settings icon
share icon
प्रश्न

के ख्रीष्टियनहरुले पुरानो करारको नियमलाई पालन गर्नु पर्छ?

उत्तर


यो विषयलाई बुझ्नको लागि यो महत्वकुरा जान्न जरुरी छ कि पुरानो करारको नियम इस्राएली जातिहरुको लागि दिएको हो, विश्वासीहरुको लागि होइन। यि नियमहरु मध्य केहि नियम परमेश्वरलाई कसरी प्रशन्न तुल्याउँने र आज्ञाकारी हुने भनि इस्राएलीहरुलाइ थाहा दिनलाई थिए (उदाहरणको लागी, दश आज्ञाहरु)। तिनिहरुमध्य केहि चाँहि परमेश्वरलाई कसरी आराधना गर्ने र पापको लागि प्रायश्चित गर्ने भनी देखाउनको लागि थिए (अर्थात बलिदानपूर्ण प्रणाली)। तिनीहरु मध्य केही चाहिँ केवल इस्राएलीहरु अरु राष्ट्रहरु भन्दा भिन्न बनाउनको लागि थियो (खाना र लत्ताकपडा सम्बन्धि नियमहरु)। पुरानो करारका कुनैपनि नियमहरु आजको विश्वासीमा लागु हुँदैन। जब येशू क्रूसमा मर्नुभयो, उँहाले पुरानो करारका नियमहरुलाई मेटीदिनुभयो (रोमी १०:४, गलाती ३:२३-२५, एफिसी २:१५)।

पुरानो करारको नियमको सट्टमा, हामी ख्रीष्टको नियमको अधिनमा छौँ (गलाती ६:२), जुन चाहिँ “तैले परमप्रभू आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नु। महान् र प्रथम आज्ञा यहि हो। दोस्रो पनि यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु” (मत्ती २२:३७-३९)। यदि हामीले यी दुईवटा आज्ञाहरु पालन गर्यौ भने, ख्रीष्टले हामीसँग चाहनु भएका हरेक कुराहरु हामीले पुरा गर्नेछौ जसको माग उहाँले हामीसँग गर्नु भएको छ: “सारा व्यवस्था र अगमवक्ताहरुका शिक्षाको आधार नै यी दुइ आज्ञाहरू हुन्” (मत्ती २२:४०)। अब, यसको अर्थ यो होइन कि पुरानो नियमको व्यवस्था आजको समयको लागि व्यर्थ छ। पुरानो नियमको धेरै जस्तो व्यस्था “परमेश्वरलाई प्रेम गर्ने” र “छिमेकीलाई प्रेम गर्ने” भनी दुइ भागमा पाईन्छ। पुरानो नियमको व्यवस्था परमेश्वरलाई कसरी प्रेम गर्ने र छिमेकीलाई कसरी प्रेम गर्ने भनि थाहा गर्नुका लागि एक असल मार्ग निर्देशन हो। साथै, पुरानो नियमको व्यवस्था आजका विश्वासीहरुको जीवनमा सहिसँग लागु भएको छैन। पुरानो नियमका व्यवस्था एक एकाइ (याकूब २:१०) हो। या यो सबै लागू हुन्छ, या त यो कुनै पनि लागू हुँदैन। यदि ख्रीष्टले यस मध्य केहि पुरा गर्नु भएको छ, जस्तै बलिदान प्रणाली, उहाँले यस नियमको सबै भाग पुरा गर्नु भएको छ।

“परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरु पालन गर्दछौँ, उहाँका आज्ञाहरु भरपूर्ण छैनन्” (१ यूहन्ना५:३)। दस आज्ञा सम्पूर्ण पुरानो नियमको व्यवस्थाको एक सारांश थियो। यस मध्य नौवटा नयाँ नियममा दोहरिएकोछ पाईन्छ (विश्राम दिन पालन गर्न आदेश बाहेक)। स्पष्ट छ कि, यदि हामीले परमेश्वरलाई प्रेम गरिरहेका छौँ भने, हामीहरुले अरु इश्वरको आराधाना गर्दैनौ र मुर्तिको अगि झुक्दैनौं। यदि हामीले आफ्ना छिमेकिहरुलाई प्रेम गरिरहेका छौँ भने, हामीले उनीहरुको हत्या गर्ने छैनौं, झुटो बोल्ने छैनौं, उनीहरुको विरुद्धमा व्यभिचार गर्ने छैनौं, वा उनीहरुको वस्तुहरुमा लोभ गर्ने छैनौं। पुरानो नियमका व्यवस्थाको उद्देश्य यो हो कि व्यवस्था पालन गर्न नसक्नुको असमर्थको लागि दोषी ठहराउनु र येशु ख्रीष्टलाई उद्धारकर्ताको रुपमा आवश्यकता छ भनि देखाउनु हो (रोमी ७:७-९; गलाती३:२४)। पुरानो नियमका व्यवस्था कहिल्य पनि सबै समयका लागि सबै मानिसहरूका लागि विश्वव्यापी व्यवस्था हुन परमेश्वरले इच्छा थिएन। हामीले परमेश्वरलाई प्रेम गर्नु पर्छ र हाम्रा छिमेकिहरुलाई प्रेम गर्नु पर्छ। यदि हामी यी दुई आज्ञाहरुलाई विश्वासयोग्य भएर पालन गछौँ भने, हामीले ति सबै कुराहरु गरिरहनेछौ जुन परमेश्वरले हामीबाट चाहानुहुन्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के ख्रीष्टियनहरुले पुरानो करारको नियमलाई पालन गर्नु पर्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries