settings icon
share icon
प्रश्न

के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ?

उत्तर


बाइबलले बिशेषगरि जुवा खेल्नु, शर्त लाउनु, वा चिठ्ठा थाप्नुलाई नराम्रो भन्दैन। यद्यपि बाइबलले हामीलाई रूपैयाँ पैसाको मोहबाट टाढा रहने चेतावनी दिन्छ (१ तिमोथी ६:१०; हिब्रू १३:५)। धर्मशास्त्रले हामीलाई “छिटो धनि बन्ने” कुराबाट टाढा बस्नु प्रोत्साहन गर्छ (हितोपदेश १३:११; २३:५; उपदेशक ५:१०)। जुवा खेल्नु निश्चय पनि पैसा प्रतिको मोहमा नै केन्द्रित हुन्छ र छिटो र सहजिलै धनी हुने लोभमा पर्दछ।

जुवा खेल्नुमा के गलत छ? जुवा खेल्नु असहज विषय हो किनभने यदि यो नियन्त्रणमा र कहिलेकाहिँ मात्र खेलिन्छ भने, यो एउटा पैसा खेर फाल्नु हो तर यो अनिवार्य रुपले “खराब” चाहिँ होइन। मानिसहरुले धेरै किसिमका किर्याकलापहरुमा पनि पैसा खेर फाल्छन्। जुवा खेलेर पैसा नष्ट गर्ने वा चलचित्र हेरेर (धेरै उदाहरणमा), अनावश्यक खर्चिलो खानेकुरामा, अथवा बिनाकामको सामानहरु किनेर पैसा खर्च गर्ने बीच धेरै-धेरै भिन्नता भने हुदैनन्। यसै क्षणमा, अन्य थोकमा पनि पैसा खेर फालिन्छ भन्नाले जुवा खेल्नु उचित हो भन्ने हुदैन। रूपैयाँ-पैसा खेर फाल्नु हुदैन। भविष्यको खाँचोको निम्ति अधिक पैसा बचत गरिएको हुनुपर्दछ वा परमेश्वरको कामको निम्ति दिनु पर्दछ, जुवा खेलेर खेर फाल्नु हुदैन।

बाइबलमा जुवा खेल्ने बारे स्पष्टसँग उल्लेख गर्दैन, यसले “भाग्य” वा “मौका” को खेल नै भनेर उल्लेख गर्दछ। जस्तै एउटा उदाहरणको लागि, लेवीको पुस्तकमा बलिको बोका चयन गर्न चिट्ठा हालिएको थियो। विभिन्न कुलहरु माझ जग्गा विभाजन गर्दा यहोशूले चिट्ठा हालेका थिए। नहेम्याहले पनि यरुशलेमको पर्खाल भित्र कसले बसोबास गर्ने वा नगर्ने भन्ने विषयमा चिट्ठा हाले। प्रेरितहरुले पनि यहूदाको पदमा कसलाई नियुक्त गर्ने भन्ने सम्बन्धमा चिट्ठा लगाएका थिए। हितोपदेश १६:३३ पदले भन्दछ “सप्कोमा चिट्ठा त हालिन्छ, तर त्यसको प्रत्येक निर्णय परमप्रभुबाट नै हुन्छ।”

जुवाघरहरु र चिठ्ठाहरुको बारे मा बाइबलले के भन्दछ? जुवाघरहरुले जुवा खेलाडीहरुलाई जति सक्दो पैसा जुवामा लगाउन सबै प्रकारका बजारीय चाल प्रयोग गरेर प्रलोभनमा पार्छन। तिनीहरुले प्रायः कम खर्चको वा सितैको रक्सी दिन्छन्, जसले मानिसहरुलाई मतवालापनको निम्ति प्रोत्साहित गर्दछ र त्यसपछि गलत निर्णयहरु गर्न क्षमता प्रदान गर्दछ। जुवाघरमा भएका हरेक कुराहरु धेरै संख्यामा रकम अशुल्नको निम्ति एकदमै प्रभावित पारिएका हुन्छन् र त्यसले बदलामा केहि पनि दिदैन, केवल क्षणिक र खोक्रो आनन्द मात्र। चिट्ठाले शिक्षा कोष वा सामाजिक कार्यक्रमहरुको कोष संकलनको अभिनय गर्ने कोशिश गर्दछन्। यद्यपि, अध्ययनहरुले देखाउँदछ कि चिट्ठामा सहभागी हुनेहरु प्रायः ति मानिसहरु नै हुन् जसले चिट्ठामा न्यूनतम मात्र पैसा खर्च गर्न सक्छन्। “शीघ्र धनी हुने” प्रलोभन लाई रोक्नु निराशजनकहरुका निम्ति एक अति ठूलो परिक्षा हो। जित्ने मौका कम हुन्छन्, जसले धेरै मानिसहरुका जीवनलाई बर्बादपार्दछ।

के लटरी वा चिट्ठाले परमेश्वरलाई प्रसन्न तुल्याउँ छ? धेरैले दाबी गर्दछन् कि हामी लटरी वा जुवा मण्डलीलाई सहयोग गर्न वा अरुनै असल उद्देश्यको निम्त खेल्छौँ भनि, हो यो एउटा असल अभिप्राय हुन सक्छ, तर वास्तविकता चाहिँ थोरैले मात्र इश्वरीय उद्देश्यको निम्ति जुवा जितेको रकम उपयोग गर्दछन्। अध्ययनले देखाउँदछ कि धेरै चिट्ठा विजेताहरु पहिले भन्दा बाजीको रकम जितिसके पछि आर्थिक स्थितिमा अझ नाजुक भएका हुन्छन्। धेरै थोरै, यदि कोहि, मात्र असल कुराको निम्ति साँच्चै रकम दिन्छन्। परमेश्वरलाई उहाँको कामको निम्ति यस संसारमा यस किसिमको रुपैयाँको खाँचो छैन। हितोपदेश १३:११ पदले भन्दछ, “बेईमानिसँग कमाइएको धन घट्दैजान्छ तर अलि-अलि गर्दै जम्मा गरेको धन बढ्दैजान्छ।” परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ र इमान्दार अभिप्रायहरुद्वारा मण्डलीहरुका खाँचो पूरा गर्नुहुन्छ। के परमेश्वर लागू औषद बिचेर कमाएको धनद्वारा अथवा बैंकबाट लुटेको रकमद्वारा सम्मानित हुन सक्नुहुन्छ? कदापि होइन। न त परमेश्वरलाई धनि हुने प्रलोभनमा परेर गरीबहरुबाट “चोरेको” रकमको खाँचो छ न त्यसको चाहना नै गर्नुहुन्छ।

१ तिमोथी ६:१० पदले भन्दछ “किनभने रूपैयाँ-पैसाको मोह नै सबै किसिमका खराबीको जड हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरुका हृदय घोचेका छन्।” हिब्रू १३:५ पदले घोषणा गर्दछ “तिमीहरुका जीवन रूपैयाँ-पैसाको मोहबाट अलग्ग राख। तिमीहरुसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, म तिमीहरुलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरुलाई त्याग्नेछैनँ।” मत्ती ६:२४ पदले दाबी गर्दछ “कसैले दुइ मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटा प्रति भक्ति राख्नेछ र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरुले परमेश्वर र धनको सेवा गर्न सक्दैनौँ।”

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries