settings icon
share icon
प्रश्न

के एउटा ख्रीष्टियन विश्वासीलाई व्यायाम गर्नु पर्छ? बाइबलले स्वास्थ्यको बारेमा के भन्दछ?

उत्तर


जस्तै कि जीवनको धेरै जसो कुराहरुको साथ हुन्छ, व्यायामको क्षेत्रमा पनि चरमपंथी छ। केहि मानिस पूरै तरिकाले, आफ्नो भौतिक शरीरहरुलाई अनदेखा गर्दै, आत्मिकताको माथि मात्र ध्यान केन्द्रित गर्दछन। अन्यले आपनो भौतिक शरीरहरुको ढाचा र आकारको माथि यति धेरै ध्यान दिन्छन कि आफ्नो आत्मिक विकास र परिपक्वतालाई नै अनदेखा गरि दिन्छन। यस मध्य कुनै पनि बाइबल आधारित सन्तुलनको तर्फ संकेत गर्दैन। पहिलो तिमोथी 4:8 ले हामीलाई सूचित गर्छ, "शारीरिक व्यायामले तिमीलाई केही मात्रामा सहायता गर्नेछ। तर परमेश्वर प्रति अर्पण गरेको सेवाले तिमीलाई हरेक कुरामा सहायता गर्नेछ। परमेश्वरको सेवामा यो जीवन अनि अर्को जीवनको पनि आशीर्वादको भाकल निहित हुन्छ।" ध्यान दिनु होस् यो वचन व्यायाम अर्थात् साधनाको आवश्यकतालाई नकारदैन। यसको अपेक्षा, यो भन्दछ कि व्यायाम लाभदायक छ, तर यो व्यायामको प्राथमिकतालाई यो भन्दै कम लाभदायक बताउदछ कि भक्तिको मूल्य धेरै हुन्छ।

प्रेरित पावलले 1 कोरिन्थी 9:24-27 मा आत्मिक सत्यको उदाहरणलाई दिदै शारीरिक व्यायामलाई पनि उल्लेख गरेका छन्। त्यो ख्रीष्टियन जीवनको दौड़को बराबरी जसलाई हामी "इनाम पाउन" को लागि गर्दछौँ, को साथ गर्दछौं। तर जुन इनामको हामी खोजी गर्दछौं, त्यो अनन्तकालीन मुकुट हो, जुन ओइलाएर वा बेरंग हुने वाला छैन। 2 तिमोथी 2:5 मा पवालले भन्दछ कि, "यदि कुनै खेलाडीले दौडमा भाग लिने इच्छा गर्छ भने इनाम जित्नकोलागि उसले खेलको नियम पालन गर्नु पर्छ।" पावल एउटा खेलाडीको रूपकलाई उपयोग एक पटक फेरी 2 तिमोथी 4:7 मा गर्दछन: " मैले लड़ाईं लडेको छु र दौड सिद्धाएको छु। मैले विश्वास बचाइ राखेकोछु" जब कि पवित्र शास्त्रको यी वचनहरुको ध्यानाकर्षण शारीरिक व्यायामको तर्फ होइन, साँचोमा त यो हो कि पावल खेलाडीहरुको शब्दावलीको उपयोग त्यस आत्मिक सत्यतालाई सिकाउनको लागि गरेका छन्, जसलाई पावल आत्मिक व्यायामको रूपमा देख्दछन्, र यहाँ सम्म की, सकारात्मक प्रकाशमा प्रतिस्पर्धाको रुपमा। हामी दुवै अर्थात् शारीरिक र आत्मिक प्राणी हौँ। जब कि हाम्रो प्राणको आत्मिक पक्ष, बाइबलको भाषामा बोल्नु, धेरै महत्वपूर्ण हुन्छ, हामीलाई हाम्रो स्वास्थ्यको न त आत्मिक वा न त शारीरिक पक्षलाई अनदेखा गर्नु पर्दछ।

यसैले, स्पष्ट रूपमा, यसमा केहि गलत छैन कि एउटा ख्रीष्टियन विश्वासीले व्यायाम गर्नु। सत्य त यो हो कि, बाइबल स्पष्ट छ कि हामीले हाम्रो शरीरहरुको राम्रोसँग हेरचार गर्नु पर्छ (1 कोरिन्थी 6:19-20)। ठीक त्यसै समय, बाइबलले हामीलाई यस व्यर्थताको विरूद्ध चेतावनी पनि दिन्छ (1 शमूएल 16:7; हितोपदेश 31:30; 1 पत्रुस 3:3-4)। व्यायाममा हाम्रो लक्ष्य हाम्रो शरीरको गुणवत्ताको सुधारमा हुनु हुदैन जसले अन्य मानिसले यसलाई हेरर हाम्रो प्रशंसा गरुन। तर, व्यायाममा हाम्रो लक्ष्य हाम्रो शारीरिक स्वास्थ्यमा सुधार ल्याउने हुनुपर्छ ता कि हामी अझै धेरै शारीरिक उर्जालाई प्राप्त गरौँ जसको कारण हामी आत्मिक लक्ष्यहरुको लागि समर्पित हुन सकौं।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के एउटा ख्रीष्टियन विश्वासीलाई व्यायाम गर्नु पर्छ? बाइबलले स्वास्थ्यको बारेमा के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries