settings icon
share icon
प्रश्न

येशू ख्रीष्टको बाह्र (12) चेलाहरू/प्रेरितहरु को थिए?

उत्तर


शब्द "चेलाहरू" को संकेत सिक्ने वाला वा अनुसरण गर्नेको तर्फ हुन्छ। शब्द "चेला" को अर्थ "एउटा पठाईएको व्यक्तिसँग हो।" जब येशू यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँको बाह्र अनुयायीहरुलाई चेला भनि पुकारिएको थियो। बाह्र चेलाहरुले येशू ख्रीष्टको अनुसरण गरे, उहाँबाट सिके, र उनीहरु उहाँद्वारा प्रशिक्षित भए। आफ्नो बौरी उठने र स्वर्गारोहण पश्चात्, येशूले आफ्नो चेलाहरुलाई आफ्नो गवाही हुनको लागि पठाउनु भयो (मत्ती 28:18-20; प्रेरित 1:8)। उनीहरुलाई तब बाह्र प्रेरित भनि पुकारिन थियो। तर फेरी पनि, जब येशू यस पृथ्वीमा हुनुहुन्थ्यो, तब शब्द "चेला" र "प्रेरित" हरु केहि सीमा सम्म एक अर्काको लागि उपयोग हुदथिए।

वास्तविक बाह्र चेला/प्रेरितहरु को सूची मत्ती 10:2-4 मा दिएको छ, "ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ: शिमोन (जसलाई पत्रुस पनि भनिन्छ), अनि उसको दाज्यू अन्द्रियास, जब्दीको छोरो याकूब, अनि उसको भाइ यूहन्ना, फिलिप, बारथोलोमाइ, थोमा, महसूल उठाउने मत्ती, अल्फयसको छोरो याकूब, थेदियस, शिमोन कनानी, र यहूदा इस्कारयोत (यो त्यही मानिस थियो जसले येशूलाई विश्वासघात गर्यो)।" यसको साथ बाइबल बाह्र चेला/प्रेरितहरुको सूची मर्कुस 3:16-19 र लूका 6:13-16 मा पनि दिएको छ। यी तीन संदर्भहरुको तुलना गर्दा नामहरुमा थोरै भिन्नतालाई देखेएको छ। यस्तो थाहा हुन्छ कि तद्दैलाई, "याकूबको छोरा यहूदा (लूका 6:16) र अंग्रेजी बाइबल अनुसार लिबुईयुस (मत्ती 10:3) को नामले पनि चिनिन्थियो। शमौन जेलोतीलाई शमौन कनानीको नामले पनि चिनिन्थियो (मर्कुस 3:18)। यहूदा इस्करियोती जसले येशूसँग विश्वासघात गरे, को स्थानलाई बाह्र प्रेरितहरुमा मत्तियाहलाई लिए (प्रेरित 1:20-26 मा हेर्नुहोस)। केहि मानिसहरुले यो विश्वास गर्छन कि मत्तियाह एउटा "अप्रमाणिक" प्रेरित हो र विश्वास गर्छन कि पावल परमेश्वरको चुनाव थिए जसले यहूदा इस्करियोतीको स्थान बाह्रौं प्रेरितको रूपमा लिए।

बाह्र चेला/प्रेरितहरु साधारण मानिस थिए, जसलाई परमेश्वरले असाधारण तरिकाले उपयोग गर्नुभयो। बाह्रौंमा मछुवारे, एउटा कर लिने र एउटा क्रांतिकारी थिए। सुसमाचार यी बाह्रौं मानिसहरुको निरन्तर असफलता, संघर्ष र सन्देहहरुको विवरण दिद्थियो, जसले येशू ख्रीष्टको अनुसरण गरे। येशूको बौरी उठने र स्वर्गमा स्वर्गारोहणलाई देखे पश्चात्, पवित्र आत्माले चेला/प्रेरितहरुलाई परमेश्वरको सामर्थ्यशाली मानिसहरुमा परिवर्तित गरि दिनुभयो जसले संसारलाई उल्ट पुल्ट गरि दिए (प्रेरित 17:6)। के परिवर्तन आएको थियो? बाह्रौं प्रेरित र चेलाहरु "येशूको साथ रहन्थे" (प्रेरित 4:13)। यस्तो हाम्रो लागि पनि भनियो!

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

येशू ख्रीष्टको बाह्र (12) चेलाहरू/प्रेरितहरु को थिए?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries