प्रश्न
परमेश्वरको सार्वभौमिकता र मानिस जातिको स्वतन्त्र इच्छाले कसरी उद्धारमा एकैसाथ कार्य गर्दछ?
उत्तर
परमेश्वरको सार्वभौमिकता र मानिस जातिको स्वतन्त्र इच्छा र जिम्मेवारीको बीचको सम्बन्धलाई पूर्णरुपले बुझ्न हाम्रो लागि असम्भव छ। उहाँको उद्धारको योजनामा तिनीहरुले कसरी एकैसाथ काम गर्दछ भनेर केवल परमेश्वरले मात्र साँच्चैमा जान्नुहुन्छ। शायद अरु कुनै सिद्धान्तहरु भन्दापनि, यस विषयसँग, परमेश्वरको स्वभाव र उहाँसँगको हाम्रो सम्बन्धलाई पूर्णरुपले बुझ्नको लागि हाम्रो अयोग्यतालाई स्वीकार गर्न अति नै महत्वपूर्ण छ। दुबै मध्य कुनै एउटाबाट पनि टाढा हुनु को परिणामले उद्धारको बुझाइलाई धमिल्याउन सक्दछ।
धर्मशास्त्र स्पष्टै छ कि परमेश्वरलाई थाहा छ को बचाइनेछ (रोमी ८:२९; १ पत्रुस १:२)। एफिसी १:४ ले भन्दछ कि परमेश्वरले हामीलाई “संसारको सष्टिभन्दा अघिबाटै” चुन्नुभयो। बाइबलले बारम्बार विश्वासीहरुलाई “चुनिएको” भनी वर्णन गर्दछ (रोमी ८:३३; ११:५; एफिसी १:११; कलस्सी ३:१२; १ थेसलोनिकी १:४; १ पत्रुस १:२; २:९) र “चुनिएका” (मत्ती २४:२२, ३१; मर्कूस १३:२०, २७; रोमी ११:७; १ तिमोथी ५:२१; २ तिमोथी २:१०; तीतस १:१; १ पत्रुस १:१)। सत्य यो हो कि विश्वासीहरु अघिबाटै नै उद्धारकोलागि पूर्णनिर्धारित छन् (रोमी ८:२९:३०; एफिसी १:५,११), र चुनिएका छन् (रोमी ९:११; ११:२८; २ पत्रुस १:१०) भन्ने वास्तविकता चाहिँ स्पष्टै छ।
बाइबलले यो पनि भन्दछ कि उद्धारकर्ताको रुपमा ख्रीष्टलाई ग्रहण गर्नको लागि हामी नै उत्तरदायी छौँ- हामीले गर्नुपर्ने कुरा चाहिँ येशू ख्रीष्टमा विश्वास गर्नु हो र हामीलाई बचाइनेछ (यूहन्ना ३:१६; रोमी १०:९-१०)। परमेश्वरलाई थाहा छ को बचाइनेछ, कसलाई बचाइनेछ भनेर परमेश्वरले नै चुन्नुहुन्छ, र बचाइनको लागि हामीले ख्रीष्टलाई चुन्नु पर्दछ। यी तीनओटा वास्तविकताहरुले कसरी एकसाथ काम गर्दछ भनेर बुझ्नलाई एउटा सीमित दिमाक का लागि असम्भव नै छ (रोमी ११:३३-३६)। हाम्रो जिम्मेवारी चाहिँ सुसमचारलाई सम्पूर्ण संसारमा पुर्याउनु हो (मत्ती २८:१८-२०; प्रेरित १:८)। हामीले पूर्वज्ञान, चुनाव र पहिला देखिनै तोकिएको भागलाई परमेश्वरमा नै छोडि दिनु पर्दछ र सुसमचार बाड्ने काममा आज्ञाकारी हुनु पर्दछ।
English
परमेश्वरको सार्वभौमिकता र मानिस जातिको स्वतन्त्र इच्छाले कसरी उद्धारमा एकैसाथ कार्य गर्दछ?