settings icon
share icon
प्रश्न

बाइबलले शरीरमा खोप्ने चित्र/शरीरको खोपाइको विषयमा के भन्दछ?

उत्तर


पुरानो करारको व्यवस्थाले इस्राएलीहरुलाई आज्ञा गरेका थिए, “मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनु। अनि आफ्नो शरीरमा कुनै किसीमको छाप नबनाउनु। म परमप्रभु हुँ” (लेवी १९:२८)। यसकारण विश्वासीहरु आज पुरानो करारको व्यवस्थाको अधिनमा नभएतापनि (रोमी १०:४; गलाती ३:२३-२५; एफिसी २:१५), त्यहाँ शरीरमा छाप बनाउने सम्बन्धको विरुद्धमा एउटा आज्ञा भएको तथ्य हुँदा हामीमा प्रश्न उठ्दछ। नया करारले चाहिँ विश्वासीहरुलाई शरीरमा छाप बनाउनु हुन्छ वा हुदैन हन्ने बारेमा केही पनि भन्दैन।

हामीसँग यो आज्ञा १ पत्रुस ३:३-४ मा छ “केशको सिंगार, सुनको गहनापात र दामी वस्त्र तिमीहरुको बाहिरी सिंगारपटार नहोस्। तिमीहरुका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा मुल्यवान छ।” दिएको, खण्डले ख्रीष्टियन स्त्रीहरुलाई निर्देशन गर्दछ, तर त्यहाँ एक सिद्धान्त छ जसको अनुरुप; अर्थात्, कुनै व्यक्तिको बाहिरी रुपमा ध्यान केन्द्रित नहोस्। धेरै जसो हाम्रो प्रयास “केश को सिंगार” र “राम्रो वस्त्र” मा र गहनामा हुन्छ, तर त्यसमा स्त्रीको वास्तविक सुन्दरता हुदैन। त्यस्तै गरि, शरीरमा खोप्ने चित्र वा शरीरको खोपाई “बहिरी सिंगार हो”, र हामी हाम्रो “भित्री आत्मा” को उन्नति गर्न बढी प्रयास गर्नु पर्दछ, जुनसुकै लिंग भएता पनि।

शरीरमा खोप्ने चित्र/शरीरको खोपाइ सम्बन्धमा, एक राम्रो परिक्षणले यो निर्धारण गर्नु हो, के हामीले इमान्दारसँग, असल विवेकको साथ, परमेश्वरसँग यो भन्न सक्छौँ कि उहाँले हामीलाई यस विशेष कार्यको लागि आशिष दिउन र यसलाई आफ्नो उद्देश्यको लागि प्रयोग गरुन। “यसकारण चाहे तिमीहरु खाओ, अथवा पिओ, वा तिमीहरु जेसुकै गर, परमेश्वरको महिमाको निम्ति गर” (१ कोरिन्थी १०:३१)। नयाँ करारले शरीरमा छाप बनाउने अथवा खोप्नेको विरुद्धमा केहि पनि भन्दैन तर यसले परमेश्वरमा विश्वास गर्न शरीरमा छाप बनाउनु वा खोप्नु पर्छ भन्ने कुनै कारण पनि दिदैन।

बाइबलले सम्बोधन नगरेका विषयहरुबारे एउटा मुख्य बाइबलिय सिद्धान्त भनेको त्यो कार्य हो जसले परमेश्वरलाई प्रसन्न बन्नु हुन्छ होला भन्ने यदि कुनै शंकाले स्थान पाउछ भने त्यसमा नलाग्नु राम्रो हुन्छ। रोमी १४:२३ पदले हामीलाई यो याद गराउछ कि विश्वासवाट उत्पन्न नभएका कुनै पनि थोक पाप हो। हामीले यो सम्झनु आवश्यक छ कि हाम्रो शरीर, लगायत हाम्रो प्राणको, उद्धार भएको छ र त्यो परमेश्वरको हो। यद्यपि १ कोरिन्थी ६:१९-२० पदहरुले शरीरमा बनाउने छाप वा चित्रको विषयमा प्रत्यक्ष लागु नभए तापनि, यसले एउटा सिद्धान्त दिदछ: “तिमीहरुको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरुले परमेश्वरबाट पाएका छौ, र उहाँले तिमीहरुभित्र वास गर्नु हुन्छ भन्ने के तिमीहरुलाई थाहा छैन? तिमीहरु स्वयम आफ्नै होइनौ। तिमीहरु मोल तिरेर किनीएका हौ। यसकारण तिमीहरुका शरीरमा परमेश्वरको महिमा गर।” हाम्रो शरीरसँग हामी जहाँ जान्छौ र के गर्छौँ, त्यसमा यो महान सत्यताको एक सम्बन्ध हुनुपर्छ। यदि हाम्रो शरीर परमेश्वरको हो भने, हामीले यो शरीरमा खोप्ने चित्र वा “शरीरको खोपाइ अघि” हामीले परमेश्वरको स्पष्ट “अनुमति” छ भन्ने सम्बन्धमा निश्चित हुनुपर्छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

बाइबलले शरीरमा खोप्ने चित्र/शरीरको खोपाइको विषयमा के भन्दछ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries