एक पल्ट पाएको मुक्ति सँधैको मुक्ति
 

एक पल्ट पाएको मुक्ति सँधैको मुक्ति ?




प्रश्न: एक पल्ट पाएको मुक्ति सँधैको मुक्ति ?

उत्तर:
एक पल्ट पाएको मुक्ति सँधैको निम्ति मुक्ति पाएको व्यक्ति हो ? जब मानीसहरुले ख्रीष्टलाई तिनीहरुका मुक्तिदाताको रुपमा जान्दछन् । तिनीहरु परमेहृवरसंग सम्बन्धमा ल्याईएको हुन्छन् जसले तिनीहरुका मुक्ति अनन्त रुपमा सुरक्षित छ भन्ने कुराको प्रत्यभूति दिन्छ । यो तथ्यलाई धर्मशास्त्रका धेरै खण्डहरुले घोषणा गर्दछन् ।

(क) रोमी ८ :३० पदले घोषणा गर्दछ “ जस जसलाई उँहाले अधिवाटै नियूक्ति गर्नुभयो तिनीहरुलाई उँहाले बोलाउनु पनि भयो र जस जसलाई उँहाले बोलाउनु भयो तिनीहरुलाई उँहाले धर्मी पनि ठहराउनु भया जस जसलाई उँहाले महीमित पनि पार्नुभयो । “ यो पदले हामीलाई बताउँछ कि परमेश्वरले हामीलाई चुनैक्षणदेखि नै हामी र्स्वर्गमा उँहाको उपस्थितिमा महिमित ठहरिएका हुन्छौ । त्याहाँ कुनै पनि योकले एउटा विश्वासिलाई एक दिन महिमित पारिन देखि रोक्न सक्ने छैन । किनकि परमेश्वरले अधिवाटै र्स्वर्गमा यसको संकल्प गरी सक्नु भएको छ । एक पटक धर्मी ठहरिएको व्यक्तिको मुक्ति निश्चित हुन्छ । यदि र्स्वर्गमा अधिवाटै महिमित पारिएको हुन्छ भने उ सुरक्षित हुन्छ ।

(ख) पावलले रोमी ४ :३३-३४ पदमा दुईवटा ठूलो महत्वको प्रश्नहरु सोध्छ “ परमेश्वरका चुनिएकाहरुका विरुद्धमा कसले अभियोग लगाउनेछ - धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने दण्डको आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ , जो मरेकाहरुवाट जीवित पारिनु भयो र परमेश्वरको दाहिने वाहुली तर्फहुनुहुन्छ र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छु । ” परमेश्वरको चुनावको विरुद्ध कसले अभियोग लगाउने छ ( कसैले पनि लाउने छैन , किनभने ख्रीष्ट हाम्रो पक्षमा बोल्ने व्यक्ति हुनुहुन्छ । कसले हामीलाई दण्ड दिनेछ ) कसैले पनि दिने छैन किनभने ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो , उँहा नै जसले दण्ड दिनुहुन्छ । हामीसंग हाम्रो मुक्तिदाताको रुपमा वकालत गर्ने र न्याय गर्ने दुबै हुनुहुन्छ ।

(ग) विश्वासीहरु तिनीहरुले विश्वास गरे देखि नै नँया गरेर जन्मेका छन् । ( यूहन्ना ३: ३ तितस ३: ५ ) । एउटा इसाइको निम्ति उँहाको मुक्ति गुमाउनु भनेको चाँहि उ नयाँ गरी नजन्मेको हुनु हो बाइबलले नयाँ जन्मलाई हटाएको कुनै पनि त्यस्तो प्रमाण दिदैन ।

(घ) पवित्र आत्मा हरेर विश्वासीहरुमा बास गर्नुहुन्छु ( यूहन्ना १४ :१७ ) (रामी ८ :९ ) र ख्रीष्टको शरीर भित्र सबै विश्वासीहरुलाई बप्तिस्मा दिनुहुन्छ । (१ कोरिन्थी १२ १३ ) । एउटा विश्वासीको लागी मुक्ति नपाएको हुनु भनेको चाँहि पवित्रआत्माले वास नगरेको र ख्रीष्टको शरीरवाट अलग पारेको हुनु हो ।

(ङ) यूहन्ना ३ :१५ पदले स्पष्ट भन्छ कि जसले विश्वास गर्छ त्यसले “ अनन्त जीवन पाउनेछ ”। यदि तपाई आज ख्रीष्टलाई विश्वास गर्नुहुन्छु र अनन्त जीवन पाउन हुन्छु , तर भोली यो गुमाउनु हुन्छु भने यो कहिले पनि अनन्त थिएन । यसकारण यदि तपाईले तपाईको मुक्ति गुमाउनु हुन्छ भने बाइबलमा भएका अनन्त जीवनका प्रतिज्ञाहरु गलत हुन्छन् ।

(च) अति नै टुङ्गो लगाउने तर्कको निम्ति , मेरो विचारमा धर्मशास्त्रले यसलाई आफैमा असल भन्दछ , “ किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले र्स्वर्गदुतहरुले वा प्रधान्ताहरुले वर्तमानका कुराहरुले वा पछि हुने कुराहरुले वा शक्तिहरुले उचाइले वा गहिराइले वा सारा सृष्टिका भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रो प्रभुमा भएका परमेश्वरको प्रेमवाट हामीलाई अलग गर्ने सक्ने छटैन ।” (रोमी ८: ३८- ३९ ) याद गर्नुहोस् जुन परमेश्वरले तपाइलाई मुक्ति, दिनु भयो उही परमेश्वरले तपाइलाई सुरक्षित राख्नु हुनेछ । हामीले एक पटक पाएको मुक्ति सधैको मुक्ति हो । हाम्रो मुक्ति निश्चित तरीकाले अनन्तको लागी सुरक्षित छ ।



नेपाली सुरुवात(होमपेज) पानामा फर्कनुहोश



एक पल्ट पाएको मुक्ति सँधैको मुक्ति ?