settings icon
share icon
प्रश्न

नास्तिकवाद के हो?

उत्तर


नास्तिकवाद एउटा यस्तो दृष्टिकोण हो जसले यो मान्छ कि परमेश्वरको अस्तित्व छैन। नास्तिकवाद कुनै नयाँ विकास होइन। भजन संग्रह 14:1 मा, दाऊद द्वारा लगभग 1000 ई०स० पूर्व लेखिएको थियो, नास्तिकवादलाई उल्लेख गरे: "मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, ‘ईश्वर छैन।'" अहिलेको आँकडा अनुसार नास्तिक हुनुको दावा गर्नेहरु विश्वव्यापी रूपमा लगभग 10 प्रतिशत मानिसहरुको बढ्दै गरेको संख्यालाई देखाउद छ। त्यसैले किन धेरै भन्दा धेरै मानिस नास्तिक हुदै गई रहेका छन्? के जुन प्रकारले नास्तिकवादी दावा गर्छन त्यस्तै नै नास्तिकवाद एउटा सत्यमा तार्किक विचारधारा हो?

किन वास्तवमा नास्तिकवाद अस्तित्वमा छन्? किन परमेश्वर केवल आफैलाई मानिसको माथि प्रकट, गर्दै यो प्रमाणित गर्नु हुन्न कि उहाँ अस्तित्वमा हुनुहुन्छ? निश्चिय नै यदि परमेश्वर केवल प्रकट नै हुनु भए, जस्तो सोच्दछौ, तब त हरेकले उहाँ माथि विश्वास गर्नेछन! यहाँ निर समस्या यो छ कि यो परमेश्वरको इच्छा होइन कि उहाँ केवल मानिसलाई यो विश्वास गराउनु कि उहाँ अस्तित्वमा हुनुहुन्छ। मानिसको लागि परमेश्वरको इच्छा यो हो कि उहाँमा विश्वास द्वारा भरोसा गरुन (2 पत्रुस 3:9) र उहाँको मुक्तिको वरदानलाई विश्वास द्वारा ग्रहण गरुन (यूहन्ना 3:16)। परमेश्वरले स्पष्ट रूपले उहाँको अस्तित्वलाई पुराने नियममा धेरै स्थानहरुमा प्रदर्शित गर्नु भएको छ (उत्पति 6-9; प्रस्थान 14:21-22; 1 राजा 18:19-31)। के मानिसहरुले यस्तो विश्वास गर्द थिए कि परमेश्वरको अस्तित्व छ? हो, गर्द थिए। के उनीहरु आफ्नो खराब मार्गहरु बाट फर्के र परमेश्वरको आज्ञापालन गरे? नाई। यदि एक व्यक्ति परमेश्वरको अस्तित्वलाई विश्वास द्वारा स्वीकार गर्न तैयार हुदैन, तब त्यो निश्चित रूपले येशू ख्रीष्टलाई विश्वास द्वारा आफ्नो उद्धारकर्ताको रुपमा पनि स्वीकार गर्नको लागि तैयार हुदैन (एफिसी 2:8-9)। परमेश्वरको इच्छा उहाँको मानिसहरुलाई ख्रिष्टियन बन्नु हो, न कि ईश्वरवादी (त्यो जसले यो विश्वास गर्छ कि परमेश्वरको अस्तित्व छ)।

बाइबलले हामीलाई बताउद छ कि परमेश्वरको अस्तित्वलाई विश्वास द्वारा स्वीकार गर्न पर्दछ। हिब्रू 11:6 ले घोषणा गर्छ कि, "विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँच्चोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ।" बाइबलले हामीलाई यो स्मरण गराउछ कि हामीले त्यो समयमा आशीष पाउछौ जब हामी विश्वास द्वारा परमेश्वरमा भरोसा र आस्था राख्छौं: "येशूले थोमालाई भन्नुभयो, ‘तिमीले मलाई विश्वास गर्यौ किनभने तिमीले मलाई देख्यौ। ती मानिसहरू धन्य हुन् जस-जसले मलाई नदेखिकनै विश्वास गरे।'" (यूहन्ना 20:29)।

परमेश्वरको अस्तित्वलाई विश्वास द्वारा नै स्वीकार गर्नु पर्दछ, तर यसको अर्थ यो होइन कि परमेश्वरमा विश्वास विसंगत हो। परमेश्वरको अस्तित्वको लागि धेरै तर्कहरु छन। बाइबलले शिक्षा दिन्छ कि परमेश्वरको अस्तित्वलाई स्पष्ट रूपले ब्रम्हाण्डमा (भजन संग्रह 19:14), प्रकृतिमा (रोमी 1:18-22), र स्वयंको हृदयहरुमा (उपदेशक 3:11) देख्न सकिन्छ। यति सबै भनि सकेपछि, परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्न सकिदैन; यसलाई विश्वास द्वारा स्वीकार गर्न पर्दछ।

ठीक त्यसै समयमा, नास्तिकवादमा विश्वास गर्नको लागि पनि उति नै भरोसाको आवश्यकता छ। आफैमा एउटा पूर्ण कथन भन्नुको लागि "परमेश्वरको अस्तित्व छैन" यो दावा गर्नु हो कि जान्नको लागि जे पनि छ त्यो सबैलाई पूर्ण रीतिले जान्द छन् र यो कि ब्रम्हाण्डमा प्रत्येक स्थानको माथि विद्यमान हुनु र जे पनि देखिन्छ त्यो उहाँको गवाही हो। उसमा कुनै सन्देह छैन कि कोहि पनि नास्तिक यस प्रकारको दावा गर्न सक्दैनन। तर फेरी पनि, यो आवश्यक रूपमा यस्तो कुरा हो जसलाई उनीहरुले दावा गर्दछन कि जब उनीहरुले यो कथन दिन्छन कि परमेश्वरको अस्तित्व बिल्कुल नै छैन। नास्तिकहरुले यो प्रमाणित गर्न सक्दैनन कि परमेश्वर, उदाहरणको लागि, सूर्यको केन्द्रमा, वा बृहस्पतिको बादलको तल, वा केहि टाढा नेबुलामा रहन्छन। किनकी त्यो स्थान निरीक्षण गर्नको क्षमता हामीमा छैन, त्यसैले यो पनि प्रमाणित हुन सक्दैन कि परमेश्वरको अस्तित्व छैन। यसको लागि एउटा नास्तिकवादीलाई त्यति नै विश्वास जति विश्वास एउटा ईश्वरवादीलाई आवश्यकता छ।

नास्तिकवादलाई प्रमाणित गर्न सकिदैन, र परमेश्वरको अस्तित्वलाई विश्वास द्वारा स्वीकार गर्नु पर्छ। स्पष्ट छ कि, ख्रीष्ट विश्वासी धेरै दृढ़तासँग विश्वास गर्छन कि परमेश्वरको अस्तित्व छ, र यो मान्छन कि परमेश्वरको अस्तित्व विश्वासको विषय हो। ठीक त्यसै समय, हामी यस मान्यताको विचारलाई अस्वीकार गरि दिन्छ कि परमेश्वर विसगंत हुनुहुन्छ। हामी विश्वास गर्छौं कि परमेश्वरको अस्तित्वलाई स्पष्ट रूपले देख्नु, ध्यानले अनुभव र दार्शनिक र वैज्ञानिक दृष्टिले अवश्य नै प्रमाणित गर्न सकिन्छ। "स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ। आकाश-मण्डलले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ। प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ। अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ। तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ। उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं। तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ। तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्।" (भजन संग्रह 19:1-4)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

नास्तिकवाद के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries