settings icon
share icon
प्रश्न

बाइबलले चंगाईको बारेमा के भन्छ? के ख्रीष्टमा प्रायश्चितमा चंगाई छ?

उत्तर


यशैया 53:5, यस पछि फेरी 1 पत्रुस 2:24 मा उद्धत गरिएको छ, चंगाईको माथि कुँजी वचन हो, तर अक्सर यसलाई गलत बुझिएको छ र गलत उपयोग गरिन्छ। "तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो।" जुन शब्द "चंगाई" अनुवादित भएको छ को अर्थ आत्मिक वा शारीरिक कुनै पनि चंगाई सबम्धित हुनु सक्छ। तर फेरी पनि, यशैया 53 र 1 पत्रुस 2 को पृष्ठभूमीले स्पष्ट गरि दिन्छ कि यसले आत्मिक चंगाईको लागि भनि रहेको छ। "ख्रीष्टले हाम्रा पापहरू आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरेर धार्मिकताको निम्ति अनि जे उचित छ त्यसका निम्ति बाँचौं। उहाँको चोटहरूले तिमीहरू निको पारियौ।" (1 पत्रुस 2:24) यो वचनले पाप र धार्मिकताको कुरा गर्दछ, न कि बिमारी र रोगको। त्यसैले, यी दुई वचनहरुमा "चंगाई" हुनु को अर्थ क्षमा गरिनु र बचाइनुसँग हो, न कि शारीरिक चंगाई सँग हो।

बाइबलले विशेष रूपमा शारीरिक चंगाईलाई आत्मिक चंगाईको साथमा जोडदैन। धेरै पटक मानिस शरीरिक रूपले चङ्गा हुन्छन जब कि उनीहरु ख्रीष्टमा आफ्नो विश्वासलाई राख्द छन्, तर यस्तो सदैव हुदैन। कति पटक परमेश्वरको इच्छा चंगा हुन्छ, तर कति पटक यस्तो होइन। प्रेरित यूहन्नाले हामीलाई यस प्रति एउटा उचित दृष्टिकोण दिन्छ: "अनि हामीमा भरोसा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्, हामी जान्दछौं जब हामी परमेश्वरसँग केही विन्ती गर्छौं भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ – यसर्थ, हामी जान्दछौं कि, उहाँसँग हामीले जे पनि मागेका छौं – उहाँले हामीलाई दिनुहुन्छ" (1 यूहन्ना 5:14-15)। परमेश्वरले अहिले पनि आश्चार्यकम्रहरुलाई प्रगट गर्नु हुन्छ। परमेश्वरले अहिले पनि मानिसहरुलाई चंगा गर्नु हुन्छ। बिमारीहरु, रोग, दुख र मृत्यु अहिले पनि यस संसारको वास्तविकताहरु हो। जब सम्म प्रभु पुन: फर्की आउनु हुन्न, तब सम्म प्रत्येक व्यक्ति जो आज जीवित छन, उनीहरु मर्ने छन, र उनीहरु मध्य एउटा धेरै ठूलो बहुमत (जसमा ख्रीष्टियन विश्वासी पनि सम्मिलित छन) पनि शरीरिक समस्या (बिमारी, रोग, चोट) को परिणाम बाट मर्ने छन। यो सदैव परमेश्वरको इच्छा होइन कि उहाँले हामीलाई शारीरिक रूपमा चंगा गरुन।

अन्तमा, हाम्रो पूर्ण चंगाईले स्वर्गमा हाम्रो प्रतीक्षा गरि रहेको छ। स्वर्गमा, त्यहाँ निर कुनै पनि किसिमको कष्ट, बिमारी, दुख वा मृत्यु हुने छैन (प्रकाश 21)। हामी सबै यस संसारको हाम्रो शारीरिक परिस्थिति बाट धेरै कम व्यस्त हुने छौँ र हामीले हाम्रो आत्मिक परिस्थितिको बारेमा धेरै चिन्तित हुने आवश्यकता छ (रोमी 12:1-2)। तब हामीले हाम्रो हृदयलाई स्वर्गको तर्फ केन्द्रित गर्नु सक्छौं जहाँ निर हामीलाई अझै धेरै शारीरिक समस्याहरुलाई हटाउने आवश्यकता हुने छैन। प्रकाश 21:4 ले साँचो चंगाईको विवरण दिन्छ जसको लालसा हामी सबैले गर्नु पर्दछ: "परमेश्वरले तिनीहरूको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बितेर गए।"

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले चंगाईको बारेमा के भन्छ? के ख्रीष्टमा प्रायश्चितमा चंगाई छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries