settings icon
share icon
प्रश्न

मृत्यु पछि के हुन्छ?

उत्तर


ख्रीष्टियन विश्वास भित्र, मृत्यु पछि के हुन्छ भन्ने प्रश्न अल्मल्याउने किसिमको हुन सक्छ। कोहि मानिसहरु यो पनि सोच्छन कि, प्रत्येक व्यक्ति अन्तिम न्याय सम्म “सुतेको” अवस्थामा रहन्छन। जबकि अन्य मानिसहरुले यो सोच्छन कि, मृत्यु हुन साथ उनीहरुको तुरुन्तै न्याय हुन्छ र उनीहरु लाई अनन्त गन्तव्य तर्फ पठाइने छ। तर अरु मानिसहरुले यो दावी गर्दछन् कि जब मानिसहरु मर्दछन्, उनीहरुको आत्मा/प्राण “अस्थायी” स्थानमा पठाइने छ, अन्तिम बौरी उठाईको प्रतिक्षा गर्नलाई, अन्तिम न्यायको लागि, अन्तिम र अनन्त गन्तब्यमा पुग्नेछ। त्यसैले, मृत्युको पछि वास्तवमा के हुन्छ, भन्ने बारेमा बाइबलले हामीलाई वास्तवमा के बताउद छ?

पहिले, येशू ख्रीष्टमा विश्वास गर्नेहरुलाई, बाइबलले यो बताउँदछ कि विश्वासीहरुको मृत्यु पछि उनीहरुको प्राण/आत्मा लाई स्वर्गमा लैजाने छन्, किनकि हामीहरुको पाप प्रभु येशू ख्रीष्टलाई मुक्तिदाताको रुपमा ग्रहण गरेको हुनाले क्षमा भएका छन् (यहून्ना ३:१६, १८, ३६)। विश्वासीहरुका निम्ति, मृत्युपछि “शरीरबाट अलग भएर प्रभुसँग रहनु” हो (२ कोरिन्थी ५:६-८; फिलिप्पी १:२३)। यद्यपि, १ कोरिन्थी १५:५०-५४ र १ थेसलोनिकी ४:१३-१७ खण्डहरुले यस्तो व्याख्या गर्दछ कि विश्वसीहरु बौरी उठनेछन् र उनीहरु लाई महिमामयी शरीर दिनेछ। यदि विश्वासीहरु मृत्यु पछि तुरन्तै येशू संग जाने भए, बौरी उठाईको उदेश्य के हुने थियो? यस्तो देखिन्छ कि विश्वासीको प्राण र आत्मा मृत्युको पछि तुरन्तै ख्रीष्टसँग जानेछ, भौतिक शरीर मात्र चिहानमा “सुतेको” रहन्छ। विश्वासीहरुको बौरी उठाईको बेला, भौतिक शरीर बौरी उठने छ, महिमित, र प्राण/आत्मा एक हुनेछ। यो एकता पाएको र महिमित शरीर-प्राण-आत्मा नयाँ स्वर्ग र नयाँ पृथ्वीमा अनन्तकालको लागि विश्वासीहरुको हुनेछ (प्रकाश २१-२२)।

दोस्रो, तिनीहरु जसले येशू ख्रीष्टलाई मुक्तिदाताको रुपमा ग्रहण गरेका छैनन, मृत्यु भनेको अनन्त दण्ड हो। यद्यपि विश्वासीहरुको गन्तब्य जस्तै, अविश्वासीहरु पनि मृत्युपछि तुरन्तै अस्थायी स्थानमा पाठइने छन्, जहाँ उनीहरु अन्तिम रुपमा बौरी उठनको लागि, न्यायको लागि, र अनन्तकालको गन्तब्यको प्रतिक्षा गर्दछन। लुका १६:२२-२३ ले व्याख्या गर्दछ कि एउटा धनी व्यक्तिको मृत्यु पछि उसलाई तुरुन्तै यातना दिएको थियो। प्रकाश २०:११-१५ सम्मका पदहरुले ति सबै अविश्वासीहरुको मृत्यु पछि ठुलो सेतो सिहाँसन अघि, र अग्नि कुण्डमा फालिएकाहरुको र मृत्युबाट बौरिउठ्नुको विषयमा वर्णन गर्दछ। अविश्वासीहरुको मृत्युको तुरुन्तै पछि नरक (आगोको झील) मा पठाईदैन्न, तर उनीहरु न्याय र दोषी हुनुको लागि एक अस्थायी स्थानमा पठाएका हुने छन्। यद्यपि, अविश्वासीहरुलाई तुरुन्तै आगोको झीलमा फालिदैन, उनीहरुको स्थिति मृत्युको तुरुन्तै पछि राम्रो हुदैन। धनी मान्छेले कराएर भन्यो, “म यस ज्वालामा भयड़्कर वेदना पाइरहेछु” (लूका १६:२४)।

यसकारण, मृत्युपछि एउटा व्यक्ति “अस्थायी” स्वर्गमा वा नरकमा बस्छ। यो अस्थायी स्थान पछि, अन्तिम बौरी उठाई पछि, त्यो व्यक्तिको अनन्त गन्तब्य चाहिँ परिर्वतन हुने छैन। केवल उसको अनन्तकलको गन्तब्यको “स्थान” नै हो जुन परिर्वतन हुनेछ। विश्वासीहरुले मात्रै नयाँ स्वर्ग र नयाँ पृथ्वीमा प्रवेश हुने अनुमति पाउने छन् (प्रकाश २१:१)। अन्तमा अविश्वासीहरु चाहिँ अग्निकुण्डमा फालिएका हुनेछन् (प्रकाश २०:११-१५)। यी नै सबै मानिसहरुका लागि अन्तिम र अनन्त गन्तब्यहरु हुन— जो सम्पुर्ण रुपले तिनीहरुका पापको मुक्तिको लागि केवल ख्रीष्ट येशुमाथि तिनीहरुको भरोसा राखेको थिय वा थिएनन् भन्ने कुरामा आधारित छ (मत्ती २५:४६; यहून्ना ३:३६)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मृत्यु पछि के हुन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries