settings icon
share icon
प्रश्न

स्वर्गदूतहरुको विषयमा बाइबलले के भन्छ?

उत्तर


स्वर्गदूतहरु व्यक्तिगत आत्मिकी प्राणीहरु हुन् जोसँग विवेकहरु, भावनाहरु र इच्छाहरु हुन्छन्। योचाहिँ सत्य कुरा हो, असल र खराब दूतहरु (दियाबलस) दुबै हुन्छ। दूतहरुसँग ज्ञान हुन्छ (मत्ती ८:२९; २कोरिन्थी ११:३; १पत्रुस १:१२), भावना देखाउँछ (लूका २:१३; याकूब २:१९; प्रकाश १२:१७), र इच्छालाई प्रयोग गर्छन्: (लूका ८:२८-३१; २तिमाथी; २:२६ यहूदा ६)। दूतहरु वास्तविक भौतिक शरीरहरु नभएका आत्माहरु हुन् (हिब्रू १:१४)। तिनीहरुको भौतिक शरीरहरु नभए तापनि तिनीहरु व्यक्तिहरु नै हुन्।

तिनीहरु सृष्टि गरिएका प्राणीहरु भएका हुनाले, तिनीहरुका ज्ञान सीमित छन्। यसको अर्थ हुन्छ परमेश्वरले जान्नु भएझैं सबै कुराहरु तिनीहरुले जान्दैनन् (मत्ती २४:३६)। तिनीहरुसँग मानिसजातिसँग भन्दा धेरै ज्ञान भए जस्तो देखिए, तापनि, त्योचाहिँ तीनओटा कुराहरुको कारणले गर्दा हुनसक्दछ। पहिलो, दूतहरुलाई प्राणीहरुको क्रमको रुपमा मानिसजातिभन्दा उच्चमा सृष्टि गरियो। त्यसैकारण, तिनीहरुसँग धेरै नै ज्ञान भएका हुन्। दोस्रो, दूतहरुले बाइबल र संसारलाई मानिसजातिले भन्दा अझ विस्तारपूर्वक अध्ययन गरेका छन् र यसबाट ज्ञान प्राप्त गर्दछन् (याकूब २:१९; प्रकाश १२:२)। तेस्रो, दूतहरुले मानिसको क्रियाकलापलाई लामो समयसम्म अध्ययन गरेर ज्ञान प्राप्त गर्छन्। मानिसजातिले झैं, स्वर्गदूतहरुले विगतको अध्ययन गर्नुपर्दैन; यसलाई तिनीहरुले अनुभव गरेका छन्। त्यसकारण, परिस्थितिहरुमा अरुहरुले कसरी कार्य गरेका छन् र प्रतिक्रृया जनाएका छन् भनेर जान्दछन् र त्यस्तै परिस्थितिहरुमा हामीले पनि त्यसरी नै कार्य गर्नुपर्दछ भनेर ठूलो परिशुद्धतासँग व्यवहार गर्न सक्छन्।

तिनीहरुसँग इच्छाहरु भए तापनि, स्वर्गदूतहरु, सबै प्राणीहरुझैं, परमेश्वरको इच्छाको अधीनमा छन्। विश्वासीहरुलाई सहायता गर्न परमेश्वरद्वारा असल दूतहरुलाई पठाइँदछ (हिब्रू १:१४)। यहाँ केही कार्यहरु छन् जसलाई स्वर्गदूतहरुले गरेका हुन् भनेर बाइबलले भन्दछ: तिनीहरुले परमेश्वरलाई प्रशंसा दिन्छन् (भजन संग्रह १४८:१-२; यशैया ६:३)। तिनीहरुले परमेश्वरको आराधना गर्छन् (हिब्रू १:६; प्रकाश ५:८-१३)। परमेश्वरले गर्नुभएको कुरामा तिनीहरुले रमाहट गर्छन् (अय्यूब ३८:६-७)। तिनीहरुले परमेश्वरका सेवा गर्छन् (भजन संग्रह १०३:२०; प्रकाश २२:९)। तिनीहरु परमेश्वरसामु हाजिर हुन्छन् (अयूब १:६; २:१)। तिनीहरु परमेश्वरका इन्साफका साधनहरु हुन् (प्रकाश ७:१; ८:२)। तिनीहरुले प्रार्थनाको प्रतिउत्तर ल्याउँछन् (प्रेरित १२:५-१०)। मानिसहरुलाई ख्रीष्टमा जित्नलाई तिनीहरुले सहायता गर्छन् (प्रेरित ८:२६; १०:३)। तिनीहरुले ख्रीष्टियन आज्ञा, काम र कष्टलाई हेरविचार गर्छन् (१कोरिन्थी ४:९; ११:१०; एफिसी ३:१०; १पत्रुस १:१२)। संकष्टको समयमा तिनीहरुले उत्साह दिन्छन् (प्रेरित २७:२३-२४)। मृत्युको क्षणमा तिनीहरुले धर्मीजनको हेरचाहा गर्छन् (लूका १६:२२)।

स्वर्गदूतहरु मानिसजातिभन्दा पूर्णरुपले बेग्लै जीवहरु हुन्। मानिसजातिहरु मरेपछि स्वर्गदूतहरु बन्दैनन्। स्वर्गदूतहरु कहिले पनि मानिसजाति बन्नेछैनन् र कहिल्यै थिएनन् पनि। परमेश्वरले मानिसजातिलाई सृष्टि गर्नुभए अनुरुप नै उहाँले स्वर्गदूतहरुलाई पनि सृष्टि गर्नुभयो। मानिसजातिलाईझैं स्वर्गदूतहरुलाई पनि परमेश्वरको स्वरुपमा र प्रतिरुपमा सृष्टि गरिका हुन् भनेर बाइबलले कहीं पनि उल्लेख गर्दैन (उत्पति १:२६)। स्वर्गदूतहरु आत्मिकी जीवहरु हुन्, जसले एउटा निश्चित हदसम्म, भौतिक रुप लिन सक्छन्। मानिसहरु मूलरुपमा भौतिक प्राणीहरु हुन्, तर एउटा आत्मिकी रुपमा। पवित्र स्वर्गदूतहरुबाट हामीले सिक्न सक्ने सबैभन्दा ठूलो कुरो, परमेश्वरको आज्ञाप्रतिको तिनीहरुको तत्काल र सन्देहरहितको आज्ञाकारीता हो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

स्वर्गदूतहरुको विषयमा बाइबलले के भन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries