settings icon
share icon
प्रश्न

परमेश्वरलाई कसले सृष्टि गरेको हो? परमेश्वर कहाँबाट आउनुभयो?

उत्तर


नास्तिकहरु र शँकालुहरुबाटको आम बहस चाहिँ यस्तो छ कि यदि सबै कुराको हुनुको एउटा कारण हुनु पर्दछ भने, परमेश्वरको हुनुमा पनि एउटा कारण हुनु पर्दछ। निष्कर्ष चाहिँ त्यो हो कि यदि परमेश्वरलाई एउटा कारण चाहिन्थ्यो भने, तब परमेश्वर परमेश्वर नै हुनुहुन्न (अनि यदि परमेश्वर चाहिँ परमेश्वर हुनुहुन्न भने, तब त्यहाँ अवश्य कोहि पनि परमेश्वर हुनुहुन्न)। यो चाहिँ “परमेश्वरलाई कसले बनाउनुभयो?” भन्ने आधारभूत प्रश्नको अझै केही जटिल रुप हो। शून्यबाट केही पनि आउँदैन भनेर सबैले जान्दछ। यसैले, यदि परमेश्वर “केही” हुनुहुन्छ भने, तब उहाँको पनि एउटा कारण हुनु नै पर्दछ, ठीक हो?

प्रश्न चाहिँ अलमलाउने खालको छ किनभने यसले परमेश्वर कतैबाट आउनुभयो भन्ने झूटो अनुमानमा लैजाँदछ र त्यसपछि र त्यो कहाँबाट हुन सक्दछ भन्ने प्रश्न गर्दछ। जवाफ चाहिँ यो हो कि यो प्रश्नले कुनै अर्थ पनि लगाउँदैन। यो त यस्तो सोधिएको जस्तो हो, “नीलो रंगको गन्ध कस्तो हुन्छ?” नीलो रंग कुनै सुगन्ध दिने वस्तुहरुको वर्गमा पर्दैन, यसैले प्रश्न आफैमा नै गलत छ। त्यसरी नै, परमेश्वर सृष्टि गरिएका अथवा कारण रहेका कुराहरुको वर्गमा हुनुहुन्न। परमेश्वर कारणरहित र बिना सृष्टिको हुनुहुन्छ— उहाँ त अस्तित्व हुनुहुन्छ।

यसलाई हामी कसरी जान्दछौँ? हामी जान्दछौँ कि, शून्यबाट केही पनि आउँदैन। त्यसकारण, यदि त्यहाँ एउटा सामान्य समय कुनैपनि कुराको अस्तित्व नभएको थियो भने, तब कुनै पनि कुरा कहिल्यै अस्तित्वमा आउने थिएन। तर वस्तुहरुको अस्तित्व हुँदछ। त्यसकारण, त्यहाँ कुनै कुरा पूर्णरुपले शून्य हुन नसक्ने हुनाले, कुनै न कुनै कुरा सदैव अस्तित्वमा हुनुपर्दथ्यो। त्यो सदैव अस्तित्वमा रहने वस्तुलाई नै हामी परमेश्वर भन्दछौँ। परमेश्वर कारण रहित अस्तित्व हुनुहुन्छ जसले अरु सबै कुरालाई अस्तित्वमा ल्याउनुभयो। परमेश्वर एउटा बिना सृष्टि भएको सृष्टिकर्ता हुनुहुन्छ जसले ब्रमाहण्ड र यसमा भएको सबै सृष्टि गर्नुभयो।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

परमेश्वरलाई कसले सृष्टि गरेको हो? परमेश्वर कहाँबाट आउनुभयो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries