settings icon
share icon
प्रश्न

के ख्रीष्टियनलाई डॉक्टरको मा जानु पर्छ?

उत्तर


केहि यस्ता विश्वासी हुन्छन, जसले यो विश्वास गर्छन कि चिकित्सा सहायता प्राप्त गर्न परमेश्वरमा विश्वासको कमीलाई देखाउछ। वचन-विश्वास अन्दोलनमा, एउटा डॉक्टरसँग परामर्श लिनलाई अक्सर विश्वासमा कमी मानिन्छ जुन कि वास्तवमा परमेश्वरबाट तपाईलाई चंगा हुनलाई रोक्दिन्छ। यस्तो समूह जुन ख्रीष्टियन साइंस अर्थात् ख्रीष्ट विज्ञानमा, डॉक्टरबाट सहायता पाउनलाई धेरै पटक यस्तो आत्मिक उर्जाको उपयोगलाई अवरोध मानिन्छ जसलाई परमेश्वरले हामीलाई स्वयं चंगा गर्नको लागि दिनुभयो। यी दृष्टिकोणहरु पछिको तर्कको दु:खद रूपमा अभाव छ। यदि तपाईको कार क्षतिग्रस्त भयो भने, तब के तपाईले यसलाई मिस्त्रीको मा लिएर जान्नु हुन्छ वा परमेश्वरबाट एउटा आश्चार्यक्रमलाई प्रकट हुनको प्रतीक्षा गर्नु हुन्छ कि तपाईको कारलाई चंगा गरिदिनु हुन्छ? यदि तपाईको घरको कुनै पाइपलाइन फाट्यो,तब के तपाई त्यसलाई ठीक गर्नको लागि परमेश्वरको प्रतीक्षा गर्नुहुन्छ, वा एउटा प्लम्बरलाई फोन गरि बोलाउनु हुन्छ? जसरी परमेश्वर एउटा कारको मरम्मत वा पाइपलाई ठीक गर्नको लागि सक्षम हुनुहुन्छ, ठीक त्यस्तै नै उहाँ हाम्रो शरीरहरुलाई चंगा गर्नुहुन्छ। सच्चाई त यो हो कि परमेश्वर चंगाईको आश्चार्यक्रमहरुलाई गर्न सक्नु हुन्छ,यो भन्नुको अर्थ यो होइन कि हामीलाई सदैव उहाँलाई चंगाईको आश्चार्यक्रमहरुको प्रतीक्षा गर्नु पर्छ यसको अपेक्षा हामीलाई यी मानिसहरुबाट सहायता प्राप्त गर्नु पर्छ जो हाम्रो सहायता गर्नको लागि ज्ञानी र निपुण छन्।

डॉक्टरहरुको बारेमा बाइबलमा एक दर्जन भन्दा धेरै पल्ट उल्लेख गरिएको छ। केवल एउटा नै वचन छ जसमा यस्तो शिक्षालाई दिनको लागि संदर्भबाट बाहिर गएर उपयोग गर्न पनि सकिन्छ कि एउटा व्यक्तिलाई डॉक्टरको मा जानु हुँदैन त्यो 2 इतिहास 16:12 हुन सक्छ "आसा राजा भएको उन्चालीस बर्षमा खुट्टा कुहुने रोगले ग्रस्त भए। तिनको रोग अत्यन्त नराम्रो थियो तर पनि तिनले परमप्रभुबाट सहाएता खोजेनन्। आसाले वैद्यहरूको सहायता खोजे।" मुद्दा यो होइन कि आसाले डॉक्टरहरुको परामर्श लिई, तर "तिनले परमप्रभुबाट सहाएता खोजेनन्।" यहाँ सम्म कि जब तपाई एउटा डॉक्टरलाई भेट्न जानु हुन्छ, तब हाम्रो अन्तिम विश्वास परमेश्वरमा नै हुनु पर्छ, न कि एउटा डॉक्टर मा।

धेरै यस्ता वचन छन् जो कि "चिकित्सा उपचार" को उपयोगको बारेमा भन्दछन जस्तै कि पट्टी बाध्नु (यशैया 1:6), तेल मल्नु (याकूब 5:14), तेल र दाखरस (लूका 10:34), पट्टीहरु (इजकिल 47:12), दाखरस (1 तिमोथी 5:23), र मलम, विशेष गरि "गिलाद को लेप" (यर्मिया 8:22)। यसको साथ, लूका, प्रेरित र लूकाको सुसमाचारको लेखकलाई, पावल "प्रिय वैद्य" भनेर पुकारे (कलस्सी 4:14)।

मर्कुस 5:25-30 एउटा स्त्रीको कहानीलाई सम्बोधित गर्दछ जो कि निरन्तर रगत बग्नुबाट कष्टमा थिइ,एउटा यस्तो समस्या थियो जुन डॉक्टरले पनि चंगा गर्न सकेन्न यहाँ सम्म कि उनी यिनी मध्य धेरै जनाकहाँ गई र उसले आफ्नो सारा धनलाई पनि खर्च गरिकि थिइन। येशूको नजिक आएर, उसले सोची कि यदि उसले उहाँको वस्त्र मात्र छोई भने उ चंगी हुनेछ; उसले उहाँको वस्त्रको किनारलाई मात्र छोएकि थिई कि ऊ चंगा भई। फरीसीहरुलाई उत्तर दिने समय किन उहाँ पापीहरुको साथ समय व्यतीत गर्नु हुन्थियो, येशूले उसलाई भन्नु भयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन, जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ" (मत्ती 9:12)। यी वचनहरुबाट एउटा व्यक्ति निम्नलिखित यी सिद्धान्तहरुलाई प्राप्त गर्न सक्छ:

1) डॉक्टर परमेश्वर होइन र न उनीहरुलाई त्यस रूपमा हेर्नु नै पर्छ। उनीहरु धेरै पटक सहायता गर्न सक्छन, तर धेरै अन्य समयहरुमा उनीहरु केवल पैसालाई मात्र खत्म गर्ने काम गर्छन।

2) डॉक्टरहरुको परामर्शलाई लिन र "सांसारिक" निदानहरुको उपयोग गर्न पवित्र शास्त्रले मनाइ गरेको छैन। सत्यमा, चिकित्सा उपचारलाई राम्रो रूपमा हेरिएको छ।

3) कुनै पनि किसिमको शरीरिक कठिनाईमा परमेश्वरको हस्तक्षेपको मांग गर्नु पर्छ (याकूब 4:2; 5:13)। उहाँले प्रतिज्ञा गर्नुहुन्न कि उहाँले सदैव जे पनि हामी चाहन्छौ त्यसको उत्तर दिनुहुनेछ (यशैया 55:8-9),तर हामी निश्चय छौ कि त्यो उहाँको इच्छा उहाँको प्रेममा र हाम्रो सर्वोत्तम हितमा पुरा हुनेछ(भजन संग्रह 145:8-9)।

त्यसैले, के ख्रीष्टियनहरुलाई डॉक्टरहरुको मा जानु पर्छ? परमेश्वरले हामीलाई बुद्धिमान प्राणिहरुको रूपमा रच्नु भयो र हामीलाई चिकित्साको सृष्टि गर्नको तर्फ हाम्रो शरीरलाई कसरी उपचार गर्नु पर्ने हो, लाई सिक्नको योग्यता दिनुभयो। यस ज्ञान र योग्यतालाई चिकित्सा उपचारको लागि लागू गर्नमा केहि पनि गलत छैन। डॉक्टरहरुलाई हाम्रोलागि परमेश्वरको उपहारको रूपमा हेर्न सकिन्छ, एउटा यस्तो माध्यमको रूपमा जस द्वारा परमेश्वर चंगाई र स्वास्थ्य लाभलाई ल्यानु हुन्छ। ठीक यसै समय, हाम्रो विश्वास र भरोसा अन्तमा परमेश्वरमा नै हुनु पर्छ, न कि औषधि र डॉक्टरहरुमा। जस्तै कि सबै सभी कठिन निर्णयहरुको साथमा हुन्छ, हामीले परमेश्वरको खोजी गर्नु पर्छ जसले हामीलाई बुद्धि दिनको प्रतिज्ञा गर्नु भयो, जब हामीले उहाँसँग यसको मांग गर्छौ (याकूब 1:5)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के ख्रीष्टियनलाई डॉक्टरको मा जानु पर्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries