settings icon
share icon
प्रश्न

येशू ख्रीष्टको दोस्रो आगमन भनेको के हो?

उत्तर


येशू ख्रीष्टको दोस्रो आगमनचाहिँ विश्वासीहरुको त्यो आशा हो जसमा सबै कुराको नियन्त्रण परमेश्वरले नै गर्नुहुन्छ, र उहाँको वचनमा भएका प्रतिज्ञाहरु र भविष्यवाणीहरुप्रति विश्वासीलो हुनुहुन्छ। उहाँको पहिलो आगमनमा, येशू ख्रीष्ट भविष्यवाणी गरिएझैं बेतलेहेममा एउटा डुँडमा एउटा बालकको रुपमा पृथ्वीमा आउनुभयो। आफ्नो जन्म, जीवन, सेवाकाई, मृत्यु र पुनरुत्थानको अवधीमा येशूले मसीहको धेरै भविष्यवाणीहरुलाई पूरा गर्नुभयो। तापनि, मसीहको सम्बन्धमा त्यहाँ केही भविष्यवाणीहरु छन् जसलाई येशूले पूरा गर्नुभएन। ख्रीष्टको दोस्रो आगमनचाहिँ यही रहेको भविष्यवाणीहरु पूरा गर्नको हुनेछ। उहाँको पहिलो आगमनमा येशू कष्ट पाएको दास हुनुहुन्थ्यो। उहाँको दोस्रो आगमनमा, उहाँ विजयी राजा हुनुहुनेछ। उहाँको पहिलो आगमनमा, येशू एकदमै नम्र परिस्थितिहरुमा आउनुभयो। उहाँको दोस्रो आगमनमा, येशू उहाँको छेउमा स्वर्गका सेनाहरुको साथमा आउनुहुनेछ।

पूरानो करारका अगमवक्ताहरुले दुईओटा आगमनहरुको माझको भिन्नतालाई स्पष्ट पारेका छैनन। यसलाई यशैया ७:१४; ९:६–७ र जकरिया १४:४ मा देख्न सकिन्छ। दुईजना व्यक्तिहरुको विषयमा बोलिएको जस्तो देखिने भविष्यवाणीहरुको परिणामस्वरुप, त्यहाँ कष्ट पाएका मसीह र विजयी मसीह दुवै हुनेछन् भनेर थुप्रै यहूदी विद्वानहरुले विश्वास गर्थे। तिनीहरुले बुझ्न नसकेको कुरोचाहिँ त्यो हो कि त्यहाँ एउटैमात्र मसीह हुनुहुन्छ र उहाँले दुवै भूमिकालाई पूरा गर्नुहुनेछ। येशूले आफ्नो पहिलो आगमनमा कष्ट पाएका दास भूमिकालाई पूरा गर्नुभयो (यशैया ५३)। उहाँको दोस्रो आगमनमा येशूले इस्राएलका उद्धारक र राजाको भूमिकालाई पूरा गर्नुहुनेछ। दोस्रो आगमनलाई वर्णन गर्दै, जकरिया १२:१० र प्रकाश १:७, ले येशूलाई छेंडिएको कुरालाई हेर्दछ। पहिलो पटक उहाँ आउनुहुँदा मसीहको रुपमा स्वीकार नगरेको हुनाले इस्राएल र समस्त संसारले बिलौना गर्नेछ।

येशूको स्वर्गरोहणपछि, स्वर्गदूतहरुले चेलाहरुलाई यसरी घोषणा गरे, तिनीहरुले भने, “‘गालीलका मानिस हो’, तिमीहरु किन आकाशतिर हेर्दै उभिरहेका छौ? 'यही येशू, जो तिमीहरुबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरुले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ जसरी उहाँ स्वर्गमा जानुभयो’” (प्रेरित १:११)। जकरिया १४:४ ले दोस्रो आगमनको स्थानलाई जैतुनको डाँडा भनी पहिचान गराउँदछ। मत्ती २४:३० ले यसरी घोषणा गर्दछ, “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सबै जातिहरु विलाप गर्नेछन्, र तिनीहरुले मानिसको पुत्रलाई आकाशका बादलहरुमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन्”। तीतस २:१३ ले दोस्रो आगमनलाई “महिमाको आगमन” को रुपमा वर्णन गरेको छ।

प्रकाश १९:११–१६ मा दोस्रो आगमनको विषयमा विस्तृतरुपले बयान गरिएको छ, मैले स्वर्ग उघ्रेको देखे र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुने “विश्वासयोग्य” र “सत्य” कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ। उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरु कसैलाई थाहा थिएन। उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्वरको वचन” थियो। स्वर्गका सेनाहरु सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरुमा चडेर उहाँको पछिपछि लागे। जातिजातिहरुलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले फलामको डण्डाले तिनीहरुमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान् परमेश्वरका क्रोधको दाख–कुण्ड उहाँले कुल्चनुहुन्छ। उहाँका पोशाक र तिघ्रामा “राजाहरुका राजा र प्रभुहरुका प्रभु” अङ्कित छ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

येशू ख्रीष्टको दोस्रो आगमन भनेको के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries