settings icon
share icon
प्रश्न

के परमेश्वरको अस्तित्व छ? के परमेश्वरको अस्तित्व को प्रमाण छ?

उत्तर


परमेश्वरको अस्तित्वलाई प्रमाणित र खण्डन गर्न सक्दैन। बाइबलले यो पनि भन्दछ कि परमेश्वरको अस्तित्वको सत्यतालाई हामीले विश्वासद्वारा स्वीकार गर्नुपर्दछ: "विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकी जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरुलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्दछ” (हिब्रु ११:६)। यदि परमेश्वरले चाहने हो भने, उहाँ सारा संसारको सामु आफ्नो अस्तित्वको प्रमाण दिन प्रकट हुन सक्नुहुन्थ्यो। तर यदि परमेश्वरले त्यसो गर्नुभएको भए, विश्वासको आवश्यकता नै हुने थिएन। “येशूले तिनलाई भन्नुभयो, 'तिमीले मलाई देखेको कारणले म माथि विश्वास गरेका हौ; धन्य हुन तिनीहरु, जसले मलाई देखेका छैनन् र पनि विश्वार्स गर्छन्'” (यूहन्ना २०:२९)।

त्यसको अर्थ यो होइन कि, तैपनि, परमेश्वरको अस्तित्वको कुनै प्रमाण नै छैन। बाइबलले यसो भन्छ, “आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ; र तारामण्डलले उहाँका हातको सीपको घोषणा गर्छ। दिनहुँ तिनीहरुले वार्तालाप गर्छन्, र रातैपिच्छे तिनीहरुले ज्ञानको प्रदर्शन गर्छन्। कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरुको सोर सुनीदैन। तिनीहरुको सोरले सारा पृथ्वी गुञ्जायमान छ, तिनीहरुका शब्द पृथ्वीको सिमान्तसम्मै पुगेका छन्” (भजनसंग्रह १९:१-४)। जब हामी ताराहरुलाई हेर्दछौँ, विशाल ब्रह्माण्डलाई बुझदछौं, प्रकृतिको अवलोकन गर्दछौँ, सुर्यास्तको सुन्दरतालाई हेर्दछौँ— यि सम्पुर्ण कुराहरुले हामीलाई सृष्टिकर्ता परमेश्वरलाई देखाइरहेका हुन्छ। यदी यि कुराहरु प्रयाप्त छैनन् भने, हाम्रो आफ्नै हृदयमा पनि परमेश्वरको उपस्थितिको प्रमाण छ। उपदेशक ३:११ ले भन्दछ, “...उहाँले मानिसका हृदयमा अनन्तता पनि राखीदिनुभएको छ।” हाम्रो हृदयको गहिर्राईमा केही छ जसले हामीलाई निरन्तर भन्छ कि यो जीवन बाहिर केही छ र यो संसार बाहिर कोही छ। बौद्धिक रुपमा हामी यो ज्ञानलाई इन्कार गर्न सक्छौँ, तर जहिले पनि परमेश्वरको उपस्थिति हामीहरु भित्र हुन्छ र हामीहरुसँग हुन्छ। यि सबै कुराका बावजुद, बाइबलले हामीलाई चेतावनी दिन्छ कि अझै पनि कति मानिसहरुले परमेश्वरको अस्तित्वलाई इन्कार गरिरहेका हुनेछन्: “मुर्खले आफ्नो मनमा भन्छ, 'ईश्वर छँदैछैन'” (भजनसंग्रह १४:१)। जब कि इतिहासभरीका धेरै मानिसहरु, सबै संस्कृतिहरु, सबै सभ्यताहरुर, र सबै महादेशहरुले कुनै न कुनै ईश्वरको अस्तित्व रहेको कुरामा विश्वास गर्द छन्, त्याहाँ पक्कै पनि केही न केही छ जसले गर्दा मानिसहरु विश्वार्स गर्दछन्।

परमेश्वरको अस्तित्वको प्रमाणको सम्बन्धमा केही तार्किक बाइबलिय प्रमाणहरु, तर्कहरु छन्। पहिलो, तर्क हो सत्त्वविध्या तर्क। सत्त्वविध्या तर्क सबै भन्दा प्रचलित र लोकप्रिय तर्क हो जसले आधारभूत रुपमा परमेश्वरसम्बन्धी अवधारणाले नै परमेश्वरको अस्तित्वको प्रमाणको तर्क दिन्छ। यसको सुरुवात परमेश्वरको परिभाषाबाट सुरु हुन्छ “आफू भन्दा महान कुनै पनि कुराको उत्पत्रि भएन।” यसले यस्तो तर्क दिन्छ कि अस्तित्वमा हुनु नै अस्तित्वमा नहुनु भन्दा महान हो। र त्यसैले सबैभन्दा ठूलो कल्पना अवस्थित रहनु हो। यदि परमेश्वरको अस्तित्व नभएको भए, परमेश्वर सबै भन्दा महान कल्पनीय प्राणी हुनुहुने थिएन र यसले नै परमेश्वरको परिभाषाको खण्डन गरि दिने थियो।

दोस्रो तर्क शाष्त्रियतर्क हो। शाष्त्रियतर्क अनुसार अब की सम्पुर्ण जगतको महान र अदभुत रचना, ढाचाको प्रदर्शन गर्दछ, र यस्तो तर्क दिन्छ कि पक्कै पनि यो इश्वरीय रचना हुनु पर्दछ। उदाहरणको लागि, यदि पृथ्वी सुर्यबाट टाढा वा नजिक भएको भए, जसरी अहिले पृथ्वीमा जीवन छ सो जीवन लगातार रुपमा हुन सम्भव थिएन। यदि वायूमण्डलमा भएका तत्वहरुमा केही प्रतिशत मात्रै घटबढ भएको भए, सबै जिवित प्राणी र वनस्पतिहरु मर्ने थिए। यदि एक प्रोटीन परमाणुको विचित्रपन यो हो कि १ मा १०२४३(त्यसको अर्थ हो १० को पछि २४३ शून्य) को अनुपातमा घटनास्वरुप एक प्रोटीन परमाणुको स्वरुप बन्दछ। एकमात्र कोष पनि लाखौ-लाख प्रोटीन परमाणुहरु मिलेर बनिएको हुन्छ।

परमेश्वरको अस्तित्वको तार्किक प्रमाण दिने तेश्रो तर्क हो ब्रह्ममाण्ड विज्ञान। हरेक परिणमको कारण हुनैपर्छ। यो जगत र यसमा भएका सबैथोकहरु परिणामहरु हुन। त्यहाँ कुनै कारण आवश्य छ जसले हरेक कुरालाई अस्तित्वमा ल्यायो। अन्ततः, एउटा यस्तो “कारण-रहित” क्रम छ जसको कारण सबैथोक अस्तित्वमा आयो। त्यो “कारण-रहित” कारण नै परमेश्वर हुनुहुन्छ।

परमेश्वरको अस्तित्वको तार्किक प्रमाण दिने चौथो तर्क हो नैतिक तर्क। इतिहासमा भएका हरेक संस्कृतिहरुका कुनै न कुनै प्रकारका व्यवस्थाहरु थिए। हरेक व्यक्तिसँग असल र खरावको ज्ञान छ। हत्या गर्नु, झुटो बोल्नु, चोर्नु र अनैतिकतालाई प्राय जसो सारा संसारभर नै अस्वीकार गरिएको छ। यदि यी असल र खराबको ज्ञान पवित्र परमेश्वरबाट नआएका हुन भने यि ज्ञानहरु कहाँबाट आए त?

यि सबै कुराको बावजुद पनि, बाइबलले हामीलाई यो भन्छ कि मानिसहरुले परमेश्वरलाई स्पष्ट इन्कार गर्ने छन् र परमेश्वरको निर्विवाद ज्ञानलाई पनि इन्कार गर्नेछन र त्यसको सट्टामा झुटमाथि विश्वास गर्नेछन्। रोमी १:२५ ले घोषणा गर्छ कि, “किनकी तिनीहरुले परमेश्वरको सत्यतालाई झूटसँग साटेर सदार्सवदाका परमधन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टिगरिएका थोकहरुको पूजा र सेवा गरे— जो सधैभरी प्रशंसा गरिन योग्य हुनुहुन्छ। आमीन।” बाइबलले यस्तो घोषण पनि गर्छ कि परमेश्वरलाई विश्वास नगर्न अब मानिसहरुलाई कुनै बहाना छैन, "उहाँको अदृश्य गुण, अर्थात उहाँको अनन्त शक्ति र इश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरुमा र्छलङ्गै देखिएको छ। यसैले यिनीहरुलाई कुनै किसिमको बहाना छैन” (रोमी १:२०)।

मानिसहरुले परमेश्वरको अस्तित्व हुने दावीलाई अस्वीकार गर्छन किनभने यो "बैज्ञानीक छैन" अथवा “यो प्रामाणिक छैन।” सत्य कारण यो हो कि जब मानिसहरु स्वीकार गर्छ कि परमेश्वर हुनुहुन्छ, उनीहरुले यो पनि बुझ्नुपर्छ कि तिनीहरु परमेश्वरप्रति उत्तरदायी छन् र उनीहरुलाई पाप क्षमाको खाचो छ (रोमी ३:२३,६:२३)। यदि परमेश्वरको अस्तित्व छ भने, हामीले गरेको कामहरुको लेखा परमेश्वरलाई दिनुपर्दछ। यदि परमेश्वरको अस्तित्व छैन भने हामीले जे मनलाग्यो त्यही निर्धक्कसँग र निस्फ़्रिक्रिसँग गर्न सक्छौँ किन भने हामीलाई परमेश्वरको न्यायको फिक्री हुदैन। त्यसैकारणले गर्दा नै जीवविकासको सिद्धान्तलाई हाम्रो समाजका मानिसहरुले बलियोसँग समातिराखेका छन् जसले परमेश्वरमाथि विश्वास नगर्ने मानिसहरुलाई अर्को विकल्पको प्रदान गर्दछ। परमेश्वर अस्तित्वमा हुनुहुन्छ र अन्त्यमा सबैले जान्दछन् की उहाँको अस्तित्व छ। वास्तविक सत्य चाँही यो हो कि धेरै मानिसहरु परमेश्वरको अस्तित्व छैन भनी प्रमाणित गर्न मरिहत्ते गर्दछन् तर वास्तवमा यही नै परमेश्वरको अस्तित्व छ भन्ने सबै भन्दा ठूलो र बलियो प्रमाण हो।

परमेश्वरको अस्तित्व छ भनी हामी कसरी जान्न सक्छौँ? विश्वासी भएको ले, हामी जान्दछु परमेश्वरको अस्तित्व छ किनभने हरेक दिन हामी उहाँसँग बातचित गर्छौँ। हामीहरुले उहाँलाई सुन्न सकिने गरी सुन्न सक्दैनौँ तर उहाँको उपस्थितिको महसुस गर्न सक्छौँ, उहाँले हामीलाई डोर्याइरहनु भएको म अनुभव गर्न सक्छौँ, हामी उहाँको प्रेम थाहा पाउँन सक्छौँ, हामी उहाँको अनुग्रहको चाहना गर्दछौँ, हाम्रो जीवनमा धेरै घटनाहरु घटी सकेको छन् जसको व्याख्या परमेश्वर बाहेक अरु कोहिले पनि गर्न सक्दैन। परमेश्वरले आश्चर्यजनक तरीकाले हामीलाई बचाउनु भयो र हाम्रो जीवनलाई परिवर्तन गर्नुभयो छ तर हामी परमेश्वरलाई सहायता गर्न सक्दैनौँ तर हामी यसको लागि उहाँलाई अस्तित्वलाई धन्यवाद र प्रशंसा दिन सक्छौँ। जसले सिधा र सत्य तथ्यहरुलाई इन्कार गर्दछ ति मानिसहरुलाई यी माथिका तर्कहरुले परमेश्वरको अस्तित्वलाई स्विकार गर्न वाध्य पार्दैनन्। अन्त्यमा, परमेश्वरको अस्तित्वलाई मात्र विश्वासद्वारा स्वीकार गर्नुपर्दछ (हिब्रू ११:६)। परेश्वरमाथि विश्वासगर्नु भनेको अन्धकारमा उफ़्रिर्नु होइन; तर यो एउटा उज्यालो कोठामा सुरक्षित पाइला हो जहाँ पहिले बाट नै धेरै मानिसहरु बहुमतमा खडा छन्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के परमेश्वरको अस्तित्व छ? के परमेश्वरको अस्तित्व को प्रमाण छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries