settings icon
share icon
प्रश्न

मण्डलीको उद्धेश्य के हो?

उत्तर


प्रेरित २:४२ लाई मण्डलीको लागि एउटा उद्धेश्यसहितको बयान भनी मानिलिन सकिन्छ: “तिनीहरु प्रेरितहरुका शिक्षा, संगति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे।” यस पद अनुसार, मण्डलीको उद्धेश्य/क्रियाकलापहरु १) बाइबलीय सिद्धान्तलाई सिकाउने, २) विश्वासीहरुका लागि संगति गर्ने स्थानको बन्दोबस्त गर्ने, ३) प्रभु-भोजको पालन गर्ने, र ४) प्रार्थना गर्ने हुनुपर्दछ।

मण्डलीले बाइबलीय सिद्धान्तलाई सिकाउनुपर्दछ ताकि हामी हाम्रो विश्वासमा बलियो बन्न सक्दछौं। एफिसी ४:१४ ले हामीलाई यसरी भन्दछ: “यसरी हामी छालले अगि–पछि हुत्याएका, धार्मिक–सिद्धान्तको प्रत्येक बतासले र मानिसहरुका जालझेल, धूर्तता र फट्याईँले यताउता उड़ाइएका बालकहरुजस्ता नहोऔं।” मण्डली चाहिँ संगतिको लागि एउटा ठाउँ बन्नुपर्दछ, जहाँ ख्रीष्टियनहरु एकअर्काप्रति भक्तिभाव राख्न सक्ने अनि एकअर्कालाई आदर गर्ने (रोमी १२:१०), एकअर्कालाई निर्देशन दिने (रोमी १५:१४), एकअर्काप्रति दयालु सहनुभूति राख्ने (एफिसी ४:३२), एकअर्कालाई उत्साह दिने (१थेसलोनिकी ५:११), र सबैभन्दा महत्वपूर्ण, एकअर्कालाई प्रेम गर्ने (१यूहन्ना ३:११) हुन सक्दछ।

मण्डली चाहिँ एउटा त्यस्तो स्थान हुनुपर्दछ, जहाँ विश्वासीहरुले ख्रीष्टको मृत्यु र हाम्रो खातिर बगाइएको रगतको सम्झनामा प्रभु-भोजको पालन गर्न सक्छन् (१ कोरिन्थी ११:२३-२६)। “रोटी भाँच्ने” को अवधारणा (प्रेरित २:४२) ले पनि एकैसाथ भोजन गर्ने विचारलाई बोक्दछ। यो चाहिँ मण्डलीहरुले संगतिलाई प्रोत्साहन गर्ने एउटा अर्को उदाहरण हो। प्रेरित २:४२ अनुसार मण्डलीको अन्तिम उद्धेश्य चाहिँ प्रार्थना हो। मण्डली चाहिँ एउटा त्यस्तो स्थान हुनुपर्दछ जसले प्रार्थनालाई प्रोत्साहन दिँदछ, प्रार्थना गर्नु सिकाउँदछ र प्रार्थनाको अभ्यास गराउँदछ। फिलिप्पी ४:६-७ ले हामीलाई यसरी उत्साह दिँदछ, “कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरुका बिन्ती परमेश्वरमा जाहेर होऊन्। र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरुका हृदय र तिमीहरुका मनलाई येशूमा रक्षा गर्नेछ।”

मण्डलीलाई दिइएको अर्को आज्ञा येशू ख्रीष्टद्वारा उद्धारको सुसमाचारलाई घोषणा गर्ने (मत्ती २८:१८-२०; प्रेरित १:८) हो। मण्डलीलाई वचन र कामद्वारा सुसमाचार प्रचार गर्नमा विश्वासीलो बन्नको लागि बोलाइएको हो। मण्डली चाहिँ मानिसहरुलाई हाम्रा प्रभु र उद्धारकर्ता येशू ख्रीष्ट तर्फ देखाउने एउटा ज्योतिको घर बन्नुपर्दछ। मण्डलीले सुसमाचारलाई प्रोत्साहन दिनु र सुसमाचार घोषणा गर्न यसका सदस्यहरुलाई तयार गर्नुपर्दछ (१ पत्रुस ३:१५)।

मण्डलीका केही अन्तिम उद्धेश्यहरुलाई याकूब १:२७ मा दिइएको छ: “परमेश्वर र पिताको अगाड़ि, शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरुलाई तिनीहरुको कष्टमा हेरचाहा गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।” मण्डली खाँचोंमा परेकाहरुलाई सवकाईको कार्यमा लागेको हुनुपर्दछ। यसमा सुसमाचार बाँड्नु भन्ने कुरामात्र समावेश छैन, तर आवश्यकता अनुसार र उचित तरिकामा (भोजन, कपडा, आश्रयजस्ता) भौतिक आवश्यकताहरुको बन्दोबस्त पनि सामेल छन्। मण्डलीले विश्वासीहरुलाई पापमाथि विजय पाउन र संसारको प्रदुर्षणबाट मुक्त रहन तिनीहरुलाई चाहिने सामाग्रीहरुसँग तयार पनि गर्नुपर्दछ। यसलाई बाइबलीय शिक्षा र ख्रीष्टियन संगतिद्वारा गरिदछ।

त्यसो भए, मण्डलीको उद्धेश्य चाहिँ के हो? पावलले कोरिन्थमा भएका विश्वासीहरुलाई एउटा उत्कृष्ट चित्रण दिए। मण्डली चाहिँ यस संसारमा परमेश्वरको हात, मुख र पाउहरु हुन्— ख्रीष्टको शरीर हो (१ कोरिन्थी १२:१२-२७)। हामीले त्यस्ता कुराहरु गर्नुपर्दछ जसलाई यदि येशू शारीरिकरुपमा पृथ्वीमा हुनुहुँदो हो त उहाँले गर्नु हुने थियो। मण्डली चाहिँ “ख्रीष्टियन,” “ख्रीष्टको स्वरुप” र ख्रीष्टलाई पछ्याउने हुनुपर्दछ।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

मण्डलीको उद्धेश्य के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries