेश्वरको समानतामा नयाँ सृष्टि बनाइन्छौ (2 कोरन्थी 5:17)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

यसको के अर्थ हो कि मानिस परमेश्वरको स्वरूपमा सृष्टि भएको छ (उत्पत्ति 1:26-27)?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries