प्रश्न
उद्धारकोलागि रोमीको बाटो के हो?
उत्तर
रोमीको उद्धारको बाटो एक सुसमाचार सुनाउने तरिका हो जुन बाइबलको पुस्तक रोमीका पदहरु द्वारा गरिन्छ। यो एक साधारण तर प्रभावशाली तरीका हो जसद्वारा हामीले उद्धार किन चाहिन्छ मात्र नभई परमेश्वरले मुक्ति कसरी दिनुभएको छ, उद्धार कसरी पाउने र उद्धारको नतिजा के हुन् भनि यसमा वर्णन गरिएको छ।
रोमीहरुको उद्धारको बाटोको पहिलो पद हो रोमी ३:२३, “किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।” हामी सबैले पाप गरेका छौँ। हामीहरु सबैले परमेश्वरलाई मन नपर्ने कार्यहरु गरेकाछौँ। कोहि पनि निर्दोष छैनन्। रोमी ३:१०-१८ ले पापले गर्दा हाम्रो जीवन कस्तो देखिंदो रहेछ त भनेर बिस्तृत गर्छ। रोमीको उद्धारको बाटोको दोश्रो पद हो रोमी ६:२३, जसले हामीलाई पापको प्रभाव बारे सिकाउँछ - किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको सितैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। र हामीले कमाएको पापको दण्ड मृत्यु ह। शारिरीक मृत्यु मात्र नभई, अनन्तसम्मको मृत्यु!
रोमीको उद्धारको बाटोको तेश्रो पद रोमी ६:२३ ले जहाँ छोडेको छ त्याहाँबाट टिप्दछ “तर परमेश्वरको सित्तैंको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।” रोमी ५:८ भन्दछ “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छदैँ ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” येशू ख्रीष्ट हाम्रो खातिर मर्नुभयो! येशूले हाम्रो पापको मुल्य चुक्ता गर्नुभयो। येशूको बौरी उठाईले यो साबित गर्छ कि परमेश्वरले येशूको मृत्यु द्वारा हाम्रो पापको ऋण तिर्नु भएको छ।
रोमीको उद्धारको बाटोको चौठो विश्राम रोमी १०:९ हो, “किनकि यदि तिमीले येशूलाई प्रभु हो भनि आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनि आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ।” किनकि येशूको मृत्यु हाम्रो खातिर मर्नुभयो, उहाँको बलिदान हाम्रो पापको मुल्य हो भनी, हामीले विश्वास मात्र गरे पुग्नेछ- हामीले मुक्ति पाउनेछौँ। रोमी १०:१३ ले यो भन्दछ, “किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” येशू हाम्रो पापको ऋण चुक्ता गर्नका लागि मर्नुभयो ताकि हामी अनन्त मृत्युबाट बाँच्न सकौँ। मुक्ति, पापको क्षमा सबैलाई उपलब्ध छ जसले येशू प्रभुलाई मुक्तिदाता र मेरो प्रभु भनि विश्वास गर्दछ।
रोमीको बाटो उद्धार पाउने अन्तको खण्डको बिश्लेषणको परिणाम नै उद्धार हो। रोमी ५:१ मा अति सुन्दर वचन छ, “यसैकारण विश्वासद्वारा धर्मी ठहरिए हाम्रा प्रभु येशू ख्रीष्ट द्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ।” येशू ख्रीष्ट द्वारा परमेश्वरसँग हाम्रो शान्ति मिलाप भएको छ। रोमी ८:१ हामीलाई सिकाउँछ, “यसकारण अब ख्रीष्ट येशूमा भएकाहरुलाई दण्डको आज्ञा छैन।” किनभने येशूको मृत्यु हाम्रो कारणले गर्दा भएकोले हामीले पापको दण्ड भोग्न गर्नु पर्ने छैन अन्त्यमा, हाम्रो लागि परमेश्वरबाट यो अमुल्य प्रतिज्ञा दिइएको छ रोमी ८:३८-३९ बाट, “किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरुले वा प्रधानताहरुले, वर्तमानका कुराहरुले वा पछि हुने कुराहरुले, वा शक्तिहरुले, उचाईले वा गहिराईले, वा सारा सृष्टिमा भएका कुनैपनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन।”
के तपाईं रोमीहरुको उद्धारको बाटोलाई पछ्याउन चाहानुहुन्छ? यदि हो भने, यहाँ दिएका साधारण प्रार्थना तपाईंले परमेश्वरसँग गर्न सक्नुहुन्छ। यो प्रार्थनाबाट तपाईंले परमेश्वरलाई यो भन्नसक्न हुन्छ कि तपाईंले येशूमा आफ्नो मुक्तिका लागि भरोसा गर्नुभएकोछ। शब्दहरुले मात्र तपाईंलाई बचाउन सक्दैन। केवल येशू ख्रीष्टमा विश्वास गरेर मात्र मुक्ति पाइन्छ। “परमेश्वर, मैले तपाईंको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशू ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म तपाईंको सहायता बाट म आफ्नो पापबाट फर्केर मेरो मुक्तिकोलागी तपाईंमा भरोसा गर्दछु। तपाईंको महान अनुग्रह तथा पाप क्षमाको लागि - अनन्त जीवनको वरदानको लागी धन्यवाद! आमेन!”
के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।
English
उद्धारकोलागि रोमीको बाटो के हो?