settings icon
share icon
प्रश्न

के स्वर्गमा भएको मानिसले तल हेर्न सक्छन र हामीलाई देख्न सक्छन जो अझै पनि पृथ्वीमा छन्?

उत्तर


हिब्रू 12:1 भन्दछ कि, "यस कारण यतिका साक्षीहरुको ठूलो बादलले हामीलाई घेरी राखेको हुनाले...।" केहि मानिस "साक्षीको बादल" को मानिसहरुलाई यस्तो समझद छन् कि स्वर्ग बाट तल हेरिरहेका छन्। यो सही व्याख्या होइन। हिब्रू अध्याय 11 मा धेरै यस्तो मानिसहरुको वर्णन गर्दछ जसलाई परमेश्वरले उनीहरुको विश्वासको कारण सराहना गर्नु भयो, जसले हामीलाई स्वर्ग बाट हेरिरहेका छन्।

यो धारणा कि मानिसहरुले हामीलाई स्वर्ग बाट हामीले के गरिरहेको छौँ भनि हेरी रहेको एउटा लोकप्रिय संस्कृति हो। तर यो मनपर्ने धारणा कि हामीलाई हाम्रो प्रियहरुले हेरि रहेका छन्, हिब्रू 12:1 ले यस्तो भन्दैन। हिब्रू 11 मा, लेखकले केहि वास्तविक पाठहरु चित्रण गरेका छन् (त्यसैले हिब्रू 12 “यसकारण” बाट शुरु हुन्छ)। “साक्षीहरु त्यी व्यक्तिहरु हुन् जसलाई परमेश्वरले उनीहरुको विश्वासको लागि सराहना गर्नु भयो, त्यहाँ स्वर्गमा उनिहरुको एउटा ठूलो भीड छ। प्रश्न चाहिँ यो हो कि उनीहरु कुन प्रकारले “साक्षीहरु हुन्”?

हिब्रूको 12:1 एउटा उचित अनुवाद यो हो कि त्यी मानिसहरु जसले ‘ठुलो साक्षीको बादल’ बनाएका छन् उनीहरु अरु जीवनहरुका लागि विश्वासको साक्षी बनेका छन्। उनीहरुको पुरानो गवाहीको कथाको कारण विश्वासमा चुनिएकोहरुले डरमाथि आशीष पाउने छन्। हिब्रुको 12:1 को शुवातलाई संक्षिप्त व्याख्या गर्दे “हामीसँग थुप्रै प्रयास-र–साचो नमुनाहरु छन जसले विश्वासको प्रमाण दिन्छ.....।” यस्तो होइन कि, स्वर्गमा रहेका मानिसहरुले हामीलाई हेरछन (जस्तै कि उनिहरुसँग गर्नको लागि कुनै काम छैन वा हाम्रो जीवन पृथ्वीमा रमाइलो छ), तर जो हामी भन्दा पहिले गएका छन उनिहरुले हाम्रो लागि एउटा अनन्त नमुना छोडीदिएका छन। उनीहरुको जीवनको लेखले विश्वासको र परमेश्वर र सत्यको साक्षीलाई झ्ल्काउछ।

हिब्रू 12:1 निरन्तर भन्छ, "...आओ, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हार्मो सामुन्ने राखीदिएको दौड धैर्यसाथ दौडौ।" विश्वासीहरुको मेहनत र विश्वासको कारण जो हामी भन्दा पहिले गएका छन्, हामीलाई उहाँको नमूना अनुसरण गर्नुको लागि प्रेरित हुनु पर्छ ।

कोहि मानिसहरुले लूका 16:28 मा भएको त्यो धनि मानिसको भाइहरुलाई उल्लेख गर्छन यस सम्बन्धमा कि छुटिएको आत्माले (पाताल, कम से कम) पृथ्वीको घटना हेर्न सक्छन। जब कि, पदले यो भन्दैन कि त्यो धनि मानिसले आफ्नो भाइहरुलाई देख्न सक्छन; उनलाई थाहा थियो कि उनको भाइहरु छन, र उनलाई यो पनि थाहा थियो कि उनको भाइहरु विश्वासी थिएनन। साथै, केहि मानिसहरु प्रकाश 6:10 लाई प्रमाणको पाठको रुपमा प्रयोग गर्छन: संकटमा परेकाहरुले परमेश्वरलाई उनीहरुको मृत्युको बदला लिन पुकार्ने छन्। फेरी, यो पदले यी मरेकाहरुलाई पृथ्वीमा देखेको बारे कुनै कुरा बताउदैन; यसले यो भन्दछ कि उनीहरु न्यायको योग्य थिए र उनिहरुले इच्छा गरे कि प्रभुले उनीहरु प्रति केहि कदम उठाउनु भएको होस् ।

बाइबलले विशेष रूपमा यो भन्दैन कि मानिसले स्वर्गबाट तल हेर्न सक्दैनौ,त्यसैले हामी यसलाई ठोकुवाको साथ भन्न सक्दैनौ। जबकि, यो संभावना छ कि उनिहरु हेर्न पनि सक्छन। स्वर्गमा भएका मानिसहरु सम्भवत: परमेश्वरको आराधना गर्न र स्वर्गको महिमा लिन व्यस्त हुनेछन।

माथि रहेकाहरुले तल हेरे वा नहेरे तापनि, हामी उनीहरुका लागि दौड दौडी राखेका छैनौ। हामीले उनीहरुको स्वीकृति वा उनीहरुको तालीको आशा राख्दैनौ। हिब्रू 12:2 ले त्यहाँ हाम्रो ध्यान केन्द्रित गर्छ जोसँग यो सम्बन्धित छ: “हाम्रो विश्वास शुरु गर्नु हुने र पुरा गर्नुहुने, येशुलाई हेरौ।” येशू नै हाम्रो धन्य आशा हुनुहुन्छ, अरु होइन (तितस 2:13)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के स्वर्गमा भएको मानिसले तल हेर्न सक्छन र हामीलाई देख्न सक्छन जो अझै पनि पृथ्वीमा छन्?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries