settings icon
share icon
प्रश्न

दुष्टाआत्माद्वारा जकडिएको/शैतानिक जकडनको विषयमा बाइबलले के भन्दछ?

उत्तर


बाइबलले दुष्टद्वारा गरिएको अधिकार अथवा प्रभावको केही उदाहरणहरु दिँदछ। यस्ता उदाहरणहरुबाट हामीले दुष्टका प्रभावको केही लक्षणहरु पाउन सक्दछौं र कसैलाई कसरी दुष्टले अधिकार गर्छ भन्ने ज्ञान प्राप्त गर्दछौं। यहाँ केही बाइबलीय परिच्छेद छन्: मत्ती ९:३२-३३; १२-१२; १७-१८; मर्कूस ५:१-२०; ७:२६-३०; लूका ४:३३-३६; २२:३; प्रेरित १६:१६-१८। यस्ता केही परिच्छेदहरुमा, दुष्टाआत्माको अधिकारले बोलन नसक्ने, मिर्गी रोग को लक्षण, अन्धोपन जस्ता शारीरिक रोग ल्याएको छ। अरु घटनाहरुमा, यसले कसैलाई दुष्ट काम गर्न लगाउँछ, उदाहरणको लागि यहूदा। प्रेरित १६:१६–१८ मा, दुष्टत्माले एउटी कमारी केटीलाई त्यस्को आफ्नै ज्ञानभन्दा बाहिरको कुरो जान्ने योग्यता दिएको छ। गेरासेनसको भूत लागेको मानिस, जसमा थुप्रै भूतहरुले अधिकार गरेको थियो, त्यससँग अलौकिक शक्ति थियो र त्यो चिहानहरुमा नांगै बस्थ्यो। परमप्रभुको विरुद्ध विद्रोह गरेपछि शाऊल राजालाई निराश तुल्याउने र दाऊदलाई मार्ने एउटा उत्कट इच्छा सहितको दुष्ट आत्माले सताउँथ्यो (१शमूएल १६:१४-१५; १८, १०-११; १९:९-१०)।

यसर्थ, त्यहाँ भूत लागेको कुराको व्यापकरुपमा विभिन्न लक्षणहरु छन्, जस्तै शारीरिक अयोग्यता जुनचाहिँ एउटा वास्तविक मनोवैज्ञानिक समस्याद्वारा हुनै सक्दैन, तनाव अथवा, उदासीपन, अलौकिक शक्ति, कठोरता, असामाजिक व्यवहार जस्ता व्यक्तिगत परिवर्तन र शायद त्यसता जानकारी बाँडने योग्यता जसलाई जान्ने कुनै प्राकृतिक तरीका हुँदैन। यस्ता सबै विशेषताहरुको, कुनैकुनै त होइन, अरु वयानहरु पनि हुन सक्दछ भन्ने कुरालाई ध्यान दिन महत्वपूर्ण छ, यसैले हरेक निराश व्यक्ति र मिर्गी रोग लागेको व्यक्तिलाई भूत लागेको हो भनेर भन्नु महत्वपूर्ण हुँदैन। यसको विपरित, पश्चिमी संस्कृतिहरुले मानिसहरुको जीवनमा शैतानको संलग्नतालाई गम्भीरतापूर्वक नलिन सक्छन्।

यस्ता शारीरिक र भावनात्मक भिन्नताहरु बाहेक, कसैले शैतानिक प्रभावलाई देखाउने आत्मिकी विशेषताहरुलाई पनि हेर्न सक्छन्। यस्ता कुराहरुमा क्षमा दिनलाई इन्कार गर्ने (२कोरिन्थी २:१०-११) र झूटा सिद्धान्तलाई फैलाउने कुरामा विश्वास, विशेषरुपले येशू ख्रीष्ट र उहाँको अभिषेक गर्ने कार्य (२कोरिन्थी ११:३-४, १३-१५; १तिमोथी ४:१-५; १यूहन्ना ४:१-३) हरु पनि समावेश हुन सक्दछ।

ख्रीष्टियनहरुको जीवनमा भूतहरुको संलग्नताको सम्बन्धमा, विश्वासीलाई पनि दुष्टद्वारा प्रभाव पारिदछ भन्ने वास्तविकताको एउटा चित्रण हुन् प्रेरित यूहन्ना (मत्ती १६:२३)। कसैले शक्तिशाली दुष्ट प्रभावको अधीनमा रहेका ख्रीष्टियनहरुलाई “भूत लागेको” भनी उल्लेख गर्दछन्, तर ख्रीष्टका विश्वासीहरुलाई भूत लागेको कुराको कुनैपनि उदाहरण धर्मशास्त्रमा छैन। प्रायः जसो ईश्वरशास्त्रीहरुले विश्वास गर्छन् कि ख्रीष्टियनहरुलाई भूत लाग्न सक्दैन किनभने त्यसभित्र त पवित्र आत्माले वास गर्नुहुन्छ (२कोरिन्थी १:२२; ५:५; १कोरिन्थी ६:१९), र परमेश्वरको आत्मा कुनै दुष्टसँग रहन सक्दैनन्।

कसैले आफूमा दुष्टलाई कसरी अधिकार गर्न लगाउँछ भनेर ठीकसँगले त हामीलाई भनिएको छैन। यदि यहूदाको घटनालाई प्रतिनिधिको रुपमा लियौं भने, त्यसले दुष्टलाई आफ्नो हृदय खोल्यो— त्यसको मामलामाचाहिँ त्यस्को लोभले गर्दा थियो (यूहन्ना १२:६)। यसैले, यदि कसैले आफ्नो हृदयलाई केही स्वाभाविक पापद्वारा शासन गरिनको लागि अनुमति दिँदछ भने, योचाहिँ कुनै दुष्टाआत्मालाई आउनको लागि निमन्त्रणा दिइने कुरो हो। मिसिनेरीहरुका अनुभवहरुबाट, दुष्टाआत्माको अधिकार अरु देवताका मूर्तिहरुको पूजा र टुनामुनाका सामाग्रीहरुसँग पनि सम्बन्धित रहेको जस्तो देखिँदछ। धर्मशास्त्रले मूर्तिपूजालाई दुष्टलाई पुज्ने कुरासँग बारम्बार जोड्दछ (लेवी १७:७; व्यवस्था ३२:१७; भजन संग्रह १०६:३७; १कोरिन्थी १०-२०), यसैले मूर्तिपूजासँगको संलग्नताले भूत लाग्ने कुरातिर डोर्याउने कुरोचाहिँ अचम्मलाग्दो हुँदैन।

माथि वर्णन गरिएका परिच्छेदहरु र मिसिनेरीहरुका केही अनुभवहरुमा आधारित रहेर हामीले यसरी निष्कर्ष निकाल्न सक्दछौं कि धेरै मानिसहरुले कुनै पापहरुलाई अंगालेर अथवा झूटा शिक्षाको मार्फत तिनीहरुको जीवनलाई दुष्टको संलग्नतामा खोलिदिन्छन् (जानेर वा नजानेर)। अनैतिकता, लागु पदार्थ/मादक पदार्थको सेवन आदि उदाहरणहरु हुन सक्छन् जसले सचेतता, विद्रोह, तितोपना, अनि अनुभवातीत ध्यान आदिको अवस्थालाई परिवर्तन गर्दछ।

त्यहाँ एउटा अर्को दृष्टिकोण छ। परमप्रभुले अनुमति नदिनु भएको कुनै पनि कुरालाई शैतान र त्यस्का दुष्ट दूतहरुले गर्न सक्दैन (अयूब १-२)। कुरा यस्तै नै हो भने, शैतान, आफूले आफ्नो उद्धेश्य पूरा गर्दैछु भनेर सोंचेको कुराहरु त वास्तवमा परमेश्वरको असल उद्धेश्यहरुलाई पो पूरा गरिरहेको हुन्छ, उदाहरणको लागि यहूदाको धोका। केही मानिसहरुले टुनामुना र शैतानिक क्रियाकलापसँग एउटा अस्वस्थ आकर्षणको विकास गर्छन्। यो चाहिँ मूर्ख र बाइबल बाहिरको कुरो हो। यदि हामी परमेश्वरलाई पछ्याउँछौं भने, यदि हामीले आफैलाई उहाँको हात हतियारद्वारा ढाक्छौं र उहाँको शक्तिमाथि भर पर्छौं (एफिसी ६:१०-१८) भने, हामीले दुष्टाआत्मासँग डराउने कुनै कुरा नै हुँदैन, किनभने परमेश्वरले नै सबैमाथि शासन गर्नुहुन्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

दुष्टाआत्माद्वारा जकडिएको/शैतानिक जकडनको विषयमा बाइबलले के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries