के अनन्त सुरक्षा पापको लागि “एउटा अनुमति पत्र” हो त ?




प्रश्न: के अनन्त सुरक्षा पापको लागि “एउटा अनुमति पत्र” हो त ?

उत्तर:
अनन्त सुरक्षाप्रति बारम्बार भइरहने प्रतिरोधचाहिँ त्यो हो कि यसले अनुमानितरुपमा मानिसहरुलाई तिनीहरुले चाहेअनुरुप जुनैपनि तरीकामा जिउन दिँदछ अनि अझैपनि बचाइएकै हुँदछ । यद्यपि यो “प्राविधिक” रुपमा साँचो हुन त सक्ला तर वास्तविकतामा यो साँचो भने होइन । येशू ख्रीष्टद्वारा साँच्चै छुटकारा गरिएको कुनै व्यक्ति निरन्तर र जानीजानी गरिने पापद्वारा चरितार्थ गरिएको जीवन जिउनेछैनन् । एउटा ख्रीष्टियन कसरी जिउनुपर्दछ र उद्धार प्राप्त गर्नको लागि उसले के गर्नुपर्दछ भन्ने कुराको बीचमा हामीले भिन्नतालाई छुट्टयाउनै पर्दछ ।

उद्धारचाहिँ येशू ख्रीष्टमा अनुग्रहद्वारामात्र अनि विश्वासमार्फत मात्र हुँदछ भन्ने कुरामा बाइबल स्पष्ट छ (यूहन्ना ३:१६; एफिसी २:८–९; यूहन्ना १४:६) । कुनै व्यक्तिले येशू ख्रीष्टलाई साँचोरुपमा विश्वास गरेकै क्षणमा, त्यसलाई बचाइंदछ अनि त्यो उद्धारमा सुरक्षित रहनेछ । विश्वासद्वारा उद्धार पाउन सकिन्न, तर त्यसपछि कामहरुद्वारा कायम राखिनुपर्दछ । पावल प्रेरितले गलाती ३:३ मा यस विषयलाई सम्बोधन गरेका छन्, जहाँ तिनले यसरी सोध्छन्, “के तिमीहरु यति मूर्ख छौ, कि आत्मामा शुरु गरेर शरीरमा शेष गर्दैछौ ?” यदि हामी विश्वासद्वारा बचाइंदछौं भने, हाम्रो हृदयलाई पनि विश्वासद्वारै कायम राख्न र सुरक्षित राख्न सकिन्छ । हामीले हाम्रा आफ्नै उद्धार प्राप्त गर्न सक्दैनौं । त्यसकारण, नता हामीले हाम्रो उद्धारलाई कायम नै राख्न सक्दछौं । हाम्रा उद्धारलाई कायम राख्ने त परमेश्वर नै हुनुहुन्छ (यहूदा २४) । परमेश्वरको हातले नै हामीलाई उहाँको अंगालोमा बलियोगरी थाम्दछ (यूहन्ना १०:२८–२९) । हामीलाई कुनै कुराले अलग गर्न नसक्ने त परमेश्वरको प्रेमले नै हो (रोमी ८:३८–३९) ।

अनन्त सुरक्षालाई यसको सारमा इन्कार गरिने कुनै पनि कुरोचाहिँ हामीले हाम्रो उद्धारलाई हाम्रो आफ्नै असल कार्यहरु र कोशिषहरुद्वारा हामीले कायम राख्नै पर्दछ भन्ने एउटा विश्वास हो । योचाहिँ अनुग्रहबाटको उद्धारको लागि पूर्णरुपले विपरित कुरो हो । हामीलाई त ख्रीष्टका योग्यताहरुको कारण बचाइएको छ, हाम्रा आफ्नै योग्यताहरुको कारण होइन (रोमी ४:३–८) । हाम्रो उद्धारलाई कायम राख्नको लागि हामीले परमेश्वरको वचन पालन गर्नेपर्छ अथवा भक्तिपूर्ण जीवन जिउनै पर्छ भनेर दावी गर्नुचाहिँ हाम्रा पापहरुको दण्डको मोल तिर्नलाई येशूको मृत्यु पर्याप्त थिएन भनेर भनेको जस्तै नै हो । येशूको मृत्युचाहिँ हाम्रा विगत, वत्र्तमान र भविष्यका र उद्धारअघि र उद्धारपछिका सबै पापहरुको मोल तिर्नलाई पूर्णरुपले पर्याप्त थियो (रोमी ५:८; १ कोरिन्थी १५:३; २ कोरिन्थी ५ :२१) ।

के यसको अर्थचाहिँ कुनै ख्रीष्टियनले उसले चाहेअनुरुपको जीवन जिउन सक्दछ अनि अझै पनि बचाइएकै हुन्छ भन्ने हो त ? योचाहिँ मुख्यरुपमा परिकल्पित प्रश्न हो, किनभने बाइबलले यस कुरालाई स्पष्ट पारेको छ कि एउटा साँचो ख्रीष्टियनले उसले आफूले चाहेजस्तो जीवन जिउनेछैन । ख्रीष्टियनहरु त नयाँ सृष्टि हुन् (२ कोरिन्थी ५:१७) । ख्रीष्टियनहरुले आत्माको फलको प्रदर्शन गर्दछ (गलाती ५:२२–२३) । एउटा साँचो ख्रीष्टियनले निरन्तर पापमै जिईरहने छैनन् भनेर पहिलो यूहन्ना ३:६–९ ले स्पष्ट उल्लेख गर्दछ । अनुग्रहले पापलाई बढोत्तरी गर्छ भन्ने अभियोगको प्रतिउत्तरमा पावल प्रेरितले यसरी घोषण गरे, “अब हामी के भनौं ? के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागि रहौं त ? त्यसो नहोस् ! हामी जो पापको लेखि मरयौं, त कसरी हामी अझै त्यसैमा जिउनु” (रोमी ६:१–२) ?

अनन्त सुरक्षा पापको लागि एउटा अनुमति पत्र होइन । बरु, यो त ख्रीष्टमा विश्वास गर्नेहरुका लागि परमेश्वरको प्रेमको प्रत्यानुभूति गरिएको छ भन्ने ज्ञानको सुरक्षा पो हो । परमेश्वरको उद्धाररुपी विशाल वरदानलाई जान्नु र बुझिनुले पापको लागि अनुमति पत्र दिने कुराको ठीक उल्टो कुरोलाई पूरा गर्दछ । हाम्रो लागि येशू ख्रीष्टले तिरिदिनु भएको मोललाई जान्दाजान्दै कसरी कसैले पापमा जीवन बिताउन सक्दछ र (रोमी ६:१५–२३) ? विश्वास गर्नेहरुका लागि परमेश्वरको शर्तहीन् र ग्यारेन्टि गरिएको प्रेमलाई बुझ्ने जो कोहीले पनि कसरी त्यस प्रेमलाई उल्टै परमेश्वरको मुहारमा फ्याँक्न सक्छ र ? त्यस्ता व्यक्तिले त पापको लागि त्यसलाई दिइएको अनन्त सुरक्षालाई प्रदर्शन गरिरहेको हुँदैन, बरु त्यसले त येशू ख्रीष्ट मार्फतको उद्धारलाई साँचोरुपमा अनुभव गरेको हुँदैन । उहाँमा रहने कसैले पाप गरिरहँदैन । पाप गरिरहने कसैले उहाँलाई नत देखेको छ न चिनेको नै छ (१ यूहन्ना ३:६) ।



नेपाली सुरुवात(होमपेज) पानामा फर्कनुहोश



के अनन्त सुरक्षा पापको लागि “एउटा अनुमति पत्र” हो त ?