settings icon
share icon
प्रश्न

म पवित्र आत्माद्वारा कसरी भरिन सक्छु?

उत्तर


पवित्र आत्माको भरिपूरीलाई बुझ्नको लागि एउटा महत्वपूर्ण पद यूहन्ना १४:१६ हो, जहाँ येशूले प्रतिज्ञा गर्नुभयो कि विश्वासीहरुमा पवित्र आत्मा वास गर्नुहुन्छ र त्यो वास स्थायी रुपमा हुनेछ। पवित्र आत्माको वास गराईलाई र भरिपूरी हुनुलाई स्पष्टसँग छुट्टयाउन महत्वपूर्ण छ। आत्माको स्थायी वास गराई चाहिँ चुनिएका केही विश्वासीहरुका लागि मात्र होइन, तर सबै विश्वासीहरुका लागि हो। यस निष्कर्षलाई समर्थन गर्न धर्मशास्त्रमा थुप्रै सन्दर्भहरु छन्। पहिले, पवित्र आत्माचाहिँ येशूमा कुनै अपवाद बिना सबै विश्वासीहरुलाई दिइएको एउटा वरदान हो, र ख्रीष्ट माथिको विश्वास बाहेक यस वरदान माथि कुनै शर्त राखिएको छैन (यूहन्ना ७:३७-३९)। दोस्रो, पवित्र आत्माचाहिँ उद्धारको क्षणमा नै दिइन्छ (एफिसी १:१३)। गलाती ३:२ ले यसै कुरालाई नै जोड दिदछ आत्माको छाप लगाइने र वास गर्ने कामचाहिँ विश्वास गराईकै क्षणमा हुँदछ। तेस्रो, विश्वासीहरुका पवित्र आत्मा स्थायी रुपमा वास गर्नुहुन्छ। पवित्र आत्माचाहिँ विश्वासीहरुलाई भुक्तानी मा, ख्रीष्ट तिनीहरुको भावी महिमाको प्रभावको रुपमा दिइन्छ (२ कोरिन्थी १:२२; एफिसी ४:३०)।

यो चाहिँ एफिसी ५:१८ मा उल्लेख गरिएको आत्माको भरिपूरीसँग भिन्न छ। हामी पवित्र आत्मामा पूर्णरुपले समर्पित हुनु पर्दछ कि उहाँ हामीमा पूर्णरुपले वास गर्न सकून् र, त्यस अर्थमा, हामीलाई पूर्णरुपले भर्न सकून्। रोमी ८:९ र एफिसी १:१३–१४ ले उल्लेख गर्दछ कि उहाँ हरेक विश्वासीहरुभित्र वास गर्नुहुन्छ, तर उहाँलाई दुःखित तुल्याउन सकिन्छ (एफिसी ४:३०), र हामीभित्रको उहाँको क्रियाकलापलाई निभाउन सकिन्छ (१ थेसलोनिकी ५:१९)। जब हामी यी कुराहरुलाई हुन दिन्छौं, हामीले आत्माको कार्य गराईको पूर्णता र हामीद्वारा अथवा हामीमा उहाँको शक्तिको अनुभव गर्दनौं। आत्माद्वारा भरिनुले हाम्रो जीवनको हरेक भागलाई अधीनमा राख्न, र हामीलाई अगुवाई गर्न र नियन्त्रण गर्नमा उहाँको स्वातन्त्रताको संकेत गर्दछ। त्यसपछि हामीद्वारा उहाँको शक्तिलाई काममा लगाउन सकिन्छ यसकारण हामीले गरेका कामहरु परमेश्वरमा फलदायक हुँदछ। आत्माको भरिपूरी बाहिरी कामहरुमा मात्र लागु हुँदैन; यो हाम्रा कार्यहरुको भित्री विचारहरु र उद्धेश्यहरुमा पनि लागु हुँदछ। भजन संग्रह १९:१४ ले भन्दछ, “हे परमप्रभु, मेरा चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्।”

पवित्र आत्माको भरिपूरीलाई बाधा दिने चाहिँ पाप हो, र परमेश्वरको आज्ञा पालनले आत्माको भरिपूरीलाई कायम राख्दछ। एफिसी ५:१८ ले आज्ञा गर्दछ हामी आत्माद्वारा भरिएको हुनुपर्दछ; यद्यपि, पवित्र आत्माको भरिपूरी हुनको लागि प्रार्थना गर्नु मात्र होइन जसले भरिपूर्णताको कार्यलाई पूर्ण गर्दछ। परमेश्वरको आज्ञाप्रतिको हाम्रो आज्ञाकारीताले मात्र आत्मालाई हामीभित्र कार्य गर्नलाई स्वातन्त्रता दिदछ। किनकी हामी अहिले पनि पापले ग्रस्त छौं, त्यसैले आत्माले हर समय भरिपूर्ण रहन असम्भव छ। जब हामीले पाप गर्छौं, हामीले तुरन्तै परमेश्वरको अघि स्वीकार गर्नु पर्दछ र हामीलाई आत्माद्वारा- भरिपूर्ण हुन् र आत्माद्वारा- डोर्याइनको लागि नयाँ रुपले आफुलाई समर्पण गर्नु पर्दछ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

म पवित्र आत्माद्वारा कसरी भरिन सक्छु?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries