settings icon
share icon
प्रश्न

म कसरी एउटा झूटो शिक्षक/झूटो भविष्यद्वक्ता को पहिचान गर्न सक्छु?

उत्तर


येशूले हामीलाई चेतावनी दिनु हुन्छ "झूटो शिक्षक/झूटो अगमवक्ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएका मानिसहरूलाई भ्रममा पर्ने छन्" (मत्ती 24:23-27; 2 पत्रुस 3:3 लाई पनि हेरौ र यहूदा 17-18)। स्वयंलाई झूटो र झूटो शिक्षकहरुबाट सुरक्षित राख्नुको सबै भन्दा उत्तम तरीका सत्यलाई जान्नु हो। नक्कली कुराको पता लगाउनको लागि, असल कुराको अध्ययन गरौ। कोहि पनि विश्वासी जसले "सत्य शिक्षालाई उचित रूपले उपयोगमा ल्याउदछ" (2 तिमोथी 2:15) र बाइबललाई सावधानीले अध्ययन गर्छन, झूटो धर्मसिद्धान्तहरुको पहिचान गर्न सक्छन। उदाहरणको लागि, एउटा विश्वासी जसले पिता,पुत्र र पवित्र आत्माको कार्यहरुलाई मत्ती 3:16-17 मा पढेका छन्, तुरन्तै कुनै पनि धर्मसिद्धान्तको प्रति प्रश्न गर्ने छन् जसले त्रिएकत्वलाई अस्वीकार गरिदिन्छ। यस कारण,एउटा कदम यो हो कि बाइबलको अध्ययन गर्नु र त्यी सबै शिक्षाहरुको जाँच गर्नु जे पवित्र शास्त्रले भन्छ।

येशुले भन्नु भयो "किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ" (मत्ती 12:33)। जब "फल" देखिन्छ तब तीन विशेष जाँचहरु हुन्छ जसलाई कुनै पनि शिक्षकले यस कुराको निर्धारण गर्नको लागि लागू गर्छन कि यस पुरूष वा स्त्रीको शिक्षा शुद्ध छ वा छैन:

1) यो शिक्षकले येशूको बारेमा के भन्छ? मत्ती 16:15-16मा येशूले सोध्नु भयो, "तिमीहरू चाहिं मलाई को हो भन्छौ?" शिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।," र यस जवाफको लागि पत्रुसलाई "धन्य" भनि बोलाइयो। 2 यूहन्ना 1:9 मा हामी यो पद्छौँ, "एउटा व्यक्तिले ख्रीष्टको शिक्षा मात्र अनुशरण गर्नुपर्छ। यदि व्यक्तिले ख्रीष्टको शिक्षा परिवर्तन गर्छ भने त्यस व्यक्तिसँग परमेश्वर हुनुहुन्न। तर यदि त्यस व्यक्तिले ख्रीष्टको शिक्षा अनुशरण गरिरहन्छ भने उसकोमा पिता अनि पुत्र दुवै हुन्छन्।" द्रोस्रो शब्दमा, येशू ख्रीष्ट र उहाँको छुटकाराको कार्य सर्वोच्च रूपमा महत्वपूर्ण छ; त्यसैले हरेक व्यक्तिसँग सावधान हुनु जसले यो इन्कार गर्छ कि येशू परमेश्वरको बराबर हो, जसले येशूको बलिदानले भरीएको मृत्युलाई तल देखाउछन, वा जसले येशूको मानवतालाई इन्कार गर्छन। पहिलो यूहन्ना 2:22ले भन्छ, "झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि ऊ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ।"

2) के यो शिक्षक सुसमाचारको प्रचार गर्छन? सुसमाचारको परिभाषा यसरी दिएको छ कि यो पवित्र शास्त्र अनुसार येशूको मृत्यु, उहाँलाई गाड़नु र उहाँको बौरी उठ्नेको सम्बन्धमा शुभ सन्देश हो (1 कोरिन्थी 15:1-4)। जति राम्रो यो कथन सुनिन छ "परमेश्वरले तपाईंलाई प्रेम गर्नु हुन्छ," परमेश्वरले हामीबाट यो चाहनु हुन्छ कि हामीले भोकोहरुलाई खाना दिउ," र "परमेश्वरले यो चाहन हुन्छ कि तपाईं सम्पन्न हुनुहोस" तर यो सुसमाचारको पूरा सन्देश होइन। जस्तै कि पावलले गलाती 1:7 मा चेतावनी दिएका छन्, "कुनै अर्को सुसमाचार साँच्चो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्।" कोहि पनि नाई, यहाँ सम्म कि कोहि पनि महान् सुसमाचार प्रचारकलाई यो अधिकार छैन कि उसले त्यस सन्देशलाई जुन परमेश्वरले हामीलाई दिनु भयो, परिवर्तित गरि दिउन। "तिमीहरूले जुन सुसमाचारलाई स्वीकार गरेका छौ, त्यसको विपरीत अरु कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस।" (गलाती 1:9)।

3) के यो शिक्षकले यस्तो चरित्रिक गुणहरुलाई प्रदर्शित गर्छ जसले प्रभुलाई महिमा दिन्छ? झूटो शिक्षकहरुको बारेमा भन्दै गर्दा, यहूदा 11 ले भन्छ, " 1 यो तिनीहरूका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरूले कयिन हिँडेको मार्ग अनुशरण गरेका छन्। धन कमाउन तिनीहरू बालाम हिँडेको बाटोमा हिंडिरहेका छन्। तिनीहरू परमेश्वरको विरोधमा कोरह झैं लड़छन्। यसर्थ कोरह झैं तिनीहरू पनि सड्नेछन्।" अर्को शब्दोंमा, एउटा झूटो शिक्षकलाई उसको घमण्ड (कयिन द्वारा परमेश्वरको योजनालाई इन्कार गरिदिनु), लोभ (बालामको पैसेको लागि भविष्यद्वाणी गर्नु), र विद्रोह (कोरहको मूसाको सट्टो स्वयंलाई बढ़ावा दिनु) ले पहिचाना गर्न सकिन्छ। येशूले भन्नु भयो यस्तो मानिससँग सावधान रहनु र हामीले उनीहरुलाई उनीहरुको फलहरु द्वारा पहिचान गर्नेछ (मत्ती 7:15-20)।

र आगदिको अध्ययनको लागि, बाइबलमा दिएको त्यी पुस्तकहरुको समीक्षा गर्नु जुन विशेष रूपले मण्डली मध्यमा झूटो शिक्षाको सामना गर्नको लागि लेखिएको हो: गलाती, 2 पत्रुस, 1 यूहन्ना, 2 यूहन्ना र यहूदा। अक्सर एउटा झूटो शिक्षक/झूटो भविष्यद्वक्ताको पहिचान गर्न कठिन हुन्छ। शैतान ज्योतिर्मय स्वर्गदूतको रूप धारण गर्दछ (2 कोरिन्थी 11:14), र उहाँको सेवक पनि धर्मको सेवकहरुको रूप धारण गर्दछ (2 कोरिन्थी 11:15)। केवल सत्यसँग राम्रो तरिकाले परिचित भएर मात्र हामीले नक्कली वा जालीको पहिचान गर्ने योग्य हुन्छौ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

म कसरी एउटा झूटो शिक्षक/झूटो भविष्यद्वक्ता को पहिचान गर्न सक्छु?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries