प्रश्न
के येशू स्वर्ग जाने एक मात्र बाटो हुन्?
उत्तर
हो, येशू स्वर्ग जाने एक मात्र बाटो हुनुहुन्छ। यस्तो अनन्य कथन उत्तरआधुनिक कानमा अंगीठी हुनसक्छ, तैपनि यो साँचो हो। बाइबलले हामीलाई यो सिकाउँछ कि येशू बाहेक अरु कुनै मुक्ति को बाटो छैन यूहन्ना १४:६ मा येशू आफै भन्नुहुन्छ “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोई पनि पिताकहाँ आउन सक्दैन।” उहाँ अरू धेरै बाटो हरू मध्य एक बाटो होइन; उहाँ एकमात्र बाटो हो। कोई पनि प्रतिष्ठा, उपलब्धि, विशेष ज्ञान, वा व्यक्तिगत पवित्रताले, परमेश्वर पिताकहाँ येशूल बाहेक आउन सक्दैन।
धेरै कारणहरूको लागि स्वर्ग जाने येशू एक मात्र बाटो हुनुहुन्छ। येशू परमेश्वर बाट चुनिएको हाम्रो लागि उद्धारकर्ता हो (१ पत्रुस २:४)। येशू एक मात्र यस्तो व्यक्ति हुनुहुन्छ जो संसारमा आउनु भयो र स्वर्गमा फर्कि जानु भयो (यूहन्ना ३:१३)। उहाँले मात्र सिद्ध मानव जीवन बिताउनु भयो (हिब्रू ४:१५)। उहाँ एक मात्र पापको लागि बलिदान हुनुभयो (१ यूहन्ना २:२; हिब्रू १०:२६)। उहाँले मात्र व्यवस्था र भविष्यवक्ताहरूलाई पूरा गर्नु भयो (मत्ती ५:१७)। उहाँ एक मानिस हुनुहुन्थो जसले मृत्यु माथि सदाको निम्ति जित हासिल गर्नु भयो (हिब्रू २:१४-१५)। उहाँ परमेश्वर र मानिस बीच एक मात्र मध्यस्थकर्ता हुनुहुन्थो (१ तिमोथी २: ५)। उहाँ एक मात्र मानिस हुनुहुन्छ जसलाई परमेश्वरले “उच्च... पार्नुभयो” (फिलिप्पी २:९)।
येशूले यूहन्ना १४:६ बाहेक धेरै ठाउँमा स्वर्ग आफूलाई एक मात्र बाटो हो भनि बताउनु भयो। उहाँले मत्ती ७:२१-२७ मा आफूलाई विश्वासको वस्तु रूपमा प्रस्तुत गर्नु भयो। उहाँले आफ्ना शब्दहरूलाई जीवन हो भन्नुभयो (यूहन्ना ६:६३)। उहाँले प्रतिज्ञा गर्नुभयो उहाँलाई विश्वास गर्नेहरूलाई अनन्त जीवन पाउने छन् (यूहन्ना ३:१४-१५)। भेड़ाहरूको ढोका उहाँ नै हुनुहुन्छ (यूहन्ना १०:७); जीवनको रोटी (यूहन्ना ६:३५); र पुनरुत्थानको (यूहन्ना ११:२५)। अरू कुनै एकले यो शीर्षक दाबी गर्न सक्दैन।
प्रेरितहरूले प्रभु येशूको मृत्यु र पुनरुत्थानको प्रचारमा ध्यान केन्द्रित गरे। पत्रुस, यो महासभा(Sanhedrin) मा यो स्पष्ट घोषणा गरे कि स्वर्ग एक मात्र बाटो येशू नै हुन्: "अरू कुनै कुरामा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरुमा अर्को कुनै नाउँ दिइएको छैन” (प्रेरित ४:१२)।
पावलले, एन्टिओकको सभाघरमा भने कि, येशू मात्र एक मुक्तिदाता: "यस कारण भाइ हो, तपाईंहरुलाई थाहा होस् कि यी नै मानिस द्वारा पाप-क्षमा हुन्छ भन्ने घोषणा तपाईंहरुलाई गरिएको छ। तपाईंलाई विश्वास गर्ने हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनु भएको छ" (प्रेरित १३: ३८-३९)। यूहन्नाले, ठूलो सभाघरमा लेखे, हाम्रो क्षमाको आधारको रूपमा ख्रीष्टको नाउँ निर्दिष्ट गरे: "मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएका छ" (१ यूहन्ना २:१२)। येशूले मात्र पाप क्षमा गर्न सक्नुहुन्छ।
स्वर्गमा अनन्त जीवन ख्रीष्टमा मात्र सम्भव छ। येशूले प्रार्थना गर्नुभयो "अब अन्नत जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्" (यूहन्ना १७:३)। परमेश्वरको मुक्तिको सित्तैंको उपहार प्राप्त गर्नलाई, हामीले केवल येशू र येशूलाई मात्र हेर्नुपर्छ पर्छ। हामीहरूले येशूले हाम्रो पापको ज्याला तिर्न क्रूस मर्नुभयो र उहाँको पुनरूत्थानमा भरोसा गर्नु पर्दछ। “येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वर धार्मिकता विश्वासद्वारा प्रकट भएको छ” (रोमी३:२२)।
येशूको सेवकाईको एक समयमा, भीडले उहाँलाई आफ्नो पीठ देखाई आफ्नो पीठ अर्को उद्धारकर्ता भेट्टाउने को आसामा येशूलाई छोडेर। येशूले बाह्र जना चेलालाई सोध्नु भयो "के तिमीहरू जान चाहन्छौ?" (यूहन्ना ६:६७, ने.ब.स. बाइबल)। पत्रुसको जवाफ सही छ: "हे प्रभु, हामी कसकहाँ जाऔं? के तपाईंसित अनन्त जीवनको वचन छन्, र हामीले विश्वास गरेका छौं र जानेका छौँ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ“ (यूहन्ना ६:६८-६९, ने.ब.स., बाइबल)। पत्रुसको विश्वास येशू ख्रीष्टमा मात्र अनन्त जीवन छ भन्ने हामी विश्वास अरूसँग बाडनु सक्छौँ।
यदि तपाईले यहाँ पढ्नु भएक��� केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु”
English
के येशू स्वर्ग जाने एक मात्र बाटो हुन्?