के सर्वनाशवाद बाइबल आधारित हो?



प्रश्न: के सर्वनाशवाद बाइबल आधारित हो?

उत्तर:
सर्वनाशवाद एउटा यस्तो मान्यता हो जहाँ अविश्वासी नरकको पीड़ालाई अनन्तकालको लागि अनुभव गर्दैनन, तर यसको अपेक्षा मृत्यु पश्चात् निभ्नु वा "समाप्त" हुनु हो। धेरैको लागि, मानिस अनन्तकालको लागि नरकको पीड़ालाई अनुभव गर्ने छन्, विचारको डरको कारण सर्वनाशवाद एउटा आकर्षक मान्यता हो। जब कि पवित्र शास्त्रमा केहि यस्तो संदर्भ छ जुन सर्वनाशवादको लागि दलील दिने आशा दिन्छ, जुन एउटा यस्तो व्यापक दृष्टिकोण हो जसको अनुसार बाइबल दुष्टहरुको लक्ष्य वा गंतव्यको बारेमा प्रकट यस तथ्यमा गर्दछ कि नरकमा दण्ड अनन्तकालको लागि हो। सर्वनाशवादमा मान्यता एउटा वा धेरै धर्मसिद्धान्तहरुको गलत समझ अनुसरण गर्नुको परिणामस्वरूप आउदछ: 1) पापको परिणाम, 2) परमेश्वरको न्याय, 3) नरकको प्रकृति।

नरकको प्रकृतिको सम्बन्धमा, सर्वनाशवादीहरुले आगोको झीलको अर्थको बारेमा गलत धारणा रख्दछन्। स्पष्ट छ, कि यदि मानिसलाई जल्दै गरेको लाभाको झीलमा हाली दियो भने, तब त्यो तुरन्तै पूर्ण तरिकाले भस्म हुनेछ। तर फेरी पनि, आगोको झील दुबै अर्थात् एउटा शरीरिक र लौकिक क्षेत्र हो। यो केवल मात्र एउटा शरीरिक देह होइन जसलाई आगोको झीलमा हालिने छ; यो मानिसको शरीर, प्राण र आत्मा हो। एउटा आत्मिक स्वभाव भौतिक आगोले भस्म हुदैन। यस्तो देखिन्छ कि उद्धार न पाएकाहरु ठीक त्यसै गरि नै जसरी उद्धार पाएकाहरु एउटा यस्तो शरीरको साथमा बौरी उठ्ने छन जो कि अनन्तकालको लागि तैयार हुनेछन (प्रकाश 20:13; प्रेरित 24:15)। यो शरीर अनन्तकालको गंतव्यलाई पाउनको लागि तैयार गरिएको हो।

अनन्तकाल एउटा र यस्तो पक्ष हो जसलाई सर्वनाशवादी पुरै तरिकाले बुझ्नमा विफल भएका छन्। सर्वनाशवादीले ठीक भन्छन किनकी यूनानी शब्द आईयोनियोन, जसलाई अक्सर "अनन्तकाल" को लागि अनुवाद गरिएको छ, आफ्नो परिभाषा अनुसार "अनन्तकाल" को अर्थ दिदैनन। यो विशेष रूपले एउटा यस्तो "युग" वा "ईयोन" अर्थात् समयको एउटा विशेष अवधिको तर्फ संकेत दिन्छ। तर पनि, यो स्पष्ट छ कि नयाँ नियममा, आईयोनियोन लाई धेरै पटक समयको अनन्तकालको लम्बाईको लागि संकेत दिनुको लागि उपयोग गरिएको छ। प्रकाश 20:10 ले शैतान, पशु र झूटो भविष्यद्वक्ताको बारेमा भन्दछ जसलाई "दिन र रात सदैव युगानुयुग" पीड़ामा छटपटी रहनको लागि आगोको झीलमा हाली दिएको छ। यो स्पष्ट छ कि यी तीनै त्यहाँ निर आगोको झीलमा हाली दिए पछि पनि "समाप्त" हुदैन्न। किन उद्धार न पाएकाहरुको गंतव्य यिनीहरु मध्य भिन्न हुनेछ (प्रकाश 20:14-15)? मत्ती 25:46 नरकको अनन्तकालको हुनुको लागि सबै भन्दा अधिक विश्वनीय प्रमाण हो, "तब तिनीहरु [उद्धार नपाएकाहरु] अनन्त दण्डको भागी हुने छन्, तर धर्मी जनहरु अनन्त जीवनमा प्रवेश गर्ने छन्।" यस वचनमा, त्यही यूनानी शब्दको उपयोग भएको छ जुन दुष्टहरु र धर्मीहरुको गंतव्यको तर्फ संकेत गर्दछन। यदि दुष्टहरुलाई केवल एउटा "युग" को लागि मात्र पीड़ा सहन गर्नु हो, तब त्यो धर्मी केवल स्वर्गमा एउटा "युग" को लागि मात्र जीवनको अनुभव गर्ने छ। यदि विश्वासी स्वर्गमा सदैवकालको लागि रहनेछ, तब अविश्वासी पनि नरकमा सदैवकालको लागि रहने छ।

सर्वनाशवादिहरु द्वारा नरकको अनन्तकालको लागि एउटा तर्फ बाट अक्सर गर्ने आपत्ति यो हो कि यो परमेश्वरको लागि अनन्यायपूर्ण कुरा हुनेछ कि उहाँले अविश्वासिहरुलाई नरकमा सदैवकालको लागि पापको एउटा सीमित मात्राको कारण हाली दिनुहुन्छ। यो परमेश्वरको लागि कसरी सही हुनेछ कि एउटा व्यक्ति जो पापले भरिएको जीवनलाई, 70- वर्ष सम्म यापन गरेको छ, लाई लिई र उसलाई पूरै अनन्तकालको दण्ड दिनु? उत्तर यो हो कि हाम्रो पाप एउटा अनन्तकालको परिणामलाई ल्याउद छ किनकी यो एउटा अनन्तकालीन परमेश्वरको विरूद्धमा गरिएको हो। जब राजा दाऊदले व्यभिचार र हत्याको पाप गरे तब उनले यस्तो भने, "तपाईंको विरूद्धमा मात्र मैले पाप गरें, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें।..." (भजन संग्रह 51:4)। दाऊदले बतशेबा र ऊरिय्याहको विरूद्धमा पाप गरेका थिए; फेरी कसरी दाऊदले यो दावा गर्न सक्छन कि उनीले परमेश्वरको विरूद्धमा नै केवल पाप गरेका थिए? दाऊदले बुझे कि सबै पापहरु अन्तमा परमेश्वरको विरूद्धमा हुन्छ। परमेश्वर एउटा अनन्तकाल र असीमित प्राणी हो। परिणामस्वरूप, उहाँको विरूद्ध गरेको सबै पापहरु एउटा अनन्तकालीनको दण्डलाई प्राप्त गर्नको योग्य छ। हामी कति लामो समय सम्म पाप गरि रहन्छौं, यसले कुनै मान्यता राख्दैन, तर यो मान्यता राख्छ कि हामीले परमेश्वरको चरित्र विरुद्धमा पाप गर्छौं।

सर्वनाशवादको एउटा अर्को व्यक्तिगत् पक्ष यो विचार हो कि हामी संभवत: स्वर्गमा आनन्द साथ हुने छैनौँ यदि हामीले यो जान्द छौँ कि हाम्रो केहि प्रिय जन अनन्तकालको लागि नरकको पीड़ामा दुख उठाई रहेका छन्। तर फेरी पनि, जब हामी स्वर्गमा पुग्ने छौँ, तब हामीसँग गुनासो गर्नको लागि वा उदासले भरिएको केहि पनि कुरा हुने छैन। प्रकाश 21:4 ले भन्दछ कि, "परमेश्वरले तिनीहरूको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ; अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बितेर गए।" यदि हाम्रो केहि प्रिय जन स्वर्गमा भएनन भने, तब हामी 100 प्रतिशत पूर्ण सहमत हुने छौँ कि त्यो त्यहाँ बाट सम्बन्धित छैन र त्यो आपनो स्वयं द्वारा येशू ख्रीष्टलाई आफ्नो उद्धारकर्ता स्वीकार गर्न बाट इन्कार गरि दिएको कारणले दोषी ठहराइने छन (यूहन्ना 3:16; 14:6)। यसलाई बुझ्न कठिन छ, तर हामी उनीहरुको उपस्थितिको कमीको कारणले दुखी नहौं। हाम्रो ध्यान यस कुराको माथि हुनु हुदैन कि हामी कसरी स्वर्गमा हाम्रो प्रिय जनहरु बिना आनन्दित हुनेछौं, तर यस कुराको तर्फ हुनु पर्दछ कि हामी कसरी हाम्रो प्रिय जनहरुलाई ख्रीष्टमा विश्वासको तर्फ संकेत गर्न सक्छौं ता कि उनीहरु पनि त्यहाँ होउन।

नरक शायद एउटा प्राथमिक कारण हो कि किन परमेश्वरले येशू ख्रीष्टलाई हाम्रो पापहरुको दण्डको जुर्मानालाई तिर्नको लागि पाठउनु भयो। मृत्यु पछि "समाप्त" हुने गंतव्यको विनाश छैन, तर नरकमा अनन्तकाल निश्चित रूपले निर्धारित छ। येशूको मृत्यु एउटा असीमित मृत्यु हो, जसले हाम्रो असीमित पापको ऋणलाई तिरी दिनुभएको छ ता कि हामी नरकको अनन्तकालको पीड़ालाई भोग्न नपरोस (2 कोरिन्थी 5:21)। जब हामी हाम्रो विश्वासलाई उहाँमा रख्दछौँ, हामी बचाईने, क्षमा, शुद्ध भइ र स्वर्गमा अनन्तकालको लागि एउटा घरको प्रतिज्ञालाई पाउछौ। तर यदि हामी परमेश्वरको वरदान अनन्कालको जीवनलाई अस्वीकार गर्छौं भने, हामी यस निर्णयको कारण अनन्तकालको परिणामहरुको सामना गर्ने छौँ।



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश



के सर्वनाशवाद बाइबल आधारित हो?