settings icon
share icon
प्रश्न

दस आज्ञाहरु के हुन्?

उत्तर


बाइबलमा दस आज्ञाहरु त्यी दस व्यवस्थाहरु हुन जसलाई परमेश्वरले इस्राएल राष्ट्रलाई मिस्र देखि निर्गमनको ठीक केहि समय पश्चात् दिनु भयो। दस आज्ञाहरु आवश्यक रूपमा त्यी 613 आज्ञाहरुको सार हुन्, जुन पुराने नियमको व्यवस्थामा वर्णित छ। पहिलो चार आज्ञाहरु परमेश्वरको साथ सम्बन्धहरुको निपटारा गर्दछ। अन्तिम छ: आज्ञाहरु हाम्रो एक अर्काको साथ सम्बन्धहरुको निपटारा गर्दछ। दस आज्ञाहरुलाई बाइबलमा प्रस्थान 20:1-17 मा र व्यवस्था 5:6-21 मा वर्णित गरिएको छ र त्यी यी हुन्:

1) "म बाहेक अरु कुनै देवता-देवीहरू नमान्नु।" यो आज्ञा एक साँचो परमेश्वरलाई छोडेर कुनै अन्यको अराधना गर्ने विरूद्धमा दिएको हो। बाकी को सबै देवता झूठो देवता हुन्।

2) "आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमुर्ति नबनाउनू। तिनीहरुका सामु ननिहुरनू, तिनीहरुको पूजा नगर्नु, किनकी म परमप्रभु तिमीहरुको परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरुका सन्तानहरुलाई उनीहरुका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरो आज्ञाहरु पालन गर्नेहरुका हजारौं पुस्ता माथि म कृपा गर्ने छु।" यो आज्ञा एउटा मूर्तिलाई बनाउनको विरूद्ध दिइएको हो, जो परमेश्वरको दृश्य प्रस्तुतीकरण हुद्छ। यस्तो कुनै पनि मूर्ति जसको हामीले रचना गर्छौं त्यो परमेश्वरको सटीक प्रस्तुतीकरण होइन। कसै मूर्तिलाई बनाउनु एउटा झूटो देवताको अराधना गर्नु हो।

3) "परमप्रभु आफ्नो परमेश्वरको नाम व्यर्थैमा नलिनू; किनकी उहाँको नाँउ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनु हुनेछैन।" यो आज्ञा परमेश्वरको नाम व्यर्थमा लिनेको विरूद्ध दिइएको हो। हामीले परमेश्वरको नामलाई हल्का रुपमा लिनु हुदैन। हामीले परमेश्वर प्रति सत्कार केवल सम्मानजनक र श्रद्धाले भरिएको तरीकाहरुद्वारा नै लिनु पर्छ।

4) "शबात-दिन पवित्र मान्नुपर्छ भनि याद राख्नु। छ: दिन सम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु तर सातौं चाहिँ दिन परमप्रभु तिनीहरुका परमेश्वरको निम्ति शबात-दिन हो। त्यसमा तिमीहरुले केहि काम न गर्नु न त आफ्नो छोराले, न त छोरीले, न कमारा-कमारीले, न गाई वस्तुले, न मूल ढोकाभित्र, भएको परदेशीले केही काम गरोस्। किनकी छ: दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो, तर सातौं दिनमा चाहिँ विश्राम गर्नुभयो; यस कारण परमप्रभुले शबात-दिनलाई आशीष दिनुभयो, र यसलाई पवित्र गर्नु भयो।" यो त्यो आदेश हो जसमा शबातलाई एउटा तर्फ (शानिवार, जो सप्ताहको अन्तिम दिन हो) प्रभुलाई समर्पित विश्राम दिनको रुपमा राखिएको छ।

5) "आफ्ना बाबु र आमालाई आदर गर, कि जुन देश तिमीहरुलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरुको आयु लामो होस्।" यो आदेश सदैव माता-पिताको साथ सम्मान र सत्कारले व्यवहार गर्नेको बारेमा हो।

6) "हत्या नगर्नु।" यो आदेश कुनै पनि अन्य व्यक्तिलाई पहिले देखि नै हत्या गर्नको लागि मनाइ गर्छ।

7) "व्यभिचार नगर्नु।" यो जीवन साथीलाई छोडेर कोई पनि अन्यको साथ यौन सम्बन्ध बनाउनको विरोधमा दिइएको आदेश हो।

8) "चोरी नगर्नु।" यो आदेश कसैको कुनै पनि वस्तुलाई आफ्नो लागि, उसको अनुमति बिना, उसको सम्बन्धितलाई लिनलाई मनाइ गर्छ।

9) "आफ्नो छिमिकीको विरूद्धमा झूटो गवाही नदिनु।" यो आज्ञा अरुको विरूद्धमा झूटो गवाही दिनलाई मनाइ गर्छ। यो झूट बोल्नको विरोधमा एउटा आवश्यक आदेश हो।

10) "आफ्नो छिमिकीका घरको लालच नगर्नु; आफ्नो छिमिकीकी स्वास्नीको लालच नगर्नु, आफ्नो छिमिकीको कमारा, कमारी, गोरू, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।" यो आदेश कुनै यस्तो वस्तुको इच्छा गर्नुको विरोधमा दिएइको हो जो तपाईंको स्वयंको होइन। लालच गर्नु माथि दिइएको आज्ञाहरुको सूचीमा कुनै पनि एउटालाई तोड्न सक्नु हुन्छ: हत्या, व्यभिचार, र चोरी। यदि यस्तो गर्नु गलत हो भने, तब कसैको कुनै वस्तुको लालच गर्नु पनि गलत हो।

धेरै मानिस गल्तीले दस आज्ञाहरुलाई नियमहरुको एउटा सूचीको रूपमा हेर्छन, कि यदि यी अनुसरण गरियो भने, तब यो मृत्यु उपरान्त स्वर्गमा प्रवेश हुनको गांरटी दिदछ। यसको विपरीत, दस आज्ञाहरुको उद्देश्य मानिसहरुलाई यो अहसास गराउनको लागि मजबूत गर्नु हो कि उनीहरु पूर्ण रीतिले व्यवस्थाको पालन गर्न सक्दैनन् (रोमी 7:7-11), र त्यसैले उनीहरुलाई परमेश्वरको दया र अनुग्रहको आवश्यकता छ। मत्ती 19:16 मा दिइएको धनवान जवानको दावाहरुको बावजूद, कुनै पनि दस आज्ञाहरुलाई पूर्ण तरिकाले पालन गर्न सक्दैनन् (उपदेशक 7:20)। दस आज्ञाहरुले यो प्रदर्शित गर्दछ कि हामी सबैले पाप गरेका छौँ (रोमी 3:23) र त्यसैले हामीलाई परमेश्वरको दया र अनुग्रहको आवश्यकता छ, जो कि केवल येशू ख्रीष्टमा विश्वासद्वारा उपलब्ध छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

दस आज्ञाहरु के हुन्?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries