settings icon
share icon
प्रश्न

पवित्र आत्मा को हुनुहुन्छ?

उत्तर


पवित्र आत्माको चिनारी (पहिचान) मा धेरै गलत धारणाहरु रहेका छन्। कसै को दृष्टिकोणमा पवित्र आत्मा एक रहस्यात्मक शक्ति हो। अरुको बुझाईमा पवित्र आत्मा ख्रीष्टलाई पछ्याउनेहरुको लागि परमेश्वरले उपलब्ध गराउनु भएको अवैय व्यक्तिक शक्तिको रुपमा बुझ्द छन्। पवित्र आत्माको पहिचान बारे बाइबलले के भन्छ? स्पष्ट लेखिएको छ, बाइबलले भन्छ पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। बाइबलले हामीलाई यो पनि बताउँदछ कि पवित्र आत्मा बौद्धिक, भावनात्मक र इच्क्षाशक्ति सहितको एक व्यक्ति हुनुहुन्छ।

पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भन्ने तथ्य धर्मशास्त्रको पदहरुमा स्पष्ट देख्न सकिन्छ, साथै प्रेरित ५:३-४ मा पनि। यो पदमा पत्रुसले हननियाको सम्मुख भन्छन् कि किन तिमी पवित्र आत्मालाई ढाँट्दछौं र उनलाई भन्छन् कि उनले “मानिसलाई होइन तर परमेश्वसँग झुटो बोलेका छन्।’’ यो एउटा स्पष्ट घोषणा छ कि पवित्र आत्मालाई ढाट्नु भनेको परमेश्वरलाई ढाट्नु हो। हामी यो पनि जान्न सक्छौँ कि पवित्र आत्मा परमेश्वर हुनुहुन्छ किनकि परमेश्वरको गुण वा विशेषता उहाँमा रहेको छ। उदाहरणको लागि, भजनसंग्रह १३९:७–८, मा पवित्र आत्मा र्सवव्यापी हुनुहुन्छ भन्ने तथ्य देखिन्छ, “तपाईंका आत्माबाट म कहाँ अलग्ग जान सक्छु? अथवा तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? म आकाशमा गएँ भने, तपाईं त्यहाँ हुनुहुन्छ। गहिराईमा आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ।’’ त्यसपछि १ कोरिन्थी २:१०-११, मा हामी पवित्र आत्मा र्सवज्ञानी हुनुहुन्छ भन्ने विशेषता देख्न सक्छौँ। “ परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नु भएको छ। किनकि पवित्र आत्माले प्रत्यक कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिरा-गहिरा कुराहरु पनि खोजी गर्नुहुन्छ। मानिसभित्र रहेको आफ्नै आत्माबाहेक कसले मानिसका विचारलाई बुझ्न सक्छ? त्यसरी नै परमेश्वरका विचार परमेश्वरका आत्माबाहेक कसैले बुझ्दैन्।”

हामी जान्न सक्छौ कि पवित्र आत्मा वास्तवमा एउटा व्यक्ति हुनुहुन्छ किनकि उहाँमा बुद्धि, भावनाहरु र इच्छाशक्ति रहेको छ। पवित्र आत्माले विचार गर्नुहुन्छ र जान्नु हुन्छ (१ कोरिन्थी २:१०) पवित्र आत्मा दुखित हुन सक्नु हुन्छ (एफिसि ४:३०) आत्माले हाम्रो निम्ति मध्यास्थता गर्नुहुन्छ (रोमी ८:२६-२७)। पवित्र आत्माले उहाँका इच्छा अनुसार निर्णय गर्नुहुन्छ (१ कोरिन्थी १२:७-११)। पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, त्रिएकत्वको तेस्रो “व्यक्ति’’। परमेश्वरको रुपमा ,येशू ख्रीष्टिले प्रतिज्ञा गर्नुभएकै पवित्र आत्माले सान्त्वना दिने र सल्लाहकारको रुपमा वास्तविक रुपमा कार्य गर्न सक्नुहुन्छ (यूहन्ना १४:१६, २६ ; १५:२६)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

पवित्र आत्मा को हुनुहुन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries