settings icon
share icon
प्रश्न

ख्रीष्टियन पिताहरु को बारेमा बाइबलले के भन्दछ?

उत्तर


पवित्र शास्त्रमा सबै भन्दा ठुलो आदेश यो दिएको छ: "तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ।" (व्यवस्था 6:5)। पद 2 को तर्फ फर्की जादा, हामी यो पढदछौ कि, "सम्पूर्ण जीवनभरि तिमीहरू अनि तिमीहरूका सन्तानहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्मान गर्नुपर्छ। त्यो मैले दिएको उहाँको नियम र आज्ञाहरू अवश्यै पालन गर्नुपर्छ। यदि तिमीहरूले यसो गर्यौ भने त्यो नयाँ भूमिमा तिमीहरूले दीर्घायु भोग गर्नेछौ।" व्यवस्था 6:5 भन्दा अघि, हामी पढ़दछौ कि, "आज मैले दिएको आज्ञाहरू सधैँ सम्झना राख। जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिँड्छौं यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौं।" (पद 6-7)।

इस्राएलको इतिहास प्रगट गर्दछ कि पिताले बढी मेहनतको साथ आफ्नो बच्चाहरुलाई प्रभुको त्यी तरीकाहरु र शब्दहरुको लागि निर्देश उनीहरुको आफ्नो आत्मिक विकास र भलाईको लागि दिनु पर्छ। त्यो पिता जो पवित्र शास्त्रको आदेशको प्रति आज्ञाकारी थिए उसले ठीक त्यस्तै नै गर्यो। यो हामीलाई हितोपदेश 22:6 सम्म लिई आउछ, " नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन गर्छ।" यहाँ निर "शिक्षा" को संकेत त्यस पहिलो निर्देशको तर्फ हो जसको लागि एउटा पिता र माताले एउटा बच्चालाई दिनु पर्छ अर्थात् बच्चाको आरम्भिक शिक्षाको समयमा। यस शिक्षाको निर्माण एक बच्चालाई जीवनको तौर तरीकहरु स्पष्ट गर्नको लागि निर्मित गरिएको हो जुन उसको लागि इच्छित गरिएको हो। यस प्रकारले एउटा बच्चाको आरम्भिक शिक्षालाई आरम्भ गर्न अति महत्वपूर्ण छ।

एफिसी 6:4 पिताको लागि निर्देशहरुको सार हो, जो नकारात्मक र सकारात्मक दुबै प्रकारले नै दिएको छ। "पिताहरू हो, आफ्ना बालकहरूलाई रिस नउठाऊ। तिनीहरूलाई प्रभुको शिक्षा र तालीममा हुर्काऊ।" यस वचनको नकारात्मक भागले यो संकेत दिन्छ कि एउटा पितालाई आफ्नो बच्चामा गंभीरता, अन्याय, पक्षपात, वा प्राधिकारीको अनुचित उपयोगद्वारा नकरात्मक विचारहरुलाई बढ़ावा दिनु हुदैन। एउटा बच्चाको साथ गरिएको कठोर, अनुचित व्यवहार उसको हृदयमा केवल खराब कुराको नै पालन-पोषण गर्छ। शब्द "रिस उठाउनु" को अर्थ गिल्ला, भड़काउनु, गलत तरीकको तर्फ लानु, वा कसैलाई उत्तेजित गर्नुसँग हुन्छ।" यस्तो एउटा गलत आत्माद्वारा र गलत तरीकाहरु – गंभीर, तर्कसंगत रहित, कठोरता, निर्दयता, क्रूरमागहरु, अनावश्यक बाध्यताहरु, र तानशाही अधिकारको साथ स्वार्थी दबावहरुद्वारा गरिएको हुन्छ। यस प्रकारको उत्तेजनाहरु प्रतिकूल प्रतिक्रियाहरु, बच्चाको स्नेहमा नाश, पवित्रताको लागि उसको इच्छामा कमी, र उनीहेरुलाई यस्तो अहसास गराउछन कि त्यो संभवता आफ्नो पितालाई प्रसन्न गर्न सक्दैनन्। एक बुद्धिमान माता-पिता आज्ञाकारितालाई इच्छित र प्राप्तिको योग्य हुनु प्रेम र नम्रताको साथ निर्मित गर्छन।

एफिसी 6:4 को सकारात्मक भागले एक विस्तृत दिशा निर्देशमा व्यक्त गरेको छ – उनीहरुलाई शिक्षित गरुन, उनको पालन-पोषण गरुन, उनीहरुको व्यवहारलाई उनीहरुको सारा जीवनको लागि प्रभुको शिक्षा र चेतावनी दिदै उनिहरुमा विकसित गर्नु। यो शिक्षा दिनु र अनुशासनको पुरा प्रक्रिया हुन्छ। शब्द "चेतावनी" बच्चाहरुको उनीहरुको कमजोरीहरु (निर्माणत्माक) र दायित्वहरु (जिम्मेदारीहरु) को स्मरण दिने विचारको तर्फ संकेत गर्छ।

एउटा मसीह पिता वास्तवमा परमेश्वरको हातको एउटा औजार हो। शिक्षा दिन र अनुशासन गर्नुको पूरा प्रक्रिया यस्तो हुनु पर्छ जस्तो आज्ञा परमेश्वरले दिनुभएको छ र जसलाई उहाँले स्थापित गर्नु भएको छ, ताकि उनको प्राधिकार बच्चाहरुको मन, हृदय र विवेकमा निरन्तर र तत्काल सम्पर्कमा ल्याउन सकिओस। मानवीय पितालाई कहिल्यै पनि आफ्नो अन्तिम अधिकारको रुपमा सत्य र दायित्वको निर्धारणको लागि प्रस्तुत गर्नु हुदैन। यो केवल परमेश्वरलाई नै शिक्षक र न्यायी बनाई राख्नु पर्दछ जसको अधिकारमा सबै कुरा गरिन्छ जसबाट शिक्षाको लक्ष्यहरुलाई सर्वोत्तम रूपमा प्राप्त गर्न सकिन्छ।

मार्टिन लूथरले भनेका थिए कि, "लठ्ठीको साथ एउटा स्याउलाई राखौं ताकि जब बच्चाले राम्रो गरेको बेला हामी उसलाई त्यो दिन सकौं।" अनुशासनलाई धेरै अधिक प्रार्थनाको साथ सावधानी र निरन्तर शिक्षणको साथ दिनु पर्छ। परमेश्वरको वचन द्वारा ताड़ना, अनुशासन र सल्लाह दुबै अर्थात् फटकार र प्रोत्साहन, "चेतावनी" दिनुको केन्द्र हो। निर्देश प्रभुको तर्फबाट आउछ, जसलाई ख्रीष्टियन जीवनको अनुभवको विद्यालयमा सिकाउदछन, र माता पिता द्वारा स्थापित गरिन्छ– विशेष गरी पिताद्वारा, तर साथैमा, उसको दिशा निर्देशको अधीनतामा माता द्वारा पनि। ख्रीष्टियन अनुशासनको आवश्यकता बच्चालाई परमेश्वरको आदर गर्नु, माता-पिताको अधिकारको आदर गर्नु, ख्रीष्टियन सिद्धान्तहरुको ज्ञान, र आत्म-संयमको आदतहरुको साथ पालन-पोषण गर्नको लागि हो।

"सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाले रचिएको र उपदेश, र समझाउनु, र सुधारनु र धार्मिकताको शिक्षाको लागि लाभदायक छ” (2 तिमोथी 3:16-17)। एउटा पिताको पहिलो जिम्मेदारी उसको बच्चाको पहिचान पवित्र शास्त्रसँग गराउनु हो। जुन तौर र तरीकाहरुलाई एउटा पिता परमेश्वरको सत्यतालाई सिक्नुको लागि उपयोग गर्छन हुन सक्छ त्यो भिन्नै होला। जब एउटा पिता नमूनाले भरिएको जीवन जिउदछन, तब जेपनि बच्चाले परमेश्वरको बारेमा सिक्दछन त्यो उनीहरुले आफ्नो पुरा पार्थिव जीवनमा चाहे उनीहरुले केहि पनि किन नगरुन र कही पनि किन नजउन आफ्नो उत्तम स्तरमा लागू गर्नेछन।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

ख्रीष्टियन पिताहरु को बारेमा बाइबलले के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries