settings icon
share icon
प्रश्न

ख्रीष्टियन स्वप्न व्याख्या?

उत्तर


GotQuestions.org/Nepali एउटा ख्रीष्ट स्वप्न व्याख्या सेवकाई होइन। हामी दृढ़ताले विश्वास गर्छौं कि एउटा व्यक्तिको स्वप्न र त्यो स्वप्नहरुको अर्थ एउटा व्यक्ति र परमेश्वरको मध्यको कुरा हो। अतीतमा, परमेश्वरले धेरै पटक मानिसहरसँग स्वप्नहरुद्वारा कुरा गर्नु भयो। उदाहरणको लागि, याकूबको पुत्र योसुफ (उत्पत्ति 37:5-10); मरियमको पति, योसुफ (मत्ती 2:12-22); सोलोमान (1 राजा 3:5-15); र धेरै अन्यहरुलाई (दानियल 2:1; 7:1; मत्ती 27:19)। यसको साथै भविष्यद्वक्ता योएल (योएल 2:28) को एउटा भविष्यद्वाणी पनि छ जसको जसको उदाहरण पत्रुसले प्रेरित 2:17 मा गरे, जसले यो उल्लेख गर्दछ कि परमेश्वरले स्वप्नहरुको उपयोग गर्नु हुन्छ। यस तरिकाले परमेश्वरले स्वप्नहरुद्वारा, यदि उहाँले यस्तो गर्नु चाहनुहुन्छ भने, तब बोल्नु पनि सक्नु हुन्छ।

तर फेरी पनि, हामीलाई आफ्नो ध्यानमा यो राख्नु पर्छ कि बाइबल पूर्ण छ, हामीले जान्नुको लागि आरम्भ देखि अनन्तकालको सबै प्रकारको जानकारी यसमा प्रकाशित गरि दिएको छ। यस्तो भन्नुको यो अर्थ होइन कि परमेश्वरले आश्चार्यक्रमहरुलाई गर्नु हुदैन वा यहाँ सम्म कि स्वप्नहरुद्वारा बल्नु हुदैन, तर जे पनि परमेश्वरले भन्नु हुन्छ, चाहे त्यो एउटा स्वप्न हो, एउटा दर्शन हो, वा एउटा प्रेरणा हो, वा "एउटा छोटो आवाज" नै किन नहोस्, उहाँले पूरा तरिकाले सबै कुरा उहाँले पहिले नै उहाँको वचनमा प्रकाशित गरि दिनुभएको छ, त्यसको साथ सहमत हुनेछ। स्वप्न पवित्र शास्त्रको अधिकारलाई हड़पन सक्दैन।

यदि तपाईंलाई एउटा स्वप्न आएको छ र तपाईंले यो महसूस गर्नु हुन्छ कि शायद परमेश्वरले यसलाई तपाईंलाई दिनुभएको हो, प्रार्थनापूर्वक यसको जाँच परमेश्वरको वचनको साथ गर्नु र सुनिश्चित गर्नु कि तपाईंको स्वप्न पवित्र शास्त्रको साथ सहमतिमा छ। प्रार्थनापूर्वक ध्यान दिनु कि परमेश्वरले तपाईंसँग आफ्नो स्वप्नको प्रति प्रतिक्रियामा तपाईंबाट के चाहनुहुन्छ (याकूब 1:5)। पवित्र शास्त्रमा, जहाँ कहीं पनि कसैले परमेश्वरसँग एउटा स्वप्नको अनुभव गरेको छ, परमेश्वरले सदैव त्यसको स्पष्ट अर्थ उसलाई दिनुभएको छ, चाहे त्यस व्यक्तिलाई प्रत्यक्षमा, वा एउटा स्वर्गदूतद्वारा, वा कुनै अन्य सन्देशवाहकद्वारा (उत्पत्ति 40:5-11; दानियल 2:45; 4:19)। जब परमेश्वरले हामीसँग कुरा गर्नु हुन्छ, तब उहाँले यो सुनिश्चित गर्नु हुन्छ कि उहाँको सन्देश स्पष्टतासँग बुझ्न सकिओस।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

ख्रीष्टियन स्वप्न व्याख्या? के सपना परमेश्वरको तर्फ बाट आउछ?के परमेश्वर आज पनि स्वप्न द्वारा कुरा गर्नु हुन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries