settings icon
share icon
प्रश्न

परमेश्वरको विशेषताहरु के हुन? परमेश्वर के जस्तै हुनुहुन्छ?

उत्तर


बाइबल, परमेश्वरको वचनले, हामीलाई यो बताउदछ कि परमेश्वर कस्तो हुनुहुन्छ र कस्तो हुनुहुदैन। बाइबलको अधिकारको बिना, परमेश्वरको विशेषताको बारेमा कुनै पनि किसिमको व्यख्या, विशेष गरि परमेश्वरलाई बुझ्नु धारणा भन्दा बढी केहि होइन, जुन आफैमा गलत हो, विशेषगरि परमेश्वरलाई बुझ्ने बारेमा (अय्यूब ४२:७)। हाम्रो निम्ति यो कुरा बुझ्ने कोशिश गर्नु महत्वपुर्ण छ कि परमेश्वर को जस्तै हुनुहुन्छ यसकी निम्ति विशाल बुझाई हुनु जरुरी छ। यस कुराको असफलताले हामीलाई झुठो देवताको स्थापना गर्नु, पछि लग्नु, र उपसना गर्नुको कारण परमेश्वरको इच्छाको विपरित बनाउछ (प्रस्थान २०:३-५)।

परमेश्वरले आफ्नो बारेमा प्रकट गनुको लागि जे चुन्नु भएको छ केवल त्यही कुरा मात्र जान्न सकिन्छ। परमेश्वरको एउटा विशेषता वा गुण “ज्योती” हो, जसको अर्थ यो हो कि उहाँ स्वयं प्रकट गर्नुहुन्छ (यशैया ६०:१९; याकूब १:१७), सत्यता त्यो हो परमेश्वरले उहाँ आफैको ज्ञान प्रकट गर्नुभएको कुरालाई बेवास्ता गर्नु हुदैन (हिब्रू ४:१)। सृष्टि, बाइबल, र वचन (येशू ख्रीष्ट) जो देहधारी हुनु भयो यो थाहा गर्न मद्दत कि परमेश्वर कस्तो हुनु हुन्छ।

यो बुझाईबाट शुरु गरौं, परमेश्वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र हामी उहाँका सृष्टिका अंश हौँ (उत्पत्ति १:१; भजनसंग्रह २४:१) र हामी उहाँकै स्वरुपमा सृष्टि भयौँ। मानिस सृष्टिको सबै भन्दा उच्चमा छ र यि सबै माथि अधिकार दिइएको छ (उत्पत्ति १:२६-२८)। सृष्टि पतनको कारण श्रापित छ तर पनि परमेश्वरको कामको झल्को दिन्छ (उत्पत्ति३:१७-१८; रोमी१:१९-२०)। सृष्टिको विशालता, जटिलता, सुन्दरता, र व्यवस्था, लाई सम्झेर हामीले उहाँको उत्तम कामको बोध हुँदा छ।

परमेश्वर के जस्तो हुनुहुन्छ भन्ने हाम्रो खोजमा परमेश्वरका केहि नामहरु पढेर सहयोग मिल्नु सक्छ:

इलोहिम - एकमात्र महान, इश्वरीय (उत्पत्ति १:१)
अडोनाई - प्रभु, मालिक देखि नेाकरको सम्बन्धलाई संकेत गर्छ (प्रस्थान ४:१०,१३)
एल एलोई - धेरै उच्च, सर्व शक्तिशाली (उत्पत्ति १४:२०)
एल रोइ - एक शक्तिशाली जसले देख्छ (उत्पत्ति १६:१३)
एल शद्दाई - र्सवशक्तिमान परमेश्वर (उत्पत्ति १७:१)
एल ओलाम - अनन्तताको परमेश्वर (यशैया ४०:२८)
यहोवे - प्रभु “म हुँ”, अर्थ अन्तकाल को आफै अस्तित्वमा रही रहने परमेश्वर (प्रस्थान ३:१३,१४)।

परमेश्वर अनन्तको हुनुहुन्छ, यसको अर्थ उहाँको आदी थिएन र उहाँको अस्तित्वको अन्त कहिल्यै हुनेछैन। उहाँ अमर, असिमित हुनुहुन्छ (व्यवस्था ३३:२७; भजनसंग्रह ९०:२; १तिमोथी १:१७)। परमेश्वर अपरिवर्तनीय हुनुहुन्छ, यसको अर्थ उहाँ कहिल्यै परिवर्तन नहुनु हुने; यसको अर्थ यो हो कि परमेश्वर भरपर्दो र विश्वासयोग्य हुनुहुन्छ (मलाकी ३:६; गन्ति २३:१९; भजनसंग्रह १०२:२६, २७)। परमेश्वर अतुलनीय हुनुहुन्छ; कार्यहरु वा अस्तित्वमा उहाँ जस्तो कोहि छैनन्। उहाँ अतुलनीय र पूर्ण हुनुहुन्छ (२ शमूयल ७:२२; भजनसंग्रह ८६:८; यशैय ४०:२५; मत्ति ५:४८)। परमेश्वर जाँच गर्न नसकिने, अथाह, अगम, उहाँलाई पूर्ण रुपले पत्ता लगाउन कठिन छ (यशैया ४०:२८; भजनसंग्रह १४५:३; रोमी ११:३३,३४)।

परमेश्वर न्यायी हुनुहुन्छ, उहाँ व्यक्ति बीच कुनै पक्षपात देखाउनु हुदैन (व्यवस्था ३२:४; भजनसंग्रह १८:३०)। परमेश्वर र्सवशक्तिमान हुनुहुन्छ; उहाँ पूर्ण शक्तिशाली र उहाँलाई खुशी पर्ने कुनै पनि कुरा गर्न सक्नुहुन्छ, तर उहाँको कामहरु सधै उहाँको चरित्रको स्थिरता अनुरुप हुन्छ (प्रकाश १९:६; यर्मिया ३२:१७,२७)। परमेश्वर र्सवव्यापी हुनुहुन्छ, यसको अर्थ उहाँको जहा पनि उपस्थिति हुनु हुन्छ, यसको अर्थ यो होइन कि परमेश्वर सबै कुरा हुनुहुन्छ (भजनसंग्रह १३९:७-१३; यर्मिया २३:२३)। परमेश्वर र्सवज्ञानी हुनुहुन्छ, यसको अर्थ उहाँ भूत, वर्तमान र भविष्य थाहा छ, यहाँ सम्मकि कुनैपनि दिइएको पलमा के हामीले सोचिरहेका छौँ भन्ने प्रत्येक कुरा उहाँलाई थाहा छ, किनकी उहाँलाई सबै थाहा छ। उहाँको न्याय सधै निष्पक्ष हुनेछ (भजनसंग्रह १३९:१-५; हितोपदेश ५:२१)।

परमेश्वर एउटै हुनुहुन्छ; त्यो मात्रै होइन, यहाँ अरु केहि छैन, तर उहाँ मात्र एक हुनुहुन्छ जसले हाम्रा भित्र-भित्रका गहिरा चाहना र हृदयका इच्छा बुझ्न सक्षम हुनुहुन्छ। उहाँ हाम्रो आराधना र उपासना एक्लै योग्य हुनुहुन्छ (व्यवस्था ६:४)। उहाँ धार्मिक हुनुहुन्छ, यसको अर्थ यो हो परमेश्वरले कहिल्यै पनि खराब कामलाई अनदेखा गर्नुहुन्न। उहाँको धार्मिकता र न्यायको कारणले, हाम्रा पापहरु क्षमाका लागि, येशुले परमेश्वरको न्याय अनुभव गर्नु पर्यो जहाँ हाम्रा पापहरु उहाँमाथि राखियो (प्रस्थान ९:२७; मत्ति २७:४५-४६; रोमी ३:२१-२६)।

परमेश्वर सर्वभौम हुनुहुन्छ, यसको अर्थ उहाँ सर्वोच्च हुनुहुन्छ। सबै सृष्टि मिलेर पनि उहाँको उद्देश्यहरुलाई विफल पर्न सक्दैन (भजनसंग्रह ८३:१; ९५:५; यर्मिया २३:२०)। परमेश्वर आत्मा हुनुहुन्छ, यसको अर्थ उहाँ अदृश्य हुनुहुन्छ (यूहन्ना १:१८; ४:२४)। परमेश्वर त्रिएक हुनुहुन्छ, उहाँ एउटैमा तिनवटा हुनुहुन्छ, अस्तित्वमा उस्तै, शक्ति र महिमामा समान। परमेश्वर सत्य हुनुहुन्छ, उहाँ अविनाशी रहनु हुन्छ र उहाँ झूटो बोल्नु हुनेछैन (भजनसंग्रह ११७:२; १ शमूयल १५:२९)।

परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ सबै नैतिक असुद्धताबाट अलग हुनुभएको छ र यसको विरुद्धमा हुनुहुन्छ। परमेश्वरले सबै दुष्टता देख्नुहुन्छ र यसले उहाँलाई रिस उठ्छ। परमेश्वरलाई आगोको रुपमा उल्लेख गरिएको छ। (यशैया ६:३; हबकूक १:१३; प्रस्थान ३:२;४,५; हिब्रू १२:२९)। परमेश्वर अनुग्रही हुनुहुन्छ, उहाँको अनुग्रहमा उहाँको भलाई, दया, कृपा र प्रेम समावेश छ। यदि यो परमेश्वरको अनुग्रहद्वारा हुदैन थियो भने, उहाँको पवित्रताले हामीलाई उहाँको उपस्थितिबाट अलग राख थियो। धन्यवादी हौ, यस्तो भएन, किनभने उहाँले हामी प्रत्येकलाई व्यक्तिगत रुपमा जान्ने इच्छा राख्नुहुन्छ (प्रस्थान ३४:६; भजनसंग्रह ३१:१९; १ पत्रुस १:३; यूहन्ना ३:१६; १७:३)।

किनकी परमेश्वर अनन्त प्राणी हो, कुनै पनि मानिसले परमेश्वरको यो व्यख्यात्मक प्रश्नको उत्तर दिन सक्दैन, तर परमेश्वरको वचनद्वारा, हामी जान्न सक्छौँ कि परमेश्वरको हुनुहुन्छर उहाँ कस्तो हुनुहुन्छ। मेरो प्रार्थना यही छ कि हामी हाम्रो पूर्ण हृदयले उहाँलाई खोज्न सकौँ (यर्मिया २९:१३)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

परमेश्वरको विशेषताहरु के हुन? परमेश्वर के जस्तै हुनुहुन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries