settings icon
share icon
प्रश्न

के अन्तरिक्षीए प्राणी वा उडान वस्तु जस्तै कुनै वस्तु छ?

उत्तर


सबै भन्दा पहिले, आउनुहोस् "अन्तरिक्षीए प्राणिहरु" यस्तो प्राणी जो नैतिक चुनाव गर्ने योग्यता, जोसंग बुद्धि, भावना र इच्छा छ," को रूपमा परिभाषित गरौँ। यसको पश्चात् केहि वैज्ञानिक तथ्यहरु दिइएको छ:

1. मानिसले हाम्रो सौर प्रणालीको लगभग प्रत्येक ग्रहमा अंतरिक्ष यान पठाएका छन्। यी ग्रहहरुको अवलोकन गरे पश्चात्, हामीले मंगल र बृहस्पतिको एउटा चन्द्रमालाई छोडी अन्य सबै ग्रहहरुको माथि जीवनलाई सहायता दिनमा सक्षम हुनको संभावनालाई छोडी दियौं।

2. सन् 1976 मा, संयुक्त राज्य अमेरिकाले दुई यानहरुलाई मंगल पठाएका थिए। प्रत्येकसँग यस्तो उपकरण थियो जो कि यस ग्रहको माटोलाई खन्नु र यसमा जीवनको हुनुको चिन्हको विश्लेषण गर्न सक थियो। उनीहरुले वहाँ पूर्णतया केहि पनि पाएनन्। यसको विपरीत, यदि तपाईं पृथ्वीको सबै भन्दा धेरै बांझो क्षेत्र रेगिस्तानको माटोको वा अंटार्कटिकामा सबै भन्दा धेरै जमीएको फोहोरको विश्लेषण गर्न, तब तपाईं यसमा सूक्ष्म-जीवहरुको प्रसस्ततालाई पाउने छन्। सन् 1997 मा संयुक्त राज्य अमेरिकाले, मंगलको धरातलको माथि पॉथफाईन्डर नामक यानलाई पठाए। यस भ्रमण गर्ने यानले अझै धेरै नमूनाहरुलाई एकत्र गरे र अझै धेरै परीक्षणहरुलाई प्रयोग गरियो। यसले पनि जीवनको कुनै चिन्हलाई पूर्ण तरिकाले पाएनन्। त्यस समय देखि लिएर, मंगल ग्रहको माथि धेरै अरु यानहरुलाई पठाई परीक्षण मिशनहरुलाई पूरा गरेका छन्। परिणाम सदैव त्यही नै रहेको छ।

3. खगोलविद् निरन्तर नयाँ ग्रहहरु बाट टाढाको सौर प्रणालिहरुको पत्ता लगाई रहेका छन्। कोहि यो प्रस्ताव दिन्छन कि यति धेरै ग्रहहरुको अस्तित्वले यो प्रमाणित गर्छ कि यस ब्रम्हाण्डमा कहीं न कहीं अर्को जीवन अवश्य हुनु पर्छ। सत्य त यो हो कि यस मध्य कसैले पनि यो प्रमाणित गरेको छैनन् कि जीवन-लाई-सहायता दिने कुनै ग्रह नजिक कहीं छ। पृथ्वी र यी ग्रहहरु मध्यको धेरै नै दूरी जीवनलाई संभावनाको यसको क्षमताको संभावनालाई असंभव गरि दिन्छ। यो थाहा हुदा पनि कि पृथ्वी एक मात्र हाम्रो सौर प्रणालीमा जीवनलाई सहायता दि रहेको छ, विकासवादी धेरै खराब तरिकाले एउटा अन्य ग्रहको कुनै अन्य सौर प्रणालीमा हुने धारणको समर्थन गर्दछ जसले गर्दा जीवन विकसित हुने छ। वहाँ माथि कहिँ अझै धेरै ग्रह पनि छ, तर हामी निश्चित रूपले पर्याप्त तिनीहरुको बारेमा यस कुराको सत्यापनको लागि जान्दैनौ कि त्यसले जीवनलाई बनाई राख्न सक्दछ।

यस कारण, बाइबलले यसको बारेमा के भन्दछ? पृथ्वी र मानिस परमेश्वरको सृष्टिको विशेष कला हो। उत्पत्ति 1 ले हामीलाई यो शिक्षा दिन्छ कि परमेश्वरले पृथ्वीलाई सूर्य, चन्द्रमा र ताराहरु भन्दा पहिले रच्नु भएको थियो। प्रेरित 17:24, 26 ले भन्छ, "परमेश्वर, जसले संसार र त्यसमा भएका यावत् थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु भएका हुनाले हातले बनाएको मन्दिरमा वास गर्नुहुन्न ...उहाँले एक जनाबाट समस्त पृथ्वी वास गर्न मानिसको प्रत्येक जाति बनाउनुभयो, तिनीहरुका निवासका अवधि र सीमा पनि तोकिदिनुभायो।"

वास्तवमा, मानिस बिना कुनै पाप थिए, र यस संसारको सबै कुरा "धेरै राम्रो" थियो (उत्पत्ति 1:31)। जब प्रथम पुरूषले पाप गरे (उत्पत्ति 3), तब परिणाम सबै किसिमको समस्याहरुमा निक्लियो, जसमा बिमारीहरु र मृत्यु पनि सम्मिलित छन्। जब कि पशुहरुले परमेश्वरको सामने कुनै व्यक्तिगत् पाप गरेका थिएनन (उनि नैतिक प्राणी थिएनन), तर उनीहरु फेरी पनि दुख उठाउछन् र मर्दछन (रोमी 8:19-22)। येशू ख्रीष्ट त्यस सजायलाई टाढा गर्नको लागि मर्नु भयो जो हाम्रो पापहरुको कारण निर्धारित गरिदिएको थियो। जब उहाँ पुन: फेरी आउनु हुनेछ, तब उहाँ त्यी सारा श्रापहरुलाई हटाई दिनेछ जो आदमको समयदेखि अस्तित्वमा छ (प्रकाश 21-22)। रोमी 8:19-22 को माथि ध्यान दिदै, जसले यो भन्दछ कि सारा सृष्टि यसको हुनुको समयको प्रतिक्षामा छ। यो पनि ध्यान दिन महत्वपूर्ण छ कि ख्रीष्ट मानिसजातिको लागि मर्नको लागि आउनु भयो र केवल एकपटक मात्र मर्नु भयो (हिब्रू 7:27; 9:26-28; 10:10)।

यदि सारा सृष्टि अहिले पनि श्रापको अधीन दुखलाई उठाउदै छ भने, यस पृथ्वीमा कही अरु पनि जीवनको दुखलाई उठाई रहेका छन्। यदि, बहसको लागि, नैतिक प्राणी कुनै अन्य ग्रहहको माथि अस्तित्वमा छ, तब उनीहरु पनि दुख उठाई रहेका छन्; र यदि अहिले होइन, तब त्यो निश्चित छ कि कुनै अर्को दिन दुखलाई उठाउने छन जब सबै कुरा एउटा ठुलो स्वोरको शब्दको साथ हटाइने छ र तत्व धेरै नै तप्त भएर पग्लिन्छ (2 पत्रुस 3:10)। यदि उनीहरुले कहिल्यै पाप गरेका छैनन, तब परमेश्वर उनिहरुलाई सजाय दिन अन्यायी हुनेछ। तर यदि उनीहरुले पाप गरेका छन्, र ख्रीष्ट उनीहरुको लागि एक पटक मरे (जो कि उहाँ यस पृथ्वीको माथि गरि दिए), तब उनीहरु आफ्नो पापमा छोडी दिएका थिए, जो परमेश्वरको चरित्रको विपरीत हुनेछ (2 पत्रुस 3:9)। यो हामीलाई एउटा नसुलझिएको विरोधाभासको साथ छोडी दिनु हुन्छ – जब सम्म यसमा कुनै सन्देह छैन कि यस पृथ्वीदेखि बाहिर कुनै अरु नैतिक प्राणी छैनन।

अन्य ग्रहहरुको गैर-नैतिक र गैर- संवेदनशील जीवनको बारेमा के भन्यौ? के कुनै अज्ञात ग्रहको माथि शैवाल वा यहाँ सम्म कि कुकुर र बिरलोहरु अस्तित्वमा हुन सक्छ? अनुमानको अनुसार हुन सक्छ, र यो कुनै तरिकाले बाइबल आधारित कुनै पनि मूलपाठलाई कुनै वास्तविक नुक्सान पुराउदैनन। तर जब यस प्रकारको प्रश्नहरुको उत्तर दिइन्छ तब यो निश्चित छ समस्यालाई प्रमाणित गर्छ "किनकी सारा सृष्टिले पिडा उठाउदै छ, तब गैर-नैतिक र गैर-संवेदनशील प्राणिहरुको रचनामा परमेश्वरको के उद्देश्य रहेको होला कि त्यी टाढा ग्रहहरुको माथि दुख उठाउन?"

सारांशमा, बाइबलमा विश्वास गर्नको लागि कुनै पनि यस्तो कारण दिदैंन कि ब्रम्हाण्डमा कहीं अरु जीवन छ। सत्य त यो हो, धेरै नै आश्चार्यचकित गरि दिने र व्याख्या नगर्न घटनाहरु घटित भइ रहेको छ।जब कि यसको पछि यस्तो कुनै कारण छैन कि यस तरिकाको घटनाहरु अन्तरिक्षीए प्राणिहरु वा उडान वस्तुको लागि सम्बन्धित गर्न सकिन्छ। यदि यी अनुमानित घटानाहरुको कुनै समझयोग्य कारण छ, तब यो आत्मिक हेनेछ, र धेरै विशेष रूपले भन्न,यो आफ्नो उत्पत्तिमा शैतानिक हेनेछ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के अन्तरिक्षीए प्राणी वा उडान वस्तु जस्तै कुनै वस्तु छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries