पुनर्जन्मेका ख्रीष्टिय जन
 

पुनर्जन्मेको ख्रीष्टको जन बन्नुको मतलब के हो?




प्रश्न: पुनर्जन्मेको ख्रीष्टको जन बन्नुको मतलब के हो?

उत्तर:
पुनर्जन्मेको ख्रीष्टको जन बन्नुको मतलब के हो? समयले नढलेको बाईबल खण्ड बाट यस प्रश्नको उत्तर दिने यहुन्ना३:१-२१हो। प्रभु येशुले निकोदेमस एक प्रभावशाली धर्मगुरु, एक यहुदी शासनका सदश्य संग वार्ता गर्नुभएको थियो।निकोदेमस येशुकाहाँ बेलुकि आएकाह थिए।निकोदेमस संग येशुलाई सोध्ने धेरै प्रश्नहरु थिए।

येशु जब निकोदेमस संग कुराकानी गर्दै हुनुहुन्थ्यो, उहाँले भन्नुभयो”... सांच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।” निकोदेमसले उहाँलाई भने, “मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोश्रो चोटि पसेर जन्मन सक्छ?” येशुले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो।मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान ...” (यहुन्ना३:३-७)।

“पुनर्जन्म” पदको खास मतलब“माथीबाट जन्मिनु” हो।निकोदेमसलाई एक साँचो खाँचो थियो। उनलाई मनको परिवर्तन चाहिएको थियो- एक आत्मिक जाग्रिति। नयाँ जन्म, फेरी जन्मिनु , परमेश्वरको प्रकृया हो, जुनबाट अनन्तको जीवन बिश्वास गर्ने ब्यत्तिलाई दिइन्छ(२कोरन्थी५:१७,तीतस३:५;१पत्रुस१:३;१यहुन्ना२:२९;३:९;४:७;५:१-४,१८)।यहुन्ना१:१२,१३ जनाउँछ कि”पुनर्जन्म” ले”परमेश्वरका सन्तान बन्ने” एकमात्र उपाए येशु ख्रिष्टको नाममा बिश्वास गर्ने यो पनि संकेत गर्छ।

स्वभाविक प्रश्न उठ्छ, “किन मानिसले फेरी जन्मनु जरुरी छ त?” पाउल प्रेरितले एफिसीहरु२:१ भन्दछ”तिमीहरु आफ्ना अपराध र पापद्वारा मरेको बेलामा उहाँले तिमीहरुलाई जीवित पार्नुभयो...” रोमीहरुलाई रोमी३:२३ मा, प्रभुका चेला लेख्दछन्, “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमा पुग्नबाट चुकेका छन्।” त्यसैले आफ्ना पाप क्षमा र परमेश्वरसंगको सम्बन्ध राख्न प्रत्येकले पुनर्जन्म गर्नु आवश्यक हुन्छ।

यो कसरी हुनसक्छ र? एफिसी२:८,९ जनाउदछ, “किनभने अनुग्रहबाट बिश्वासद्वारा तिमीहरुले उद्धार पाएका छौ- र यो तिमीहरु आफैबाट होइन, यो त परमेश्वरको वरदान हो - कर्महरुद्वारा होइन नत्रता मानिसले घमण्ड गर्नेछ।” जब कसैले”मुत्तीवान पाए”, भने तिनीहरु पुनर्जन्म भैसकेका छन्, आत्मामा नयाँ र अब परमेश्वरका छोराछोरी बन्ने हक नयाँ जन्मबाट मिलिसकेको हुन्छ।येशु जसले पापको ऋण क्रुशको मृत्युबाट तिर्नुभएको छ उहाँमा भरोसा गर्नुनै आत्माद्वारा पुनर्जन्म लिइएको मानिन्छ।”यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो ...”(२कोरन्थी५:१७क)।

यदि तपाईले प्रभु येशु ख्रीष्टमा कहिलै बिश्वास गर्नु नभए,पबित्र आत्माको घचघचाई तपाईको हृदयले सुन्ने प्रयास गर्नुहुन्छ कि? तपाईलाई पुनर्जन्मको आवश्यक छ।आज क्षमा लिन र ख्रीष्टमा नयाँ श्रीष्टी बन्नलाई तपाई प्रार्थना गर्दै माग्नुहुन्छ? “तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि बिश्वास गरे,उहाँले तिनिहरुलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।तिनिहरु रगतद्वारा,शारिरीक इच्छाद्वारा,र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्”(यहुन्ना१:१२-१३)।

यदि तपाई येशु ख्रीष्टलाई मुत्तिदाता भनेर ग्रहण गर्न र पुनर्जन्म लिन चाहनु हुन्छ भने, यहाँ एक उद्धारात्मक प्रार्थना छ। तर सम्झनुहोस्, यो प्रार्थना भनेर वा अरुकुनै प्रार्थनाले तपाईलाई बचाउन सक्दैन। ख्रीष्टमा पुर्ण भरोसा गरेर मात्र पापबाट छुत्कारा पाइन्छ। यो प्रार्थना परमेश्वरलाई तपाईले ऊहाँमा गर्नु भएको विश्वास र तपाईलाई क्षमादान दिनु भएकोलागी धन्यवाद चधाउने एक साधारण अभिब्यत्ति मात्र हो।”परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु। तपाईको महान अनुग्रह तथा पाप क्षमाको लागि - अनन्त जीवनको वरदानको लागी धन्यवाद दिन्दछु! आमेन!

यदि तपाईले यहाँ पढ्नु भएका केही बिषयहरु द्वारा येशुलाई अपनाउने निर्णय गर्नु भएको छ ? भने कृपया यहाँ क्लिक गर्नुहोश”मैले आज प्रभुलाई ग्रहण गरेको छु”



नेपाली सुरुवात(होमपेज) पानामा फर्कनुहोश



पुनर्जन्मेको ख्रीष्टको जन बन्नुको मतलब के हो?