पूर्ण सत्य/सार्वभौमिक सत्य – के यस्तो कुनै कुरा छ?



प्रश्न: पूर्ण सत्य/सार्वभौमिक सत्य – के यस्तो कुनै कुरा छ?

उत्तर:
पूर्ण वा सार्वभौमिक सत्यलाई बुझ्नको लागि, हामीलाई सत्यको परिभाषाबाट आरम्भ गर्नु पर्छ। शब्दकोष अनुसार, सत्य "वास्तविकता वा तथ्यको अनुरूप; एक प्रमाणित कथन हुनु पर्छ वा जसलाई सत्यको रूपमा स्वीकार गर्न सकिओस्।" केहि मानिसले यस्तो पनि भन्छन कि वास्तविकतामा कुनै सत्यता छैन, केवल आत्मबोध र सोच विचार मात्र हो। अन्यहरुले यस्तो दलील दिन्छन कि यसमा जरूर केहि न केहि वास्तविकता वा सत्यता हुनु पर्छ।

एउटा दृष्टिकोण यस्तो भन्छ कि कुनै यस्तो पूर्ण सत्य नै छैन जसले वास्तविकतालाई परिभाषित गर्छ। त्यी जो यस दृष्टिकोणलाई थामी राख्छन, विश्वास गर्दछन कि सबै कुरा एक अर्कोमा सम्बन्धित छन, र परिणामस्वरूप कुनै वास्तविक वास्तविकता हुनै सक्दैन। यस कारण, अतत: नैतिक रूपमा कुनै पूर्ण सत्य नै छैन, कुनै अधिकार सही वा गलतको निर्णय लिनुको लागि होइन कि एउटा कार्य सकारात्मक वा नकारात्मक। यो दृष्टिकोणले "परिस्थिति आधारित नैतिकता" को तर्फ लैजान्छ, जसको मान्यता अनुसार जे कुनै पनि गलत वा सही छ, त्यो त्यस स्थितिसँग सम्बन्धित छ। केहि पनि सही वा गलत हुँदैन; त्यसैले जे कुरा पनि एउटा दिएको परिस्थितिमा र त्यस समयमा सही वा गलत महसूस हुन्छ, त्यही नै सही हो। यसमा कुनै सन्देह छैन कि, परिस्थिति आधारित नैतिकता आत्मानिष्ठक अर्थात् व्यक्तिपरकता, अर्थात् "जे पनि सही महसूस हुन्छ," को मानसिकता र जीवनशैलीको तर्फ लैजान्छ, जसको समाज र व्यक्तिहरुको माथि विनाशकारी प्रभाव पर्दछ। यो उत्तरआधुनिकतावाद हो, एउटा यस्तो समाजको रचना गर्नु जुन सबै प्रकारको मूल्यहरु, मान्यताहरु, जीवनशैली र सत्यको दावाहरुलाई समान रूपले वैध मान्दछ।

एउटा अन्य दृष्टिकोणले यो पनि मान्दछ कि यहाँ निर वास्तवमा पूर्ण वास्तविकताहरुको अरु मापदण्ड हो, जसलाई यहाँ परिभाषित गर्दछ कि सत्यता के हो र के होइन। परिणामस्वरूप कार्यहरुलाई यी पूर्ण मापदण्डहरुको आधारमा निर्धारित गर्न सकिन्छ कि उनीहरु सही हो वा गलत हो। यदि केहि पूर्णता होइन, केहि वास्तविकता होइन भने, तब गड़बड़ीको आरम्भ हुनेछ। उदाहरणको लागि, गुरूत्वाकर्षणको नियम अनुसार, यदि यो एउटा पूर्ण सत्य नभएको भए, तब हामी निश्चित हुन सक्दैन थियौ कि हामी कुनै एउटा स्थानमा खडा रहन सक्छौ वा सक्दैनौ जब सम्म हामीले त्यहाँ बाट हल्लिने निर्णय लिदैनौ। वा फेरी यदि दुई दुना दुई सदैव चार हुदैन, तब सभ्यताहरुको माथि पर्ने प्रभाव विनाशकारी हुन्छ। विज्ञान र भौतिकीको नियम अप्रासंगित हुने थियो, र व्यापार गर्न असंभव हुन्छ। कति ठूलो गड़बड़ी हुने थियो! धन्यवाद सहित, दुई दुना दुई सदैव चार नै हुन्छ। पूर्ण सत्य यहाँ निर छ, यसलाई पाउन र बुझ्न सकिन्छ।

यो कथन भन्नु कि यहाँ निर कुनै पूर्ण सत्य नै छैन यो अतर्किक छ। तरपनि, आजको समयमा, धेरै मानिस सांस्कृतिक सापेक्षवादलाई अपनाउदै जान्छन जो कुनै पनि तरिकाको पूर्ण सत्यतालाई इन्कार गरिदिन्छन। त्यी मानिसहरु जसले यो भन्छन कि , "यहाँ निर कुनै पूर्ण सत्य छैन, "एउटा राम्रो प्रश्न यो सोध्नु हुनेछ कि "के तपाईं यसको बारेमा पूर्ण रूपमा निश्चित हुनुहुन्छ?" यदि उनीहरु भन्छन कि "हो" तब उनीहरुले एउटा पूर्ण कथनलाई निर्मित गरेको छन् – जो स्वयं नै पूर्ण सत्यको अस्तित्वको हुनुको माथि लागु हुन्छ। उनीहरु भन्छन कि यो सत्य हो कि कुनै पूर्ण सत्य नै छैन आफैमा एउटा अर्को पूर्ण सत्य हो।

स्वयं-विरोधाभासको समस्याको अतिरिक्त, यहाँ निर धेरै अन्य तार्किक समस्याहरु पनि छन, जसको माथि एउटा व्यक्तिलाई विजय प्राप्त गरेर यो विश्वास गर्नु हो कि कुनै पूर्ण वा सार्वभौमिक सत्य होइन। उनीहरु मध्य एउटा यो हो कि सबै मानिसहरुको सीमित ज्ञान र सीमित बुद्धि छ र त्यसैले उनीहरु तार्किक रूपले पूर्ण नकरात्मक कथनहरुलाई निर्मित गर्न सक्दैनन। एउटा व्यक्तिले तार्किक रूपले भन्न सक्छ कि, "कि कुनै परमेश्वर नै हुनुहुन्न" (यस्तो धेरै जनाले भन्न सक्छन), किनकी, यस्तो कथनलाई निर्मित गर्नको लागि, उसँग पुरै ब्रम्हाण्डको आरम्भबाट लिएर अन्त सम्म पूर्ण ज्ञान हुनु पर्छ। किनकी यो असंभव छ, त्यसैले सबै भन्दा तार्किक रूपले एउटा व्यक्ति केवल यो मात्र भन्न सक्छ, "कि यस सीमित ज्ञानद्वारा जो मेरो नजिक आउछ, म यो विश्वास गर्दिन कि कुनै परमेश्वर हुनुहुन्छ।"

पूर्ण सत्य/सार्वभौमिक सत्यको इन्कार गर्नुको साथ एउटा अन्य समस्या यो हो कि यो त्यो कुरालाई सिद्ध गर्नमा विफल हुन्छ जसलाई हामी हाम्रो विवेकमा सत्य, हाम्रो आफ्नो अनुभवहरु, र जे पनि हामी यस वास्तविक संसारमा हेर्छौ, को रूपमा जन्निछ। यदि यहाँ निर पूर्ण सत्यको रूपमा यस्तो कुनै कुरा छैन, तब कुनै पनि कुराको बारेमा केहि पनि अतत: सही वा गलत होइन। जे पनि तपाईंको लागि "सही" हुनेछ यसको अर्थ मेरो लागि "सही" हुनु होइन। जबकि धरातलमा यस किसिमको सापेक्षवाद धेरै विश्वनीय थाहा हुन्छ, तर यसको अर्थ यो हो कि प्रत्येकले आफ्नो जीवनको यापन गर्नको लागि स्वयंकि लागि नियमलाई निर्धारित गर्दछन र जस्तो उनीहरुलाई ठीक लाग्छ त्यसतै नै गर्छन। अनिवार्य रूपले, एउटा व्यक्ति सही हुनुको बोध शीघ्र नै अन्य व्यक्तिसँग संघर्षमा हुन्छ। त्यस समय के हुन्छ जब म यातायातको बत्तिहरुलाई अनदेखा गर्न आफ्नो "अधिकार" समझूँ, यहाँ सम्म कि तेती बेला पनि जब कि त्यो रातो रंग हो? मैले अनेक जीवनहरुलाई खतरामा हाली दिन्छु। वा म यो सोच्न सक्छु कि तपाईंको चोरी गर्नु सही हो, र हुन सक्छ कि तपाईं यो सोच्न सक्नु हुन्छ कि यस्तो गर्न सही होइन। स्पष्ट छ कि, सही वा गलतको हाम्रो मापदण्ड संघर्षमा छ। यदि यहाँ निर कुनै पूर्ण सत्य छैन, सही वा गलतको कुनै मापदण्ड हुँदैन जस प्रति हामीलाई जवाबदायी हुनु पर्छ, तब त हामी कुनै पनि कुराको लागि सुनिश्चित हुन सक्दैनौ। मानिस जे गर्न चहान्छन – अर्थात् हत्या, चोरी, बलात्कार, झूट बोल्नु, धोखा दिनु आदि, लाई गर्नको लागि स्वतंत्र हुनेछन, र कोहिले पनि यो भन्न सक्दैन कि यो कुरा गलत छ। कुनै सरकार, कुनै व्यवस्था, र कुनै न्याय हुन सक्दैन, किनकी कसैले पनि यहाँ सम्म यो भन्न सक्दैन कि बहुसंख्या मानिसहरुसँग सही के हो, लाई निर्माण गर्नको र उनीहरुसँग मापदण्डहरुलाई अल्पसंख्याको माथि लागू गर्नको अधिकार छ। पूर्ण सत्यहरुको बिना एउटा संसार सबै भन्दा धेरै डरलाग्दो कल्पनाहीन संसार हुनेछ।

आत्मिक दृष्टिकोणले हेर्दा, यस प्रकारको सापेक्षवाद धार्मिक भम्र, जहाँ एउटा साँचो धर्म नभए र परमेश्वरको साथ सम्बन्धको कुनै सही मार्ग नभए, को परिणामहरुबाट उत्पन्न हुन्छ। सबै धर्म यस कारण झूटो हुनेछन किनकी तिनीहरु सबैले मृत्यु पश्चात् जीवनको लागि पूर्ण दावाहरुलाई निर्मित गर्दछन। मानिसमा विश्वास गर्नुको कुरा आजको समय सामान्य हो कि दुई नाटकीय रूपले विरोधी धर्मको समान रूपले "सत्य" हुन सक्छ, जब कि दुवै धर्मले यो दावा गर्दछ कि त्यो मात्र स्वर्गमा जाने एकमात्र मार्ग हो वा दुवै पूरा तरिकाले विरोधाभासी "सत्यहरु" को शिक्षा दिन्छ। त्यी मानिस जसले पूर्ण सत्यमा विश्वास गर्दैनन्, यी दावाहरुलाई अनेदखा गरिदिन्छन र धेरै सहनशील सर्वमुक्तिवादलाई अपनाउ छन् जसले यो शिक्षा दिन्छन् कि सबै धर्म समान छन् र सबै मार्गले स्वर्गको तर्फ लान्छन। त्यी मानिस जसले यस किसिमको संसारिक दृष्टिकोणलाई अपनाउ छन, त्यी इवैंजलिकल्स अर्थात् सुसमाचार सम्मतवादिहरुको धेरै जोडले विरोध गर्दछन, जसले बाइबलमा तब विश्वास गर्छन जब उनीहरुले यस्तो भन्छन कि येशू नै "मार्ग र सत्य र जीवन" हो, र यो कि उहाँ नै सत्यको चरम प्रगटीकरण हुनुहुन्छ र उहाँनै स्वर्ग सम्म जाने एकमात्र मार्ग हो (यूहन्ना 14:6)।

सहनशीलता उत्तरआधुनिकतावादी समाजको लागि एउटा सबै भन्दा सर्वोत्तम गुण, एउटा पूर्णता बनेको छ, र त्यसैले, असहनशीलता नै केवल एउटा खराबी हो। कुनै पनि धर्मसिद्धन्ति मान्यता – विशेषगरी पूर्ण सत्यतामा मान्यता राख्छ– असहनशीलता, अन्तिम पापको रूपमा हेरिन्छ। त्यो जसले पूर्ण सत्यतालाई इन्कार गरिदिन्छन, अक्सर भन्दछन कि यो जे पनि तपाईं गर्न चाहनु हुन्छ, त्यसमा विश्वास गर्नु तब सम्म सही हुन्छ, जब सम्म तपाईं आफ्नो मान्यताहरुलाई अन्यहरुको माथि थोप्नु हुदैन। तर यो दृष्टिकोण स्वयंमा नै सही वा गलत के हो, बारेमा एउटा मान्यता हो, र जसले यस दृष्टिकोणलाई अपनाएका छन्, उनीहरु सबै भन्दा निश्चित रूपमा यसलाई दोस्रोको माथि थोप्ने कोशिश गर्दछन। त्यो व्यवहारको यस्तो मापदण्डहरुलाई निर्धारित गर्दछन, जसको अनुशरण गर्नको लागि अन्यहरुलाई जोड दिन्छन, परिणामस्वरूप यस्तै कुरालाई गर्नमा चुक्द्छ्न जसलाई उनीहरु दावाको रुपमा अपनाएका छन् – जुनकी एउटा अर्को आत्म-विरोधाभासी दृष्टिकोण हो। जसले यस्तो मान्यतालाई थामी राखेका छन्, उनीहरु सामान्य रूपमा आफ्नो कार्यको लागि अरु प्रति जवाबदायी हुन चहादैन्न। यदि यहाँ निर कुनै पूर्ण सत्य छ, तब यहाँ निर सही वा गलतको निर्धारणको लागि पूर्ण मापदण्ड पनि छ, र हामी त्यसलाई मापदण्डहरुको प्रति जवाबदायी छन्। यो जवाबदायी नै छन् जसलाई मानिस वास्तवमा इन्कार गरि रहेका छन्, जब उनीहरु पूर्ण सत्यतालाई इन्कार गर्छन।

पूर्ण सत्य/सार्वभौमिक सत्यको इन्कार र यसको साथमा आउने सांस्कृतिक सापेक्षवाद एउटा समाजको तार्किक परिणाम हो, जसले जीवनको व्याख्याको लागि विकासवादको सिद्धान्तलाई अपनाएक छन्। यदि प्राकृतिक विकासवाद सत्य हो, तब जीवनको कुनै अर्थ छैन, हाम्रो साथमा कुनै उद्देश्य छैन, र यहाँ निर कोहि पनि पूर्ण सत्य वा गलत हुन सक्दैन। मानिसले जस्तो चाहे त्यसै जीवन यापन गर्नको लागि स्वतंत्र छ र त्यो आफ्नो कार्यहरुको लागि कोहि प्रति पनि जवाबदायी छैनौ। तर चाहे जे पनि किन नहोस् चाहे कति नै धेरै पापले भरिएको मानिस परमेश्वरको अस्तित्व र पूर्ण सत्यको इन्कार नै किन नहोस्, उनीहरुलाई फेरी पनि कुनै दिन परमेश्वरको न्यायको सामुन्ने खड़ा हुनु पर्नेछ। बाइबलले घोषणा गर्दछ "... परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरुमा प्रष्टै छ, किनकी परमेश्वरले तिनीहरुलाई त्यो कुरा देखाइदिनुभएको छ, उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएको छ। किनकी परमेश्वरलाई चिनेर पनि तिनीहरुले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, नता धन्यवाद नै चढाए, तर तिनीहरु आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरुको मुर्ख मन अझ अँध्यारो भयो। बुद्धिमान छु भन्ने दाबी गरे तापनि तिनीहरु मुर्खै भए" (रोमी 1:19-22)।

के पूर्ण सत्यको अस्तित्वको लागि कुनै प्रमाण छ? हो, छ। पहिलो, मानिसको विवेक हो, जसले निश्चिय नै हामीलाई केहि एस्तो "कुरा" भन्दछ कि संसारलाई निश्चित रूपमा कार्य गर्नु पर्छ, कि केहि कुराहरु गलत वा सही छैन। हाम्रो विवेकले हामीलाई निरूत्तर गर्दछ कि दुखहरु, भुखमरी, बलात्कार, कष्ट र खराबीको साथ केहि गलत छ र हामीले प्रेम, उदारता, दया र शान्ति जस्तो सकारात्मक कुराहरुको लागि जागरूक गर्दछ, जसको लागि प्रयास गर्नु पर्छ। यो सबै समयहरुमा सबै संस्कृतियहरुमा सार्वभौमिक सत्य छ। बाइबलले मानिसको विवेक अर्थात् अंतरात्माको भूमिकाको बारेमा रोमी 2:14-16 मा वर्णन गर्दछ: "किनकी व्यवस्था नहुने अन्य जतिहरु स्वभावै ले व्यवस्थाअनुसार काम गर्दै छन् भने, तिनीहरुको व्यवस्था न भए तापनि तिनीहरु आफ्ना निम्ति आफै व्यवस्था हुन्छन। व्यवस्थाले चाहेका कुराहरु आफ्ना हृदयमा लेखिएका तिनीहरु देखाउछन्, र तिनीहरुको आफ्नै विवेकले अपनी गवाही दिन्छ, र तिनीहरुका विचारहरुले कहिले तिनीहरुलाई दोष्याउँछ, र कहिले समर्थन गर्छन; यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा मानिसहरुका गुप्त कुराको इन्साफ गर्नुहुनेछ।"

पूर्ण सत्यको अस्तित्वको लागि अर्को प्रमाण विज्ञान हो। विज्ञान सामान्य रूपमा ज्ञानको खोज हो, जे पनि हामीला थाह छ, र त्यसको अधिक जानकारीको खोजीको अध्ययन गर्नु हो। त्यसैले, सबै किसिमको वैज्ञानिक अध्ययनलाई यस मान्यताको माथि आधारित हुनको आवश्यकता छ कि यस संसारमा विषयनिष्ठक वास्तविकताहरु अस्तित्वमा छन र यी वास्तविकताहरुलाई खोजे र प्रमाणित गरे। पूर्ण सत्यहरुको बिना, अध्ययन गर्नको लागि के बाँकि रहन्छ? कसैले कसरी थाहा गर्न सक्छ कि विज्ञानको यो खोजहरु वास्तविक हुन वा होइनन? सत्यता त यो हो कि, विज्ञानको नियम पूर्ण सत्यको अस्तित्वको माथि नै स्थापित गरिएको छ।

पूर्ण सत्य/सार्वभौमिक सत्यको अस्तित्वको तेस्रो प्रमाण धर्म हो। संसारको सबै धर्म जीवनको अर्थ र यसको परिभाषा दिने प्रयास गर्दछन। यो मानिसको यस इच्छाबाट उत्पन्न भएको छ कि यस जीवन भन्दा बाहिर केहि धेरै सरल अस्तित्व छ। धर्म द्वारा, मानिस परमेश्वर, भविष्यको आशा, पापहरुको क्षमा, संघर्ष मध्य शान्ति र हाम्रो भित्री गहराईको प्रश्नहरुको उत्तरहरुको खोजी गर्दछ। धर्म एउटा एस्तो वास्तविक प्रमाण हो कि मानिस एउटा उच्चत्तम रूपमा विकसित भएको हो कि पशु भन्दा ठुलो छ। यो एउटा सर्वोच्च उद्देश्य र एउटा व्यक्तिगत् र उद्देश्यपूर्ण सृजनहारको अस्तित्वको प्रमाण हो, जसले मानिसको मनमा त्यसलाई जान्ने इच्छालाई रोपित गरेको छ। र यदि यहाँ निर वास्तवमा एउटा सृजनहार हुनहुन्छ, तब उहाँ नै हाम्रो पूर्ण सत्यको मापदण्ड बन्छ, र त्यही त्यो अधिकार बन्छ, जसले सत्यलाई स्थापित गर्छ।

सौभाग्यले, यहाँ निर एउटा यस्तो सृष्टिकर्ता हुनुहुन्छ, र उहाँले आफ्नो सत्यलाई आफ्नो वचन द्वारा प्रकाशित गर्नु भएको छ। पूर्ण सत्य/सार्वभौमिक सत्यलाई जान्नु केवल उहाँको साथ व्यक्तिगत सम्बन्ध हुनेको साथले नै गर्दा संभव छ, जसले यो दावा गर्दछ कि उहाँ स्वयं सत्य हुनहुन्छ – अर्थात् येशू ख्रीष्ट। येशूले स्वयंको लागि केवल एउटा नै मार्ग, केवल एउटा नै सत्य र केवल एउटा नै जीवन हुने दावा जो कि परमेश्वरको तर्फ लिएर जाने केवल एउटा नै मार्ग हुनहुन्छ (यूहन्ना 14:6)। यो सत्यको पूर्ण सत्य अस्तित्वमा छैन यस सत्यको तर्फ संकेत गर्दछ कि यहाँ निर प्रभुता सम्पन्न परमेश्वर हुनुहुन्छ जसले स्वर्ग र पृथ्वीको सृष्टि गर्नुभयो र जसले स्वयंलाई हामीमा प्रकाशित गर्नुभयो ता कि हामीले उहाँलाई व्यक्तिगत् रूपमा उहाँको पुत्र येशू ख्रीष्टद्वारा जान्न सकौं। यही पूर्ण सत्य हो।



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश



पूर्ण सत्य/सार्वभौमिक सत्य – के यस्तो कुनै कुरा छ?